‘समाचार र विचारको
साझा चौतारी’





विचार

महाधिवेशनको अपरिहार्यता र एकीकरणको भ्रान्ति

महाधिवेशनको अपरिहार्यता र एकीकरणको भ्रान्ति

Posted in विचार
■ चन्दा चौधरी पछिल्लो चुनावको बेला आवश्यक ठोस कार्य बिना नै मधेशकेन्द्रित ६ वटा दलको एकीकरण गरेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’को निर्माण भयो । उता मधेशी जनाधिकार फोरमको रुपान्तरण (मेटामोरफोसिस) ले पछिल्लो समय समाजवादी पार्टीको यात्रासम्म तय गरेको छ । अहिले छापाहरूमा राजपा र समाजवादी पार्टी एकताको ठूलो चर्चा छ । एकीकरण चर्चाको बिगबिगी यतिसम्म छ कि मानौ एकता भोली नै हुन्छ, होइन आजै हुन्छ, ए होइन.. अहिले एक घण्टामै पार्टी एकीकरण हुँदैछ ! एकीकरणको निमित्त राजपाका केही नेताहरूको अग्रपंक्ति देखिएता पनि पार्टी यो एकीकरणको विषयमा एकमत छैन । एकीकरण पहिला कि महाधिवेशन भन्ने विषयको व्यापकता छ, राजपाभित्र । यो आलेख यसै विषयमा केन्द्रित गरिएको छ । हिजै मात्र मण्डला बुक प्वाइन्टमा पुस्तक खरिद गर्न गएको थिएँ । त्यहाँ एकजना संघीयताविद एवं राजनीतिक विश्लेषक भेटिनुुभयो, उहाँले पङ्क्तिकारलाई सोध्नुभो–

पीडित ऋणीका आवाज र वास्तविकता

Posted in विचार
बालकृष्ण मैनाली प्रायः मान्यता के राखिन्छ भने, जति बेला सत्ता सञ्चालकहरूले अन्जानमै गलत गरेको भए तापनि कानुनको कठघरामा उभिन किञ्चित पनि लज्जा र सरमको बोध गर्दैनन्। शिर ठाडो पारेर आफ्नो गल्तीलाई आत्मसात् गर्दै देशको कानुनले दिएको सजायलाई हाँसी–हाँसी स्वीकार गर्छन्। त्यति बेला कुनै पनि देशका जनताले सुखको अनूभूति गर्छन् कि मेरो देश चलाउनेहरूले सकेसम्म गल्ती गर्र्दैनन्, अञ्जानमै गल्ती गरेछन् भने पनि त्यसको सजाय भोग्न तयार रहन्छन्। त्यस्तो देशको जनताले सदैव सुखको अनुभूति नै गरेका हुन्छन्। यस्ता देशहरूमा कानुनी शासनको दुरूपयोग यो वा त्यो नाउँमा नगण्य मात्रामा मात्रै हुन्छ। प्रायः प्रचलित कानुनअनुसार सम्बोधन गर्ने सवालमा दलका कार्यकर्ता, आफन्त र नातागोता भनेर कानुनी प्रयोगमा हाम्रो देशमा जस्तो भेदभाव गरिँदैन। हाम्रो देशको शासन प्रणालीचाहिँ अन्य एसियाली देशहरूको तुलनामा धेरै फरक छ। हामीकह
सामाजिक संजाल प्रतिको प्रश्न

सामाजिक संजाल प्रतिको प्रश्न

Posted in विचार
प्राध्यापक चैतन्य मिश्र सामाजिक संजालमा ब्यक्तहुने विचारलाई पहिला पहिला एक आपसमा हुने कानेखुसीका रुपमा चित्रण गर्दछन । कुनै घट्ना वा वस्तु माथि मानिसहरुका विचारहरु फरक हुनु स्वाभावै भएपनि पहिला यसको दायरा सानो थियो । विज्ञान र प्रविधिको आम मानिसमा पहँुच भएका कारण हिजो जस्तो अव विचारहरु कानेखुसीमा मात्र सिमित रहेन , एक क्षणमा नै यसरी ब्यक्त भएका विचारहरु संसार भरी फैलन थाले मात्र नभइ सार्वजनिक विषयहरुमा समेत चुनौती दिन थाले । सामाजिक संजाललाई द्धन्दात्मक रुपमा विश्लेषण गर्ने हो भने यसको सकारात्मक र नकारात्मक प्रभाव दुवै देख्न सकिन्छ । केही सामाग्रीहरुको प्रवाहले समाजलाई शिक्षा दिएको छ , न्यायवाट वञ्चित भएकाहरुले न्याय समेत प्राप्त गरेका छन , असहायहरुका लागि सहयोग जुटेको छ । यस्ता अनेकन राम्रा पक्षहरुका वावजुद एक अर्कामा गाली गर्ने सामाजिक द्धेश फैल्याउने , सामाजिक अपराध वढाउने सामाग्रीहर

के रबि लामिछाने अब प्रधानमन्त्री बन्छन् त ?

Posted in मूल खबर, विचार
जी एन शर्मा सामाजिक सञ्जालमा यस्तो हुण्डरी चल्यो मानौँ यो हुण्डरीका अघि सुनामी पनि थर्र कापेर लुथ्रुक्क परेको छ । देशमा अरु केही छैनन् र कोही पनि छैनन् छन् भने कोही रबि लामिछाने छन् र छन् भने उनका समर्थकहरु मात्र छन् । सामाजिक संञ्जालदेखि शहरका प्राय सडकमा रबि लामिछानेको मात्रै चर्चा बाँकी समाचार अलप भए जस्ता भए । मै हुँ भन्ने नेताका भाषण र मन्त्रीका उद्घाटन छायाँमा परेर मानौँ देशमा नयाँ केही हलचल भएको छ र केही हुनेवाला छ जस्तो । सत्य यो नै हो झण्डै चौध दिन शहरका चौक र सडक अनि सामाजिक संजालको डाटा केलाउने हो भने यता रबिको चर्चा उता रबिको चर्चा । न्यूज २४ मा एउटा कार्यक्रम संचालन गर्ने रबि लामिछाने लगायतका अरु ३ जना पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जब अनुसंन्धानका लागि भनेर पक्राउ परे तत् समयबाटै उनका समर्थकले उनीहरुलाई फसाई यो भनेर रिहा गर भन्दै सामाजिक सञ्जाल र सडक तताउन

पुँजीवादमा आत्मसमर्पण

Posted in विचार
- हेमन्तप्रसाद ओली ‘सुदर्शन’ बहस त पुँजीवादमा आत्मसमर्पण गरिसकेका तर अझै समाजवादको खोल पनि नछोडेका विश्वविद्यालयका आचार्यहरूसँग गर्नुपरेको छ । तर यसको सुरुआत ती आचार्यहरूलाई सिस्नुपानी लगाउने र जनताका लागि आशाको बत्ती बाल्ने कविताबाट गरौँ । भारतीय लेखक भूषिता वाशिष्टको ‘अफिमको खेतीदेखि अफिमसम्म’ शीर्षकको आलेख यही वर्षको जेठ ११ गते ‘नयाँ पत्रिका’ को ‘झन् नयाँ’ स्तम्भमा छापिएको थियो । त्यही आलेखमा उनले पाकिस्तानी कवि फौजको कविता उद्धृत गरेकी थिइन् । त्यसमा भनिएको छ : ‘यो मैलो उज्यालो रातको कालिमामा मलिन उषा यो त्यो बिहानी त होइन जसको प्रतीक्षा थियो यो त्यो बिहानी होइन जसलाई खोज्न काला रातहरूको व्यग्र ज्वाला छिचोल्दै हाम्रो दुःखले लवालव दुवालीलाई किनारा लगाउन निस्केका थियौँ । यौवनका बागहरूमा गुज्रिँदै गर्दा अनेकन हातले हामीलाई रोक्न नखोजेका होइनन् । अनेक मनोहर कायाका छाया हाम

नेपाली फौजी संस्कारको नाजायज विरोध

Posted in विचार
भीमबहादुर पन्थ विश्वका विकसित मुलुकका फौजी संगठनका आ–आफ्नै संस्कृति, चालचलन, रहनसहन हुन्छन्। यस्ता विभिन्न संस्कारको प्रादुर्भावलाई केलाउँदै जान सम्भव पनि छैन। जे होस्, आ–आफ्ना मुलुकका राजनीतिक, आर्थिक अनि सामाजिक परिवेशअनुरूप फौजी कल्चरको शुरूवात हुने गर्दछ। जसको निरन्तरता चिरकालसम्म रहिरहन्छ। विकसित मुलुक जस्तै– अमेरिका, बेलायत, फ्रान्स आदि राष्ट्रका फौजी संगठन र तिनका संस्कारहरूको अध्ययन, अवलोकन हुन जरुरी छ। विश्वको लामो इतिहास बोकेका विकसित फौजी कल्चरका राम्रा र उपयोगी संस्कारहरूको हाम्रा फौजी संगठनहरूमा पनि अनुसरण गर्न प्रेरित गर्नु जरुरी छ। हाम्रो जस्तो भर्खरै प्रजातन्त्रको बाह्रखरी पढ्दै गरेको राजनीतिक कल्चरले विकसित भैसकेको प्रजातान्त्रिक मुलुकको सपना देख्नु पनि गलत हुन्छ। फौजी कल्चर भनेको के हो ? यसको दीर्घकालीन महत्व के छ ? फौजी कल्चरमा अनावश्यक हस्तक्षेप गर्दा वर्तमान फ
रवि जस्ता ‘नायक’अगाडि झुकेन कानुनको सर्वोच्चता

रवि जस्ता ‘नायक’अगाडि झुकेन कानुनको सर्वोच्चता

Posted in विचार
डा. राजु अधिकारी रवि लामिछाने ‘रविसँग शक्ति थियो, पैसा थियो र त्यत्रो जनसमर्थन थियो। तर पनि उनले कानुनलाई चुनौती दिन सकेनन्। कानुनी राज्य स्थापनाको दिशामा यो अर्को यौटा नयाँ शुरुवात हो।’ दुई सातादेखि अन्यौलमा रहेको र सडक तताइरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले अन्ततः एउटा निकास पाएको छ। शालिकराम पुडासैनीको मृत्युभन्दा पनि लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछानेको गिरफ्तारीले गर्दा यो प्रकरणले धेरै चर्चा पायो। अदालतको आदेशपछि केही समयका लागि यो विषय मत्थर हुनेछ। अब अदालती प्रक्रिया अनुसार वास्तविक दोषीहरुको पहिचान हुँदै जाला र त्यही अनुसार कारबाही पनि हुँदै जाला। तर जे भए पनि अधिकांश नेपालीले यो विषयमा अदालतले सन्तुलित फैसला गरेको महशुश गरेका छन्। हुन त रवि लामिछानेका समर्थकहरुले अदालतको आदेशलाई आफ्नो विजय भनेर अबिर यात्रा नै गरे उनका विरोधीहरुले चाहिँ आफ्नो जितका र
केपी र प्रचण्डको रोमाञ्चकारी खेल !

केपी र प्रचण्डको रोमाञ्चकारी खेल !

Posted in विचार
■ देवप्रकाश त्रिपाठी छलनीतिमा अब्बल मानिएका प्रचण्ड र चातुर्यमा अग्रणी ठानिने केपी शर्मा ओलीबीचको सूक्ष्म खेलहरू बुझ्न सकियो भने यसले वर्तमानमा हामीले भोग्नु परिरहेको पीडा मात्र भुलाउँदैन, फुटबल या क्रिकेटका पारखीहरूले खेल हेरेर प्राप्त गर्ने तहको रमाइलो अनुभूति पनि गराउँछ, खेल बुझ्नचाहिँ सक्नुपर्छ । सत्ता–राजनीतिको माथिल्लो दर्जामा रहेका नेताहरूबीच जुन स्तरको मिलाप, विलाप र बेइमानी देखिन्छ, त्यसबाट मुलुक आहत बनेको कुरामा विमति नरहला, तर ‘राडीमा सातु मुछेपछि घिन मान्नुहुँदैन’, त्यसैमा आनन्द लिनुपर्छ भनेझैँ ‘यस्तै’लाई नेता बनाएपछि सुन्दर सपना देख्नुभन्दा यिनकै खेलमा रमाइलो मानेर बस्नु उचित हुने ठान्न थालिएको छ । वर्तमान राजनीतिमा मुख्य खेलाडी हुनुपर्थ्यो केपी शर्मा ओली र शेरबहादुर देउवा, तर देउवा मूल खेलाडी नबनेर च्याँखेदाउमै सीमित भएपछि खेलमा मुख्य पात्र बनेका छन् केपी र प्रचण्ड । यी
नेपालको घटुवा र नेकपाको सवाल

नेपालको घटुवा र नेकपाको सवाल

Posted in विचार
-विनोद नेपाल आज–आज, भोलि–भोलि भन्दाभन्दै एकताको झन्डै चौध महिनापछि मात्रै ठूलो रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरूको कार्यविभाजन भयो। तर त्यो विभाजन नेताहरूको कार्यक्षमता, योग्यता, योगदान र सक्रियताको आधारमा भन्दा पनि गुटगत आधारमा भयो भन्ने गुनासो सो पार्टीभित्रै देखा परेको छ। कसैको असन्तुष्टिको सम्बोधन गर्न नयाँ पद सिर्जना गर्नेदेखि आफ्ना निकटलाई जिम्मेवारीमाथि जिम्मेवारी दिने र अर्कालाई जिम्मेवारीविहीन बनाइएका कारण असन्तुष्टि देखिएको छ। पार्टीका बैधानिक र जिम्मेवार निकायमा छलफलविना दुई अध्यक्षको सहमतिमा जिम्मेवारी प्रदान गरिएको भन्दै त्यसप्रति असन्तुष्टि देखा परेको हो। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि पनि प्रश्न उठेको छ। यति मात्र होइन, यस्ता क्रियाकलापका कारण जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टीको भविष्यप्रति नै चिन्ता व्यक्त गर्न
काङ्ग्रेस सच्चिने कि सिद्धिने ?

काङ्ग्रेस सच्चिने कि सिद्धिने ?

Posted in विचार
नेपाली काङ्ग्रेस सच्चिने कि सिद्धिने भन्ने काङ्ग्रेसका प्रमुख नेताहरू र युवा नेताहरूको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ । ■ विजयसन्तोषी राई नेपाली काङ्ग्रेस पार्टी फैलिएर मैलाउनुका साटो पार्टीभित्र गुटउपगुट मैलाउँदै झागिँदै गएको छ । नेताहरूचाहिँ बलियो बन्दै जानु पार्टीचाहिँ साँघुरिँदै र दुब्लाउँदै जानु सबैभन्दा विडम्बना भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेस इतिहासको अहिलेसम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । यतिवेला काङ्ग्रेसले आफूलाई उचित ढङ्गले व्यवस्थापन गरी समाल्न सकेन भने स्वयम् काङ्ग्रेस र राष्ट्रको लागि अपूरणीय क्षति हुने खतरा बढेको छ । काङ्ग्रेस अहिलेको अवस्थामा आइपुग्ने मुख्य कारण स्थायी रूपमा गुट–उपगुटले संस्थागत रूप धारण गरी क्रियाशील भइरहनु नै हो । गुटउपगुट दह्रो हुनु पार्टीचाहिँ दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अव