‘समाचार र विचारको
साझा चौतारी’




विचार

नाम मात्रको लोकतन्त्र

नाम मात्रको लोकतन्त्र

Posted in विचार
  उरास लोहोरुङ् राई मेरो छिमेकमा एउटाको नाम दिलबहादुर छ, तर ऊ दैनिक रक्सी पिएर आफ्ना छोराछोरी र श्रीमतीलाई सताउने काम गर्छ । म कहिलेकाहीं उनको छोराछोरीलाई तिम्रो बुवाको नाम कति राम्रो छ है भन्छु । जवाफमा उनीहरूले नाम अनुसारको काम वा व्यवहार भइदिएको भए हामी यो अवस्थामा हुने नै थिएनौं । हामीलाई हाम्रो ड्याडीको नाम होइन, तर उहाँको काम वा व्यवहार चाहिएको छ, दाई, भन्छन् । अनि त्यो दिलबहादुर र उसको परिवारले मेरो देशको वर्तमान अवस्थालाई हुबहु प्रतिनिधित्व गरेको देख्दा मन कटक्क खान्छ । हाम्रो देश नेपाल राणा, राजा, पञ्चायत, प्रजातन्त्र हुँदै सबैको प्यारो नाम ‘लोकतन्त्र’ सम्म आईपुगेको छ । यो लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्थाको अभ्यास गरेको पनि एक दशक नाघिसकेको छ । जनताहरूको ठूलो बलिदानबाट प्राप्त गरिएको यो लोकतन्त्र आफैमा एउटा ठूलो उपलब्धि हो भन्ने कुरामा दुइमत छैन । अब एक दशक भन्द
‘एजेन्टगिरी’को कूटनीतिक परिणाम !

‘एजेन्टगिरी’को कूटनीतिक परिणाम !

Posted in विचार
■ देवप्रकाश त्रिपाठी नेपाल कहिलेदेखि ‘एजेन्ट’हरूको दबाब र प्रभावमा परेको हो भन्ने प्रश्नको जवाफ विस्तृत अध्ययन–अनुसन्धानपछि मात्र दिन सकिन्छ । तर, चन्द्रशेखर दाहाल (उपाध्याय) देखि प्रचण्ड (दाहाल)सम्म आइपुग्दा नेपालमा विदेशी ‘एजेन्ट’हरूको भूमिका सूक्ष्म, तर व्यापक देखिन्छ । राणाहरूको १०४ वर्ष लामो शासन जसलाई कुनै पनि प्रजातन्त्रवादीले समर्थन गर्न सक्दैन, राष्ट्रियताका दृष्टिले राणाशासनसमेत नेपालको इतिहासमा पञ्चायतकालजस्तै उच्च कोटिको मानिन्छ । पञ्चायतमा प्रजातन्त्र थिएन, तर प्रजातन्त्रबाहेक एउटा राज्यमा हुनुपर्ने अनेकौँ सकारात्मक गुण थिए । चन्द्रशेखर दाहाल राज्यले पत्याएका, भरोसा गर्न सकिने व्यक्ति थिए, भरोसा नभएका भए गजराज मिश्रसँगै टोलीमा राखेर ब्रिटिससँग सन्धि गर्नका निम्ति सायद सुगौली पठाइने थिएनन् । तर, केही बिघा जमिन (भनिन्छ २२ सय बिघा), केही नगद र जिल्लाको एउटा ‘मजिस्टे«ट’ नाम
जनक्रान्तिको आवश्यकता

जनक्रान्तिको आवश्यकता

Posted in विचार
- प्रकाश मल्ल आज देश कम्युनिस्ट नामको कथित दलाल संसदीय व्यवस्थाका कारणले थिलथिलो बनेको छ । यो दलाल व्यवस्था र यसका एजेन्टहरूले गर्दा देशमा राजनीतिक सङ्कट पैदा भएको छ । राष्ट्रियता चरम सङ्कटमा परेको छ । जनजीविका प्रभावित भएको छ र यो दलाल संसदीय व्यवस्थाको हिमायती दलाल पुँजीले गर्दा राष्ट्रियता, जनजीविका, देशको आर्थिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्था, पारिवारिक अवस्था सबै धरापमा परेका छन् । दलालहरू दिन दुई गुना, रात चौगुना धनाढ्य बनिरहेका छन् । सही राजनीतिक मूल्य र मान्यताको खिल्ली उडाइएको छ । इमानदारी र नैतिकताको अन्त्य भएको छ । विकासका नाममा भ्रष्टाचारलाई दलाल संसदीय व्यवस्थाले वैधानिकता दिएको छ । बलात्कारलाई प्रोत्साहन दिइएको छ र कमिसनका आधारमा बलात्कारीलाई दलाल व्यवस्थाका नाइकेले संरक्षण गरिरहेका छन् । देशको सार्वभौमिकता र अखण्डतालाई दलालले सम्झौतामा राखेर साम्राज्यवादको गतिल
दलाल पुँजीवादले सुन्नेलाई नसुन्नेझैं, बोल्नेलाई नबोल्नेेेेेेेेेेझैं बनाइदिन्छ

दलाल पुँजीवादले सुन्नेलाई नसुन्नेझैं, बोल्नेलाई नबोल्नेेेेेेेेेेझैं बनाइदिन्छ

Posted in विचार
घनश्याम भुसाल  प्रधानमन्त्री भइसकेपछि बिपी सामन्तवाद वा भूमिपतिको वर्चस्वबाट मुलुकलाई मुक्त गर्न चाहनुहुन्थ्यो। तर उहाँको पार्टी जमिनदारबाट उम्कनै नसक्ने गरी घेरियो। तलको ग्राउन्ड र उहाँको स्वयं पार्टी उदार समाजवादी लोकतान्त्रिक बाटोमा जान तयार थियो कि थिएन? बिपी किन असफल हुनुभयो? महेन्द्रले असफल गरे वा अरुले असफल गराए। महेन्द्रले सहयोग गरेर बिपी सफल हुने मान्यताबाट अध्ययन गरियो भने गल्ती हुनेछ। स्वयं बिपीको पार्टी कस्तो थियो? हिजोको त्यो अवस्था अहिलेको पुस्ताले बुझ्नैपर्छ। हाम्रा पार्टी कहाँ छन् भनि नबुझ्ने हो भने लोकतन्त्रमाथि खतराको सन्दर्भ बुझ्न सकिन्न। तसर्थ बिपीको सन्दर्भ वर्तमान परिघटनामा जोड्न सकिन्छ। नेपालमा २००७ सालको क्रान्ति कांग्रेस र राजाको गठबन्धनबाट भएको थियो। विस्तारै तिनीहरुका इच्छाहरु फुट्दै गए, क्रान्ति ओरालो लाग्दै गयो। २०४६ मा कम्युनिस्ट र कांग्रेस एउटै झन्डा
अभियन्ता, अराजकता र कम्युनिष्ट सरकार

अभियन्ता, अराजकता र कम्युनिष्ट सरकार

Posted in मूल खबर, विचार
नेपालमा अहिले अभियन्ताको उत्पादन यसरी भईरहेको छ कि मानौ चित्रबहादुर के शीले पनि अब संघीयताको हिजो देखि बिरोध गर्दै आएका भएपनि एउटा प्रदेश सम्म चाही संघीयतामा राख्न सकिन्छ जसको नाम अभियन्ता प्रदेश नामाकरण गर्दा हुन्छ भन्ने बेला भएको छ। सामाजिक अभियन्ताका नाममा बजारमा एकाएक देखा परेका अभियन्ता भन्ने हरुका उग्र र अराजक शैलीका बकितम सुन्दा लाग्छ नेपालमा पनि यस्ता हक्कि र ईमान भएका मान्छे रहेछन् , देश र जनताका लागि अझै पनि बोल्ने र केही गर्ने मान्छे अझै त रहेछन् भन्ने तर एकाएक उदायका यी कथित सामाजिक अभियन्तामा मान्छेलाई उग्र र उखरमाउला कुरा गरेर बहकाउने बाहेकको कुनै अर्को कामनै देखिदैन । बिभिन्न भेष र भुषामा अवतरण भएका कथित सामाजिक अभियन्ता भनिने केही सतही ज्ञान भएका अशिष्ट भाषामानै प्रकट भएका यी अभियन्ताहरु सँग नत कुनै विचार छ , न कुनै दर्शन र सिद्धान्तको ज्ञान छ नत यीनको हिजो आफ्नै समाजमा योग
अनि मलाई रिस उठ्छ

अनि मलाई रिस उठ्छ

Posted in विचार
नरेन्द्रजंग पिटर मलाई रिस उठ्नाका धेरै कारण छन् । आज पनि तिमीले शहीदको फुटो टाँस्दै अर्थहीन, सम्वेदनाहीन शब्द ओकल्यौ । आप्mनै इतिहासको भारी तिमीलाई गह्रौँ भइरहेको बेला, शहादतको गरिमा र आदर्श पछ्याउनै नसकेको र क्रान्तिपथ दुत्कारेको अवस्थामा यो नक्कली चालामाला किन ? तिमी धोकेवाज हौ । तिम्रा भूमिका र जीवनले नाङ्गो यथार्थता कहिरहेको छ । उनीले केका लागि ज्यान गुमाएका थिए ? उनको विश्वास, आदर्श, सक्रियता, आवद्धता र भूमिका के थियो ? र अहिले तिमी आफै कुन अवस्थामा छौ ? कसैलाई सम्मान गर्ने नैतिक हैसयित हुनुपर्छ । के तिमीले अझै त्यो राख्या छौ ? किन हँ... आदर्शको बलिवेदीमा चढेका व्यक्तित्वलाई अझै रङ्गमञ्चमा दोहोलो काढ्र्छौ ? जब तिमी नाटकीय जीवनमा लतारिन्छौ, पाल्सी कुरा गर्र्छौ, अरुलाई आगाका लप्कासँग लाप्पा खेल्न भन्दै आपूm र सन्तान भने शितल छहारी खोज्छौ... तब मलाई तिमीसँग औधी रिस उठ्छ र मुखैमा पिच्च
चुनौति सामनागर्नुको विकल्प हुँदैन

चुनौति सामनागर्नुको विकल्प हुँदैन

Posted in विचार
जीवहरु कुनै न कुनै चुनौतिको सामना गरिरहेका हुन्छन् भने चुनौतिको सामना गर्न नसक्नेहरु सँसारवाट बिदा लिन्छन् । खुल्ला दिशामुक्त क्षेत्रको घोषणासँगै भुस्याहा कुकुरहरुको जीविकोपार्जनमा चुनौति थपिएको छ । मानव आवाश पक्की संरचनाको बनिरहँदा परेवा, भँगेराहरु संकटमा परेका छन् । दैनिक २०० केजी भन्दाबढी हरियो प्रोटिनयुक्त वनस्पति खाएर बाँच्ने हात्तीहरु वन विनाशका कारण लोप हुने खतरामा छन् । नदी तथा खोलाखोल्सामा बहने पानीको स्रोत सुक्दा र विभिन्न कारणबाट पानी प्रदूषित हुँदा जलचरहरु लोपोन्मुख अवस्थामा छन् । पहिला–पहिला स्थानीय खोलामा पाइने माछाहरु आजभोली पाइन छाडेका छन् । मानव जीवन कुनै न कुनै उत्पादनको आधारमा मात्र जीवन्त रहन्छ । वस्तु तथा सेवामूलक उत्पादनकर्ताहरु समेत चुनौतिको सामना गर्न बाध्य भएका छन् । हालै सुन्दर यातायात प्रालि नामको यातायात कम्पनीका ब्यवसायीहरुले काठमाण्डौंमा विद्युतिय बसको सेवा
युवती , सानो काजी र लोकतन्त्रको उज्यालो !

युवती , सानो काजी र लोकतन्त्रको उज्यालो !

Posted in विचार, समाज भित्रका कथा
एउटा गाउँमा गाउँ भेला बसेछ , त्यसको कारण रहेछ गाउँकै एक गरीब किसानकी छोरीलाई त्यही गाउँका मुखियाका छोराले पटक पटक बलात्कार गरेका रहेछन् र त्यसैको न्याय निसाफका लागि त्यो भेला बोलाईएको रहेछ । मुखियाका छोराले किसानकी छोरीलाई धम्क्याएर, फकाएर पटक पटक बलात्कार गरेका रहेछन् तर गरीब किसानकी छोरी डर र त्रासका कारण आफु माथि भएको यौन शोषणको कुरा ओकल्न सकिरहेकी रहिनछिन् । तर, मुखियाका छोराको हद ब्यबहारले उनले घरमा आमालाई खुसुक्क भनिछन् आमाले बाउलाई सुनाईछन् एक कान दुईकान हुदैँ गाउँमा हल्ला चल्न थालेछ । पहिला त मुखिया र मुखियाका बलत्कारी छोराले किसानलाई प्रलोभन, त्रास , डरको प्रपञ्च रचेर कुरो गुपचुप राख्न भनेछन् तर ती किसान अलि फरक खालका रहेछन् उनले दुबै बाउछोरालाई मुखभरिको जवाफ दिएर पठाएछन् र गाउँ भेला डाकेछन् । भेला बसेछ , गाउँका जान्ने र ठूलाबडा सबै आएछन् । शुरु भयो केटीको कैरनबाट किसानकी छोरील
क्रान्तिकारी पत्रिकामा राजाको दीर्घायु कामना

क्रान्तिकारी पत्रिकामा राजाको दीर्घायु कामना

Posted in विचार
- शिशिर वैद्य ०३६ सालतिर प्रकाशित अनुभूति त्रैमासिक, पूर्णांक ४-५, स्तालिन अंक थियो । रुसी कम्युनिस्ट पार्टीका शक्तिशाली नेता स्तालिनमाथि लेखिएका कविता, लेख, जीवनी एवं विभिन्न रचना प्रकाशित छन्, पत्रिकामा । पत्रिकाको अन्तिम गातामा तीन विज्ञापन छापिएका छन् । अन्तिम पानाको विज्ञापनमा नेसनल ट्रेडिङ लिमिटेडको तर्फबाट विजयादशमीको शुभकामना छ । भित्री गातामा श्री ५ महाराजाधिराज र बडामहारानीको दीर्घायुको कामना गरिएको शुभकामना सन्देश छ । पञ्चायती क्रूरता चरम बिन्दुमा रहेको वर्ष हो, ०३६ साल । निरंकुश मानिएको यस्तो समयमा स्तालिनको महानताको गाथा एवं कम्युनिस्ट सिद्धान्त र विचारले भरिएको पत्रिकामा महाराजाधिराजको दीर्घायुको कामना ? प्रश्नले मन उद्विग्न भयो । त्यसैले केही समयअघि जम्मा पारेका पुराना साहित्यिक पत्रिका फेरि एक पटक पल्टाउन मनमस्तिष्कले झक्झकायो । मेरा अगाडि थिए सुस्केरा, अक्षलोक, नौ
स्मृतिमा सुरेश वाग्ले

स्मृतिमा सुरेश वाग्ले

Posted in विचार
- गुणराज लाेहनी    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो साँच्चै राम्रो कुरा होइन । वासुले महान् जनयुद्धको तयारी, त्यसको सुरुआत र विकास हुँदै जाँदा निर्वाह गरेको भूमिका र पार्टी नेतृत्वको उच्च तहको बलिदानको कोटा पूरा गर्नुभएको थियो । जनयुद्धमा पार्टीको सबैभन्दा माथिल्लो तहबाट दुस्मनको जीवन भिक्षालाई दुत्कार्दै मृत्यु स्वीकार गर्ने एक जोदाहा, उच्च नेता हुनुहुन्थ्यो । सर्वहारावर्गीय विचार, राजनीति र वर्गप्रति निष्ठावान् वासुले रगत बगाएको पार्टीका मुख्य नेताहरू पटकपटक सरकारको नेतृत्व गरिराखेका छन् । अहिले उहाँको पार्टीको मुख्य नेताले सिङ्गो पार्टीलाई एमालेजस्तो वासुको भनाइमा ‘टुकुचाको