‘समाचार र विचारको
साझा चौतारी’



समाज भित्रका कथा

छाउगोठ भत्किए, कुरीति कायमै

छाउगोठ भत्किए, कुरीति कायमै

Posted in समाज भित्रका कथा
धेरै छाउगोठ प्रहरी र स्थानीयवासीको सक्रियतामा भत्काइएका छन् तर केही ठाउँमा अझै देउता रिसाउँछन् भन्ने मान्यता मंसिर ६, २०७७ सुदूरपश्चिम ब्युरो धनगढी । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा बस्दा आगलागीमा परेर मर्ने, बलात्कृत हुने, सर्पले डस्ने र जङ्गली जनावरको भय हुन्छ । पहाडी क्षेत्रका दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा अझै छाउपडी गोठ छन् भने पहाडबाट बसाइँ सराइ गरेर तराईका कैलाली र कञ्चनपुर आउनेले पनि गोठ बनाएको पाइएको छ । दार्चुला र बैतडीमा गोठ नभए पनि महिनावारी हुनेले कसैलाई नछोर्ई अलग्गै बस्ने, सुत्ने र गाई, भैँसीको दूध, दही, मही खान नपाउने अवस्था कायमै छ । गृह मन्त्रालयको निर्देशन अनुसार प
आइसोलेसनका कहालिलाग्दा ती दिन

आइसोलेसनका कहालिलाग्दा ती दिन

Posted in समाज भित्रका कथा
२०७७ मङ्सिर ५ सन् २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट देखापरेको कोभिड–१९ ले छोटो समयमा नै विश्वव्यापी रूप लियो। अमेरिका लगायत युरोपेली मुलुकमा व्यापक भएलगत्तै भारत हुँदै नेपालमा पनि यसको प्रभाव बढ्यो। सुरूवातीका दिनमा यसको नामदेखि नै अत्तालिएका हामीबीच करिब ५–६ महिनापछि मात्र द्रुतगतिमा संक्रमण फैलिन गयो भने त्यसको वास्तविक अनुभव मैले १० महिनापछि मात्र संक्रमित भएर गरेँ। सुरुवाती दिनहरू जति कहालीलाग्दा थिए, विश्वभरका सबै सञ्चार माध्यम कोरोनामा केन्द्रीकृत थिए। सामाजिक सञ्जालभर त्यसैको चर्चा–परिचर्चा थियो, नयाँ–नयाँ शब्द र तरिकाहरूको प्रयोग, लकडाउन, क्वारेन्टाइन र आइसोलेसन सेन्टरको स्थापना आदिमा देशभरका सरकारी एवं गैरसरकारी संघसंस्था केन्द्रित थिए र यसको प्रयोग गाउँबस्तीका कुनाकुनासम्म भयो। मलाई लाग्छ, यसको मापदण्ड बुझाइ र प्रयोग ठाउँ अनुसार भिन्नभिन्न रूपले गरियो। जेहोस, क्वारेन्ट
दमकमा बाबुको किरिया गर्दैछिन छोरी प्रनिता, को हुन स्व. काशिनाथ पौडेल ?

दमकमा बाबुको किरिया गर्दैछिन छोरी प्रनिता, को हुन स्व. काशिनाथ पौडेल ?

Posted in समाज भित्रका कथा
२०७७ मंसिर ४ दमक/ भन्नलाई त छोरा छोरी बराबरी भनिन्छ तर हिन्दु नेपालीहरुको संस्कार अनुसार आफनै बाबुआमाको किरिया गर्न छोराहरु कोरा बस्छन छोरीहरु अलग्गै बस्नुपर्छ । तर छोराले मात्रै बाबु आमाको काज किरिया गर्ने हिन्दु नेपालीहरुको संस्कारलाई चुनौती दिदैं झापा दमक २ की प्रनिता पौडेल आफना स्वर्गीय बुबा काशिनाथ पौडेलको किरियामा बसेकी छिन । छोरीले आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा किरिया बस्नु हुदैन भन्ने मान्यता गलत छ भन्ने पुष्टि गर्न प्रनिता गत मंसिर १ गते निधन भएका आफना बुबा ७० बर्षिय काशिनाथ पौडेलको किरिया गर्न कोरा बसेकी हुन । स्वर्गीय पौडेल मधुमल्ला गाविसका पूर्व अध्यक्ष पनि हुन । उनको १ मसिंर (भाइटिकाको दिन)नै काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी पछिल्लो समय मधुमल्लाबाट दमक ५ हुदैं दमक २ मा बसाइसरी आएका थिए । काशिनाथले आफनो निधन हुनु अघिनै आफनो मृत्युपछि किरिया गर
डोटीमा बालिका बलात्कारको आरोप लागेका प्रहरी पक्राउ, यस्तो छ घटनाको नालीबेली…

डोटीमा बालिका बलात्कारको आरोप लागेका प्रहरी पक्राउ, यस्तो छ घटनाको नालीबेली…

Posted in समाज भित्रका कथा
१८ कार्तिक २०७७ विमल विष्ट, डोटी । बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौँकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । निज प्रहरी जवानले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् । बालिका बलात्कारको आरोप लागेका प्रहरी जवान सिंह चौँकीबाट एका एक सम्र्पक बिहिन भएपछि उहाँलाइ गएराती कैलाली जादै गरेकोे अवस्थामा सहजुरमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ । बलात्कारको आरोप लगेका जवान सिंहलाई आरोप प्रमाणित भए हदै सम्मको कानूनी कारवाहि हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी जवानले बालिक
दसैँमा अपराध : मदिराको नसामा प्रेमिकाबारे विवादले साथीको हत्या

दसैँमा अपराध : मदिराको नसामा प्रेमिकाबारे विवादले साथीको हत्या

Posted in समाज भित्रका कथा
टेकराज थामी काठमाडौं २०७७ कार्तिक १५ शनिबार दसैँ अष्टमीको साँझ भक्तपुर–१ दुवालटोलवासी इष्टमित्रसँगै पर्व मनाउन मस्त थिए । सोही टोलमा बस्थे, भारत उत्तरप्रदेश मुरादावादका साहिव हुसेन (३५ वर्ष) र सलमान खान (२३ वर्ष) । उनीहरू दुवै स्थानीय दुवाल मेटल उद्योगमा काम गर्थे । नजिकको इन्द्रेणी मेटल उद्योगमा काम गर्थे, उत्तरप्रदेश मुरदावादकै सानु अन्सारी (१९ वर्ष) । साहिवले सानुलाई कोठामा बोलाए । त्यही भेट नै साहिवको ज्यान जाने कारक बन्यो । प्रहरीले भोलिपल्ट बिहान भक्तपुर–२ इँटापाखास्थित तिरतिरे खोल्सामा साहिवको शव फेला पा¥यो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार मदिरा पिएका दुईबीच प्रेमिकाको विषयमा भएको विवाद नै हत्याको कारण देखिएको छ । घटनाको कारण मदिरा सानु र सलमानले प्रहरीलाई दिएको बयानअनुसार तीनैजना मदिरा खोज्दै इँटापाखास्थित भट्टीमा छिरे । भट्टीमा घरेलु मदिरामा ह्विस्की मिसाएर
दसैँ , माल्दाई र म

दसैँ , माल्दाई र म

Posted in समाज भित्रका कथा
जी एन शर्मा आज पनि माल्दाई उत्तिकै खिप्ति गरेर आफ्नो कर्ममा जुटिरहेकाछन् , उनै माल्दाई जसले मेरो धेरै दसैँलाई साथ दिएका थिए । आज पनि उनको कर्म निरन्तर चलिरहेको छ उसरीनै जसरी त्यो बेला चलेको थियो । उस्तै छन् माल्दाई मुसुक्क हाँस्ने अनि पुतली जुँगा सपक्क पार्ने उनको पुरानो आदत आज पनि छ । जब दसैँ आउँछ यो मनमा पहिला माल्दाई आउँछन् । त्यो पुरानो कथा एक पटक फिनिनिनि आउँछ , मलाई पनि मज्जा लाग्छ ति दिनहरुलाई संझदा अनि मनबाटै वर्ग प्रेमको ज्वार छल्केर आउँआज पनि माल्दाई उत्तिकै खिप्ति गरेर आफ्नो कर्ममा जुटिरहेकाछन् , उनै माल्दाई जसले मेरो धेरै दसैँलाई साथ दिएका थिए । आज पनि उनको कर्म निरन्तर चलिरहेको छ उसरीनै जसरी त्यो बेला चलेको थियो । उस्तै छन् माल्दाई मुसुक्क हाँस्ने अनि पुतली जुँगा सपक्क पार्ने उनको पुरानो आदत आज पनि छ । जब दशैँ आउँछ यो मनमा पहिला माल्दाई आउँछन् । त्यो पुरानो कथा एक पटक फिनिनिन
आफ्नै भोगाइ र अनुभूतिमा कोरोना संक्रमण

आफ्नै भोगाइ र अनुभूतिमा कोरोना संक्रमण

Posted in समाज भित्रका कथा
- गौरी देवकोटा काठमाडौभित्र गत महिना देखि कोभिड -१९ को संक्रमण निकै फैलिरहेको अवस्था छ । म पनि संक्रमणको महामरीमा परेर उम्किएकोले म सँग रोगको प्रकृति, लक्षण र खानपानबारे बुझ्न धेरैले सम्पर्क गरिरहनु भएको छ । यहाँहरूकै जिज्ञासा अनुरूप आफ्ना अनुभूतिहरूलाई सार्वजनिक रूपमा नै व्यक्त गर्दा उपयुक्त होला भन्ने सोचले यो जमर्को गरेको छु । तीन हप्ताभित्र मलाई भएको : बिहानै देखि ज्यान धरमराए झैँ भएथ्यो । बन्दै गरेको ग्यारेजको पोलमा नराम्रोसँग टाउको ठोकियो ।सामान असरल्ल थ्यो । थचक्क बस्न खोजेर पनि जबरजस्ती उभिरहेँ । म लड्ला भनेर समाउन लम्किएका मिस्त्रिहरू रोकिएर हेरिहेरेथे। कोठामा गएर पल्टिएँ । देब्रे कान हल्का दुख्यो, छोरालाई भनेँ । उसले गुगलतिर हेरेर Concussion हुन्छ रे ! आतिँदै भन्यो । ह्या क्यै हुन्न, नआत्ति भने पनि रातीबाट हल्का ज्वरो आयो । दोस्रो दिन छोराले कर गर्यो, टाउको जचाउन जाम भने
फोन सम्पर्कका लागि आधा घण्टा पैदलयात्रा

फोन सम्पर्कका लागि आधा घण्टा पैदलयात्रा

Posted in समाज भित्रका कथा
३० आश्विन २०७७ मिला दरै, तनहुँ प्रविधिको युगमा तनहुँको एक गाउँपालिकाबासी सञ्चार माध्यमबाट नै वञ्चित छन् । एउटा कोठामा बसेर २१औं शताब्दीमा प्रविधिको प्रयोगबाट विश्व हेर्न सक्ने भएका छौं । तर तनहुँको आ“बुखैरेनी गाउँपालिका–५ र ६ नम्बर वडाबासी भने अझै पनि सञ्चारको पहुँचबाट टाढा रहेका छन् । त्यस क्षेत्रलाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नका लागि करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्नुपर्ने हुन्छ । पैदल हिँडेर टावर टिप्ने ठाउ“ खोजी गरी कसैलाई फोन सम्पर्क गर्नु त्यहाँका जनताको बाध्यता रहेको छ । पर्यटकीयस्थलसमेत रहेको यस हिलेखर्कमा विशेष गरी गुरुङ जातिको बाहुल्यता रहेको छ भने केही दलित जातिको पनि बसोबास रहेको छ । समुन्द्री सतहदेखि करिब १७ सय मिटर उचाइमा रहेको उक्त स्थानका स्थानीयबासीलाई टावरले टिप्ने डाँडाकाँडा पु
इटालीको झल्को : कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु

इटालीको झल्को : कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु

Posted in समाज भित्रका कथा
असोज २८, २०७७ काठमाडौं तस्विर : गोरखापत्र दैनिक छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । जेठा छोरा र माहिली बुहारी पनि काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् । तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम
कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

Posted in समाज भित्रका कथा
असोज २०, २०७७ काठमाडौं कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ। बाल्यकालमा बिफरसँग लडेकी गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोनासँग पनि जुध्नुप(यो तर उनी संक्रमणमुक्त भएकी छन्। नातिमा संक्रमण देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूर्णमायामा संक्रमण भेटिएको थियो। चौध दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज संक्रमणमुक्त देखिएका छन् भने पूर्णमाया निको हुने क्रममा छिन्। ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडानम्बर ६ को अध्यक्षसमेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि