‘समाचार र विचारको
साझा चौतारी’




सृजनाको चौतारी

नेपाल

नेपाल

Posted in सृजनाको चौतारी
  कविता न उग्रताले न सुस्तताले बन्छत मूलुक नेपालीकै लगनशिलता र ईमान्दारिताले न भ्रष्टले न भाषणले बनिन्छ त देश नेपालीको मेहनत र पसिनाले न यताको नेताले न उताको बेटाले बनाउँछत नेपाल एउटा देश भक्त नेताले न गफले न हास्यरसले बनाउने हो नेपाल, नेपालीको मनले न सरापले न अरोप र प्रत्यारोपले समृद्ध बन्छ नेपाल ईमान, जमान , सत्यताले सुन्दर बन्छ नेपाल नेपालीकै एकताले
नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

Posted in सृजनाको चौतारी
इतिहास लेखनको माक्र्सवादी पहलकदमी - अनिल शर्मा ‘विरही’ ऐतिहासीक भौतिकवाद भन्छ– इतिहासका निर्माता जनता हुन् तर नेपालमा इतिहास लेखनको प्रक्रिया ऐतिहासीक भौतिकवादी दृष्टिले लेख्ने प्रक्रिया त परै जाओस्, सामन्ती राष्ट्रवादको दृष्टिले समेत निकै कमजोर छ । इतिहास लेखनको आधार र स्रोत विदेशी अध्येता र स्रोत–सन्दर्भलाई बनाइएको छ । जसले पश्चिमी चस्माले नेपाललाई हेरेका छन् र उनीहरूको स्वार्थ तथा मनोविज्ञानले कलम जोत्ने गरेका छन् । वर्गीय पक्षधरता र नेपाली विशिष्टतामा टेकेर नेपाली समाजको इतिहास लेखनको प्रक्रिया थाल्न अति आवश्यक छ जसले आम सामाजिक चेतना उठाउन सक्नेछ । पश्चगमन र शोषण–उत्पीडनका जराहरू सामाजिक चेतनामा हुर्किरहेका हुन्छन् । त्यसैले ऐतिहासिक भौतिकवादी दृष्टिले इतिहास लेखनकार्य नयाँ इतिहास लेखन कार्यको प्रक्रियामा सहभागी हुनु पनि हो । त्यसप्रकारको महत्वपूर्ण कार्यमा ‘नेपालको इतिहास :
बिच्च बिच्चमा !

बिच्च बिच्चमा !

Posted in सृजनाको चौतारी
जी एन शर्मा                                                                                                                                                                           कविता मानौँ कि उ र उनीहरु जनता र देशका मुक्तिदाताहरु हुन् क्षण भरमै यो देशलाई कायापलट गर्न सक्छन् तमासा गर्छन् हामी दुधले स्नान गरेका जस्तो गरेर माखो मारेका होइनन् समाज र हाम्रा लागि कुन दुलामा थिए ? के थियो हिजो अस्ती सम्म तिम्रो भूमिका ? मलाई सोध्न मन लागेको छ र ति आफै महानको पगरि गुथ्नेहरुसँग मुख र आँखामा पट्टि कसेर कहाँ थियौ अहिले सम्म ? अहिले स्वघोषित पण्डित र ज्ञानका चक्षु बनेर फलाक्तै हिडदैछन् बजार र सडकमा बिच्च बिच्चमा भनेझै बे मतलबका डिङ हाँकेर बोल्छन् , सारा जगनै पलट गरुँलाझै गरेर घाँटी बजाउँछन् हामी बिच्च बिच्चमा भनेझै हो मा हो थपेर तालि बजाउँछौँ मृत्यु वा मुक्तिको सपथ खाएर शीरम
टाँकीका फूलहरूमाथि विमर्श

टाँकीका फूलहरूमाथि विमर्श

Posted in सृजनाको चौतारी
धरान/कथाकार दाजु गुरुङको डायस्पोरिक कथा सङ्ग्रह ‘टाँकीका फूलहरू’ माथि धरानमा शनिबार विमर्श गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा गरिएको विमर्शमा वक्ताहरूले कथा सङ्ग्रहमा विदेशमा रहका नेपालीको ‘मनोविज्ञान’ लाई समेटेको बताए । समालोचक रामजी तिम्सिनाले सङ्ग्रहमा तीन वटाबाहेक अन्य सबै अकथा भएको टिप्पणी गरे । भने, ‘मोनिका, बाटो विराएको मान्छे र मिलेनियमबाहेक बाँकी कथा, कथा होइनन् । धेरै कथामा प्लट नै छैन ।’ तर, सङ्ग्रहमा रहेका सबै कथाको केन्द्रमा मनोविज्ञान रहेको उनले बताए । प्रा.डा. रमेश घिमिरेले हङ्कङ बुझ्न, त्यहाँको समाज बुझ्न कथा सङ्ग्रहले मद्दत गरेको बताए । कथाकारले उत्कृष्ट कथा लेख्नका लागि अझै अभ्यास गर्नुपर्ने देखिएको उनको भनाइ थियो । कवि कुन्ता शर्माले कथा सरल र सुन्दर बिम्बहरू प्रयोग भएकाले सबै पाठकका लागि ग्राह्य रहेको बताइन् । केही कथाहरूमा कथाकारले पात्रहरूसँगै पाठकलाई डुलाउन
पहिलो औपचारिक फौजी तालिम

पहिलो औपचारिक फौजी तालिम

Posted in समाज भित्रका कथा, सृजनाको चौतारी
संस्मरण - सीता विक ‘सम्झना’ १०—२८ भदौ २०५७, पँधेरीचिरा, दाङ प्युठानमा रहेको हाम्रो स्क्वायड जसको कमाण्डर हुनुहुन्छ कमरेड यमराज । यसमा निशाना दिदी र म स्क्वायडको महिला सदस्य छौँ । शिविरका लागि हाम्रो स्क्वायडलाई खबर आयो । प्युठानका सेक्रेटरी अजित सिंह उहाँलाई श्याम पनि भन्ने गरिन्छ, उहाँले जिल्लाबाट बिदाइ गरेर शिविर स्थलतिर पठाउनुभयो । दुई रातको हिँडाइपछि हासिपुर हुँदै पुगियो पँधेरीचिरा । चारैतिर घनघोर जङ्गल, अग्लाअग्ला तर थुम्क्याइला डाँडाको बिच्चैको भिरालो तर समथल स्थान दाङ जिल्ला पार्टीले निर्माण गरिदिएको तालिम केन्द्र जसलाई सैन्य शीविर भन्ने चलन छ । जहाँ पार्टीका अरू कयौँ प्रशिक्षण कार्यक्रमहरू प्नि हुने गर्दा रहेछन् । बीचमा सानो कलकल पानी बग्ने खोला ८/१० घरको सानो बस्ती हेर्दा उकुसमुकस लाग्ने तर सुन्दर ठाउँ । काठले बारेर निर्माण गरिएका तल गाईबस्तु, माथि मान्छे बस्ने खर र थाकलल
एउटा कथा जिन्दगीको

एउटा कथा जिन्दगीको

Posted in सृजनाको चौतारी
                                                                                                                                                                                                                                                                                                                                                             कथा जी एन शर्मा २०७२ सालको अन्त्यतिर पटनाका पत्रकार मित्र जितेन्द्रले छत्तिसगढमा चलिरहेको कम्युनिस्ट विद्रोह भनौँ या नक्सली आतङ्कका बारेमा रिपोर्टिङ गर्नका लागि मलाई बोलाएका थिए । म आर्फैँ पनि आन्ध्र प्रदेश र छत्तिसगढमा भइरहेको घटना, जसलाई उनीहरू वर्ग संघर्ष अथवा जनयुद्ध भन्न रुचाउँथे, का बारेमा रिपोर्टिङ गर्न र सम्भव भयो भने भारतको नक्सलबारी आन्दोलनका बारेमा एउटा पुस्तक लेख्ने सोचमा पनि थिएँ । जितेन्द्र पटना (बिहार) का रैथाने पत्रकार पनि हु
आफैलाई बुझ्न

आफैलाई बुझ्न

Posted in सृजनाको चौतारी
   शुभद्रा भट्टराई आफैलाई बुझ्न आफैसँग कैँयौँ पटक सोधेँ जीवनको कुनै कुनाबाट जवाफ आएन कतै साथ छुट्ने त्रासमा कतै थामेका हातहरू छुट्ने आशङ्कामा यात्राका पाईलासँगै आफ्नै प्रतिबिम्बलाई प्रश्न गरिरहेँ अनुत्तरित प्रश्नको भारी बोकेर सम्झँदै आफ्नै जीवनका भोगाईहरू म स्वयम् विक्षिप्त बनिरहेँ मेरा अतितका पानालाई एेतिहासिक दस्तावेज बनाएर सजाएकी छु तिम्रा पातला अधरहरूले मेरा छातीमा लेखिएका सुनौला शब्दहरूलाई आफ्नै छातीमा तस्बिर बनाएर सजाएकी छु फेसबुकबाट ।  
आमाको कोलम्बस

आमाको कोलम्बस

Posted in सृजनाको चौतारी
गोपाल झापाली विलियम गुरायनलाई सन् २०५० नोभेम्बर २८ को बिहान, विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पाइला राख्दा हृदय भरिएर आयो। २२ वर्षअघि यही माटोबाट उम्रिएको उसको जीवनको लहरोको फेदमा बसेर ऊ नयाँ वर्ष २०४१ मनाउने महङ्खवाकाङ्क्षासहित यो बिरानो देश आएको हो । अमेरिका छँदै उसको बाबुबाट उसले नेपालबारे प्रशस्त सुनेको हो । विराटनगरको राजनीतिक, औद्योगिक इतिहास पनि उसका कानमा झ्याउँकीरीको आवाज बनेको छ । यही भूमिबाट उसको बाबु दयानिधि दाहाल जुँगाका रेखी बस्दाखेरि नै उता पुगेको हो । विमानस्थलबाट उत्रिनासाथ बिरानो मुलुकमा ऊ रनभुल्लमा प¥यो, कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने... ! मानौंं, दयानिधिले बेलाबेला गुनगुनाउने यो गीतमा अहिले ऊ मोडलिङ गरिरहेको छ । बगैंचाभित्रको सहरका रुपमा चिनिएको इटहरीस्थित पाँचतारे होटल रोयल इस्टमा उसको ट्राभल एजेन्टले बसोवासको व्यवस्था मिलाइदिएको थियो । काँधमा एउ
सहिदको समाधिमा जनक्रान्तिको कासन

सहिदको समाधिमा जनक्रान्तिको कासन

Posted in सृजनाको चौतारी
संस्मरण- अशोक सुवेदीएकखाले मानिसहरू जनयुद्धका क्रममा, युद्धमैदान र अनुभूतिको चापका बीचमा गरिएका सिर्जनालाई दुत्कार्ने प्रयास गरिरहेका थिए तर हामी भने बम र बारुदसँगै जन्मिएको सुन्दर सहित्य र त्यसका सर्जकहरूलाई खोज्दै सम्मान गर्दै दौडाहामा लागेका थियौँ अभियान बनाएर । जनयुद्धलाई नै दुत्कार्नेहरूलाई टीका लगाएर चोखिएकाहरूका लागि, जस्केलाबाट छिरेकाहरूका लागि जनयुद्ध र त्यस महासमरमा युद्ध लड्दालड्दै बमबारुद र रगतबाट सिर्जित महागाथाहरूका बारेमा थहा नहुनु पनि स्वाभाविकै थियो । त्यसैले तिनीहरू मुलुकमा महान् वर्गसङ्घर्ष घनीभूत भइरहेको समयमा पनि सहरका कोठामा बसेर युद्धलाई आतङ्क भनेर सत्तोपराप गरिरहेका थिए । दुस्मन कित्ताकाहरूले त आफ्नो समाप्त हुन लागेको वर्गस्वार्थको रक्षाका लागि जनयुद्ध र त्यसको नयाँ प्राप्तिलाई नस्वीकार्नु तिनको वर्गचरित्रअनुसार नै थियो तर आफूलाई वर्गसङ्घर्षको ठेकेदार सम्झने अनि आफ्
प्रधानमन्त्रीको गोलघर संस्मरण

प्रधानमन्त्रीको गोलघर संस्मरण

Posted in सृजनाको चौतारी
उसले बडो ठाँटले भन्यो, ‘के हो, के भयो ?’ उसको बोलीको भाँती जानकारी लिन खोजेको जस्तो थियो । उसलाई कामदारले वृत्तान्त सुनाए । उसले अलिक निर्णयात्मक स्वरमा भन्यो, ‘हेर्नोस, तपाईंलाई गोलघर राख्नु भन्ने आदेश छ, हामी त्यत्ति जान्दछौँ । गोलघर यही हो । अनि तपाईं यहाँ नबसेर कहाँ बस्नुहुन्छ ?’ मैले जवाफ दिएँ, ‘मान्छे थुन्ने ठाउँ पनि यस्तो ! यस कोठामा म बस्दिनँ ।’ ती दिन ज्यादै कठिन थिए । विसं. २०३० मंसिर ११ गते मोहनचन्द्र अधिकारी र म जेलको पनि महाजेल गोलघरमा हालियौँ । गोलघर काठमाडौं केन्द्रीय कारागारको बीचमा छ । त्यहाँ नौवटा स–साना कोठा र एउटा फलामको पिँजरा छ । अरू बन्दीबाट अलग्याएर एकान्तबासको सजाय दिइने ठाउँ भएकाले प्रत्येक कोठामा एक जनालाई मात्र त्यहाँ थुनिन्छ । फलामका ठुल्ठूला चारपाटे डन्डीले घेरिएको, भुइँ र छानो बाक्ला फलामका पाताहरू भएको त्यस पिँजराको आकार नै यति सानो हुन्छ कि एक जनाभन्द