कृषि र किसान Archives - Chautari Post Online
Wednesday, April 17News That Matters

कृषि र किसान

झापाकोजोर सिमलमा कृषि बजार निर्माण कार्य शुरु

कृषि र किसान
मेचीनगर, झापाको मेचीनगर—७ जोरसिमलमा कृषि बजारका लागि आवश्यक संरचना निर्माण कार्य शुरु भएको छ । एक कार्यक्रमका बिच मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले शिल्यान्यास गरेसंगै कृषि बजारका लागि आवश्यक संरचना निर्माणको काम समेत शुरु भएको छ । जोरसिमल कृषि सहकारी संस्थाले सञ्चालन गर्ने गरी नेपाल सरकार कृषि बिकास मंन्त्रालय अन्तरगतको कृषि बजार प्रबद्र्धन तथा यान्त्रीकरण बिभागको आर्थिक सहयोगमा बन्ने कृषि बजारका लागि चालु आर्थिक बर्षमा ५० लाख ६ हजार ५० हजार रकम बिनियोजन भएको जोरसिमल कृषि सहकारी संस्थाका अध्यक्ष प्रल्हादमणी ओलीले जानकारी दिनु भयो । कृषि बजारका लागि सहकारी संस्थाले १५ कठ्ठा जमिन लिजमा लिएर बजार सञ्चालनमा ल्याउन लागेको सहकारी संस्थाका सचिब चन्द्रप्रसाद निरौलाले बताउनु भयो । सचिव निरौलाका अनुसार यो आर्थिक बर्षमा स्थानीय किसानका उत्पादन बिक्रिका लागि ३ वटा कोठा बन्ने छ
प्रचुर सम्भावना भएको मरीच खेती प्रविधि

प्रचुर सम्भावना भएको मरीच खेती प्रविधि

कृषि र किसान
मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ । मरीच एक खाद्य पदार्थ हो। यो कालो रङ्गको हुन्छ। यसलाई दूध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। बानस्पतिक हिसाबले मरीच झाँग जस्तो बोट हो। यसमा फल्ने फलमा सिङ्गो बियाँ हुन्छ। पकाएर सुकाएको फललाई कालो मरीचको रूपमा प्रयोग गरिन्छ। सुकाएको काँचो फललाई हरियो मरीच तथा पाकेको फलको बियाँलाई सेतो मरीचको रूपमा प्रयोग गरिन्छ। यसको खेती : मरिच दक्षिणी भारततिर उत्पत्ति भएको मानिन्छ तर उष्ण प्रदेशिय मुल
रातो केरा खेतीको सफल परीक्षण

रातो केरा खेतीको सफल परीक्षण

कृषि र किसान
कञ्चनपुर। कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ । अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा प्रयोग भएको देखिन्छ । ‘पहिलोपटक हामीले ४/५ सय बोटबाट खेती सुरु गरेका छौं,’ केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण सिंह साउदले भने, ‘इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको हो ।’ उनले यस वर्ष थप १० हजार बिरुवा माग भएको बताए । परीक्षणका रूपमा लगाइएको केरा उत्
किसानका खेतमापानी पुर्याउनु राज्यको दायित्व

किसानका खेतमापानी पुर्याउनु राज्यको दायित्व

कृषि र किसान
झापा । झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले अब सडक कालोपत्रे, बाटाघाटा, कल्भट र ड्रेन बनाएर मात्र पूर्णरुपमा विकास निर्माण नहुने बताएका छन् । नेपाल कृषि प्रधान मुलुक भएका कारण जवसम्म कृषिका हरेक क्षेत्रमा सिञ्चाईँको उचित र व्यवस्थित विकास हुदैंन तब सम्म त्यस क्षेत्रका धेरै विकास निर्माण कार्य अधुरा हुने सहभागीहरुको भनाई थियो । मेचीनगर नगरपालिकाको सहयोगमा राष्ट्रिय सिञ्चाई जल उपभोक्ता महासंघ नेपाल जिल्ला समिति झापाले आयोजना गरेको मेचीनगर स्तरीय भेलाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । हरेक सिञ्चार्इँ प्रणालीको विकास गरेर प्रत्येक किसानका खेतका गरा गरामा पानी पुर्याउनु राज्यको दायित्व भएको सहभागीहरुको भनाई थियो । जवसम्म कृषिमा नेपाल आत्मनिर्भर हुन सक्दैन तब सम्म देश पूर्णरुपमा समृद्धि बन्न नसक्ने दावी गरे । यसकारण पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थ
सरकारी अवरोध नहटे आमरण अनशन बस्ने नेपाल पशुपंक्षीजन्य व्यवसायी संघको चेतावनी

सरकारी अवरोध नहटे आमरण अनशन बस्ने नेपाल पशुपंक्षीजन्य व्यवसायी संघको चेतावनी

कृषि र किसान, मूल खबर
ललितपुर। नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे जसरी राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ । बिहीबार काठमाडोंमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको सहमतिमा मात्रै गर्नुपर्ने पनि संघले बताएको छ । संघले भारतको पशु चिकित्सकले जाँचेको पशुलाई नेपाल सरकारले मान्यता दिएको तर बोर्डरमा रहेका नेपाली पशु चिकित्सकहरुले जाँचेका पशुहरुको मान्यता नदिएकोमा पनि असन्तुष्टी जनाएको छ । आफूहरुको जायज माग पूरा नगरे सरकारविरुद्ध रेष्टुरेन्ट व्यवसायी, होटेल व्यवसायी, राँगारभैंसीका मासु व्यवसायी, तराईका पशु हाटबजार सञ्चालकहरु, स्थानीय निकाय, प्रदेश सरकार आम उपभोक्तालाई एकताबद्ध गरेर बन्द, हड्ताल तथा संघर्षमा
सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल हुँदा करोडौं रुपैयाँ बाहिरियो

सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल हुँदा करोडौं रुपैयाँ बाहिरियो

कृषि र किसान, मूल खबर
मेचीनगर । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । हरेक नेपालीको भान्सामा विहान वेलुका चाहिने प्याजमा मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा १६ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात भएको छ । २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो । ऐन कानुन बनाउने ,महत्वकांक्षी योजनाहरु ल्याउने अनि तत्काल घोषणा गरिहाल्ने तर त्यसको कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर नबन्ने सरकारी कमजोरीले प्याज विशेष कार्यक्रम असफल भएको हो । कार्यक्रमले निरन्तरता पाउन नसकेकै कारण सरकारले योजना नै खारेज गरेको सरकारी अधिकारीहरु बताउँछन् । प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्
गर्ने हैन अलैंचीको बीमा

गर्ने हैन अलैंचीको बीमा

कृषि र किसान
ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने व्यवस्था गरिएको हो । अलैंची बीमाले रक्षावरण हुने जोखिम : आगलागी, चट्याङ, भूकम्प, बाढीरडुबानरखडेरी, पहिरोरभूस्खलन, आँधीबेहरी, असिना, हिँउ वा तुषारो, आकस्मिकरदुर्घटना र बाह्य कारण, कीरा तथा रोगबाट हुने हानिनोक्सानी बीमांक र बीमा शुल्कको गणना : पहिलो वर्ष लागत मूल्य (प्रतिहेक्टर) र बिरुवाको संख्या (प्रतिहेक्टर) को आधारमा बीमांक गणना गरिन्छ । त्यसपछि दोस्रो र तेस्रो वर्ष बीमांक रकम ८ प्रतिशतले बढ्छ । यसैगरी चौथो वर्षदेखि १६औं वर्षसम्म बीमांक रकम प्रतिवर्ष
गाईपालनबाटै सफल उद्यमी बनेका बुढाथोकी

गाईपालनबाटै सफल उद्यमी बनेका बुढाथोकी

कृषि र किसान
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकी अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाएका छन् । आफ्नो परिवार मात्र नभएर उनले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिएका छन् । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन् ‘वार्षिक रू. १० देखि १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोषनै मान्नुपर्छ, म यसैमा रमाएको पनि छु ।’ उनको दिनचर्या बिहान मिर्मिरेबाट शुरु हुन्छ । प्रायः गाईका बाच्छा–बाच्छीको स्याहार–सुसारबाट शुरु हुन्छ उनको दिनको काम । दिउँसो पनि प्रायः उनी धेरै यसैमा व्यस्त देखिन्छन् । सामान्य खेती किसानी परिवारका बुढाथोकी धन कमाउन भन्दै १२ वर्षपहिले साउदी अरेबिया गएका थिए । तर त्यहाँ गएका नेपालीले पाएको दुःख
बारा-पर्सा आँधीहुरी प्रभाव : पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट

बारा-पर्सा आँधीहुरी प्रभाव : पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट

कृषि र किसान
वीरगन्ज। आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले १ हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो, मकै, फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पु(याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । दुई हजार २३१ बिघा क्षेत्रफलमा लगाएको सो बाली आंशिकरुपमा क्षति हुँदा करीब पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट भएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए । हावाहुरीले सबैभन्दा बढी प्रभावित पारेको फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा मात्रै करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती पूर्णरुपमा नष्ट गरेको कृषि अधिकृत रामजीवन ठाकुरले बताए । फेटाको भलुही, भरवलीया, बलिरामपुर र फूलबरीया, देवताल गाउँपालिकाको रामपुर्वा, तेलकुवाँ र बेनौली, सुव
वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि कृषक चिन्तित

वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि कृषक चिन्तित

कृषि र किसान
पेमा लामा बनेपा। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताए । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आएका उनले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख दिन थालेपछि अहिले जग्गा नै बाँझो राखेको बताए । ‘वस्तुभाउ पाल्ने काममा राम्रो भए पनि कृषिमा वन्यजन्तुले नष्ट गरिदिने भएका कारण खेती नै छाड्नुपर्ने बाध्य बनायो,’ सापकोटाले भने । वडा नं २ का लक्ष्मण हुमागाईंले अन्नबाली सखाप पार्ने बँदेललाई भगाउन ठूलो स्वरमा ‘स्पिकर’ बजाए पनि नभाग्ने भएकाले त्यसको नियन्त्रण गर्ने व्यवस्था गरिदिन सम्बन्धित पक्षसँग आग्रह गरे । त्यसका लागि विकल्पमा खानेकुरा दिएर तथा थुनेर राष्ट्रिय निकुञ्जतिर लगेर छाड्ने व्यवस्था भए त्यसो गर्नसमेत आग्रह गरे ।