स्वास्थ्य Archives - Chautari Post Online
Friday, July 19News That Matters
centered image

स्वास्थ्य

बच्चाको मोटोपन घटाउन आमाबुबाको भूमिका के?

बच्चाको मोटोपन घटाउन आमाबुबाको भूमिका के?

स्वास्थ्य
बिबिसी– तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले गरेको अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ। उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ। बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि फकाउनका लागि दिनुहुँदैन। त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ। केमा ध्यान दिने? अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए। नर्सहरूको उक्त टोलीले आ
चाउरीपना हटाउने बोटक्सबारे जान्नैपर्ने कुरा

चाउरीपना हटाउने बोटक्सबारे जान्नैपर्ने कुरा

स्वास्थ्य
बोटक्स अथवा बोटुलिनम सुई चाउरीपनाको संसारकै सबैभन्दा लोकप्रिय र प्रभावकारी उपचार हो। बोटक्स स–साना सुईहरुबाट चाउरी परेको भागमा दिइन्छ। नदुख्ने क्रिम लगाएर गरिने यो उपचार विधिलाई लन्च टाइम प्रोसिजर पनि भनिन्छ। लन्च टाइम प्रोसिजर अर्थात् खाजा खाने छोटो ब्रेकमा गर्न भ्याउने उपचार भन्ने बुझिन्छ। बोटक्स गर्न १५ देखि २० मिनेट सयम लाग्छ। सुईको दाग वा खत नबस्ने भएकाले यो उपचार गराएको अरुले प्रायः थाहा पाउँदैनन्। खाजा खाने ब्रेकमा बोटक्स उपचार लिँदा पनि कार्यमा अवरोध आउँदैन। बोटक्स कति वर्षको उमेरमा सुरु गर्ने ? बोटक्स सुरु गर्न निश्चित उमेर तोकिएको छैन। मसिना चाउरीका रेखा वा फाइन लाइन देखिनासाथ बोटक्स गर्दा चाउरीपना घटाउने वा रोक्ने गर्छ। नेपालमा पनि २४/२५ वर्षकै उमेरमा यो उपचार सुरु गर्ने क्रम बढ्दो छ। तर, बोटक्स ३० वर्षको वर्षको उमेर हुँदा सुरु गर्नु राम्रो मानिन्छ। पुरुष र महिला द
गुगल डाक्टरको पछि लाग्दा बिग्रेला छाला

गुगल डाक्टरको पछि लाग्दा बिग्रेला छाला

स्वास्थ्य
– २० वर्षीया सोना शाही (नाम परिवर्तन) को दायाँ गालामा ठूलो कालो कोठी थियो। कोठी हटाउन उनले अनेक उपाय अपनाइन्, तर हटेन। एक दिन युट्युबमा चुना र कागती लगाएर कोठी हटाउन सकिन्छ भन्ने भिडियो हेरिन्। भिडियोमा सिकाएअनुरुप उनले कोठी हटाउने कोसिस गरिन्। तर कोठी हट्नु त कता हो कता, उल्टै उनको छाला नै बिग्रियो। – ३५ वर्ष उमेरकी एक महिलाले अनुहारको चायापोतो हटाउन औषधि पसलबाट क्रिम किनिन्। केही दिन सो क्रिम लगाइन् तर चायापोतो हट्नुभन्दा उनको गालामा झन् ठूला दाग देखिए। यी दुई उदाहरण गलत औषधिको प्रयोग र देखासिकी गरेर उब्जिएका समस्या हुन्। छाला सौन्दर्यसँग जोडिन्छ। आकर्षक छालाको चाहना सबैलाई हुन्छ। मानिसले छाला आकर्षक बनाउन विभिन्न उपाय अपनाउने गर्छन्। तर, औषधि प्रयोग गर्नुअगाडि कसैले पनि ध्यान भने पु¥याएको पाइँदैन। त्यसैले बुझेर मात्र अनुहारमा क्रिमहरुको प्रयोग गर्नुपर्छ। धेरैमा अहिले टिभीम
के मानव मस्तिष्क ह्याक गर्न सम्भव छ?

के मानव मस्तिष्क ह्याक गर्न सम्भव छ?

खबर, स्वास्थ्य
मानव मस्तिष्कका कोसिकाहरू जेन वेकफिल्ड न्युरालिंक नामको कम्पनी खडा गरेका एलन मस्कले मानव मस्तिष्कमा चिप्स लगाएर मानव शरीर कम्प्युटरसँग जोड्ने योजना बनाइरहेका छन्। अर्थात् उनी मानव मस्तिष्क ह्याक गर्न चाहन्छन्। जसरी हामी विभिन्न वेबसाइट ह्याक गर्दछौं त्यस्तै मानव मस्तिष्क ह्याक गरेर मानवलाई प्रविधिको नियन्त्रणमा लिन सकिन्छ भन्ने उनको अवधारणा छ। एलन अन्तरीक्षयान निर्माता कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी अमेरिकी इलेक्ट्रोनिक कार उत्पादन कम्पनी टेस्लाका मालिक समेत हुन्। उनीसँग प्रशसस्त धन छ। उनका अनुसार मस्तिष्कमा चिप्स जोड्ने प्रद्धति बाँदरमा प्रयोग भइसकेको छ। प्रारम्भिक परिणामले बाँदरलाई कम्प्युटरले नियन्त्रण गर्न सफल भएको देखिएको छ। न्युरालिंकले यो पद्धति उपयोग गरी मस्तिष्कसम्बन्धी गम्भीर बिमारी भएकालाई उपचार गर्न सकिने लक्ष्य राखेको छ। एलेनको यो अव
नोबेल मेडिकल कलेजमा ‘ओपन हार्ट सर्जरी’ सुरु

नोबेल मेडिकल कलेजमा ‘ओपन हार्ट सर्जरी’ सुरु

स्वास्थ्य
विराटनगर– नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर उक्त सेवा सुरु गरेको हो। सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा राजेश नेपालले जानकारी दिए। ‘पहिलो चरणमा तीन जनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी गर्यौ’ उनले भने, ‘उपचार सफल भएको छ। अहिले उहाँहरु सबै जना निको भएर घर फर्किसक्नुभयो।' उनले उक्त सेवा अव नियमित हुने बताए। जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताए। जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्ज
असफल स्वास्थ्यमन्त्री, थला पर्दै स्वास्थ्य क्षेत्र

असफल स्वास्थ्यमन्त्री, थला पर्दै स्वास्थ्य क्षेत्र

स्वास्थ्य
‘एक वर्षको कार्यकालमा मन्त्रीलाई १०० मा जम्मा १५ नम्बर’ प्रवीण ढकाल र कल्पना पौडेल काठमाडौं- २०७५ जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बलियो स्वास्थ्य मन्त्री पायो। पाँच वर्षे स्थायी सरकारको स्वास्थ्यको नेतृत्व सम्हाल्ने जिम्मा पाएका थिए, संघीय समाजवादी फोरम (हालः समाजवादी पार्टी नेपाल)का अध्यक्ष उपेन्द्र यादवले। एउटा पार्टीको अध्यक्षको हैसियतमा मात्र नभई यादव वर्तमान सरकारको उपप्रधानको हैसियतसहित स्वास्थ्यको जिम्मेवारी सम्हाल्न आएका थिए। दुई तिहाई बहुमत भएको सरकारका उपप्रधानमन्त्री नै स्वास्थ्य मन्त्रालयमा आएपछि स्वास्थ्यका कर्मचारीहरु अत्यधिक उत्साहित थिए। देश संघीय संरचनामा गएसँगै यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाउने अन्यौलमा रहेका स्वास्थ्यका कर्मचारीले संघीयताको नारालाई बुलन्द बनाउँदै आएका नेतालाई नै मन्त्रीका रुपमा पाएपछि स्वास्थ्यका अधिकारीहरु बढी नै आश
औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

स्वास्थ्य
काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् । काठमाडौंकै कीर्तिपुरमा विगत सात वर्षदेखि सञ्चालित ‘चन्दरा औषधि पसल’ मा आकांक्षा श्रेष्ठ पनि औषधि बिक्री गर्छिन् । ‘ज्वरो, रुघालगायत सामान्य बिरामी भएकालाई औषधि दिन्छु, औषधि त चिनेको छु,’ उनी निर्धक्क भन्छिन्, ‘फार्मेसी पढेको छैन ।’ उनको यो पसल दर्तासमेत भएको छैन । राजधानीमा मात्र होइन, बाहिर पनि फार्मेसी नपढेका व्यक्तिले औषधि पसल सञ्चालन गरेका प्रशस्त उदाहरण छन् । त्यस्तै, दाङको बेलझुन्डीमा रहेको ‘महेश्वरी औषधि पसल’ मा शिक्षा संकाय पढेका महेश बस्नेत औषधि बेच्छन् । ‘श्रीमती सरका
कान्ति बाल अस्पतालमा नविनतम पानी व्यवस्थापन प्रणाली जडान

कान्ति बाल अस्पतालमा नविनतम पानी व्यवस्थापन प्रणाली जडान

स्वास्थ्य
काठमाडौं – कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) जडान गरिएको छ। स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा अस्पतालमा उक्त प्रणाली हस्तान्तरण गरेको हो। योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्ट पानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपाल लि का तर्फबाट प्रदीप पाण्डेको उपस्थिति थियो। अस्पताल उपत्यकाको उत्तरी भागमा पर्ने भएकाले रिर्चाजका लागि अत्यन्तै उपयूक्त मानिन्छ र यस योजनाले इनारको पानीमा ग्राउन्ड वाटर परिपूर्ति गर्न मद्दत पुर्याएर आसपासको समुदायलाई लाभान्वित गर्नेछ। यस योजनाले अस्पतालको नाला व्यवस्थापनको तनावलाई कम गर्न मद्दत गर्दछ।स्वास्थ्य खबरपत्रिका
समय नपुगी जन्मिने बच्चामा हुने आँखाको समस्या

समय नपुगी जन्मिने बच्चामा हुने आँखाको समस्या

स्वास्थ्य
डा ज्योतिबाबा श्रेष्ठ सामान्यतयाः गर्भ रहेको ९ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ। तर सबै बच्चा ९ महिना पूरा भएपछि नै जन्मन्छन् भन्ने छैन। कतिपय बच्चा समय नपुग्दै जन्मिन सक्छन्। कहिले सात÷आठ महिनामा त कहिले ६ महिनामै पनि बच्चा जन्मिन्छन्। समय नपुग्दै जन्मने बच्चाको स्वास्थ्यमा धेरैखाले समस्या हुन्छ। यसरी जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ। उनीहरुको तौल पनि कम हुन्छ। १५ सय ग्राम तौल भएका बच्चालाई ‘हाइ रिक्स बेबिज’ भनिन्छ। समयअघि जन्मने बच्चालाई बचाउन गाह्रो हुन्छ। किनभने, उनीहरुलाई (नवजात शिशुलाई राख्ने ठाउँ) एनआइसियुमा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ। सबै अस्पतालमा एनआएसियुको सुविधा हुँदैन। फेरि सबै बच्चाको जन्म अस्पतालमा पनि हुँदैन। यसै कारण समय नपुग्दै जन्मने धेरै बच्चाको मृत्यु हुन्छ। बाँचेका बच्चामा पनि धेरैमा शारीरिक समस्या देखिन्छ। समय नपु
हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

विदेश, स्वास्थ्य
सिड्नी । अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ । अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ । उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ । उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले काम नगर्ने उनीहरुले ज