‘समाचार र विचारको
साझा चौतारी’



खबर

प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

Posted in खबर
७ असोज २०७७ मेचीनगर÷ प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ । प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो । तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीचको एकीकरण भेलाले असोज १३ गतेभित्र अधिवेशन गर्ने म्याण्डेट दिएको थियो । सोही अनुरुप प्रेस क्लबको अधिवेशन सम्पन्न गर्ने तयारीमा लागिएको क्लबका सचिव झुलन रेग्मीले बताए । प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा बसेको बैठकले पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्नेगरी कानूनी प्रक्रियासमेत अघि बढाइएको सहसंयोजक ज्ञानेन्द्र निरौलाले बताए ।
मन्त्री भुसालले भने—‘मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुन्छ’

मन्त्री भुसालले भने—‘मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुन्छ’

Posted in खबर
७ असोज २०७७ बिर्तामोड । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुने बताउनु भएको छ । कृषि क्षेत्रमा समस्यै समस्या रहेको बताउँदै मन्त्री भूषालले राष्ट्रसेवी कर्मचारी र राजनीतिकर्मीले कुनै लोभलालचमा नलागी इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिएकाछन् । कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको मन्त्री घनश्याम भुसालले जानकारी दिए । भुसालले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको बताउँदै मन्त्री भुसालले भने–‘कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।’ कृषि क्षे
महिला हिंसा नियन्त्रण र सडक मानव व्यवस्थापनमा जोड

महिला हिंसा नियन्त्रण र सडक मानव व्यवस्थापनमा जोड

Posted in खबर
७ असोज २०७७ बिर्तामोड । महिला हिंसा नियन्त्रण र सडक मानवको दिगो व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो औल्याइएको छ । बुधबार झापाको बिर्तामोडमा ‘सडक मानवको व्यवस्थापन र महिला हिंसाको नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयमा भएको छलफलमा सहभागी सरोकारवालाले त्यस्तो औंल्याएका हुन् । विभिन्न रुप फेरिदै र विकसित हुँदै हिंसा बढेको र हिंसाकै कारण मानिस बेसहारा हुँदै सडकमा आइरहेको समेत बताइएको छ । कार्यक्रममा १ नं प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले महिलालाई आत्मनिर्भर बनाउन सके हिंसा न्यूनीकरणमा टेवा पुग्ने बताइन् । कार्यक्रमका सहभागीले हिंसा नियन्त्रण र सडक मानव व्यवस्थापनका लागि राज्यमन्त्री गजमेरको ध्यानाकर्षण गराउँदै विभिन्न सुझाव राखेका थिए । गजमेरले प्रदेश सरकार मार्फत यो विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै महिला सशक्तिकरण ऐन बनाउनेदेखि लिएर हि
झापामा बाढीले ७ घर विस्थापित

झापामा बाढीले ७ घर विस्थापित

Posted in खबर
७असोज २०७७ बिर्तामोड । लगातारको मुसलधारे वर्षाबाट आएको बाढीले झापामा क्षति पु¥याएको छ । मुसलधारे वर्षाका कारण झापाको हल्दिबारी गाउँपालिकामा एक घर विस्थापित बनेको छ । हल्दिबारी ३ देवीवस्तीस्थित देउनीया खोलामा आएको बाढीले स्थानीय दिलबहादुर राईको परिवार विस्थापित बनेको हो । राईको घरमा खोलाले कटान गर्न थालेपछि प्रहरी चौकी जलथलका प्रहरी टोली र स्थानीयको सहयोगमा राईको घर र घरभित्र रहेका सरसामान सुरक्षित स्थानमा सारिएको छ । यसैगरि झापाकै बाह्रदशी गाउँपालिका वडा न७ तुलसीबारीका ६ परिवार बिस्थापित बनेका छन् । बिरीङ नदीमा आएको बाढीले कटान गरिरहेको र घर भेट्ने संभावना रहेपछि जोखिममा रहेका ६ घरका परिवारलाई सुरक्षित स्थान सारिएको छ । त्यस्तै बिरीङ नदीकै बाढीले कनकाई नगरपालिका वडा नं ८ स्थित त्रिवेणी टोलका ६ घर डुबानमा परेका छन् । त्यस्तै कचनकवल गाउँपालिका ६ स्थित नेपाल भारत सीमामा रहेको ११२ नं पि
विवादित सीमामा सैनिक परिचालन नगर्न चीन र भारत सहमत

विवादित सीमामा सैनिक परिचालन नगर्न चीन र भारत सहमत

Posted in खबर
७ आश्विन २०७७ एजेन्सी । चीन र भारत विवादित सीमा क्षेत्रमा थप सैनिक परिचालन नगर्न सहमत भएका छन् । पूर्वी लद्दाखको तनाब मत्थर गर्ने विषयमा दुइ मुलुकका सैनिक कमाण्डरबीच भएको छैठौं चरणको वार्तापछि आज जारी संयुक्त वक्तव्यमा थप सैनिक नपठाउने सहमति भएको हो । असमक्षदारी र गलत निर्णय नगर्ने र दुई मुलुकबीच हालको यथास्थितिलाई नबल्ने सहमति भएको संयुक्त वक्तब्यमा उल्लेख छ । सोमबार चीन र भारतबीच सैनिक कमाण्डर तहमा म्याराथन वार्ता भएको थियो । वार्तामा एकपक्षीय रुपमा सीमा क्षेत्रमा कदम नबढाउने छलफल समेत भएको अधिकारीले जनाएका छन् । सीमा क्षेत्रमा तनाब मत्थर गर्ने विषयमा यस अघि सहमति बनेपनि तनाब रोकिएको थिएन । सीमा विवाद अन्त्य गर्न दुई मुलुकबीच कुटनीतिक, सैनिक र राजनीतिक रुपमा पहल पनि भएका थिए । गत महिना रुसको मस्कोमा भएको विदेशमन्त्री स्तरको भेटवार्तामा सीमामा जारी तनाब कम गर्ने गरी ५ बुँदे स
युवा संगठनले गर्यो मध्यविन्दुमा रक्तदान

युवा संगठनले गर्यो मध्यविन्दुमा रक्तदान

Posted in खबर
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नवलपुरले मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका दुई दर्जन बढी युवा नेता कार्यकर्ता र स्थानीय युवाहरुको उपस्थितिमा युवा संगठन नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो । नवलपुर रेडक्रससँगको समन्वयमा गरिएको उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरिएको युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले जानकारी दिएका छन् । जिल्ला अध्यक्ष अविनाशले पुँजीवादी दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरु जनतालाई लुटिरहेको र कोरोना भन्दा ठूलो दुश्मन विद्यमान दलाल संसदीय व्यवस्था रहेकोले यसकाविरुद्ध देशभक्त, क्रान्तिकारी, परिवर्तन चाहने सम्पूर्ण युवाहरु एकजुट हुन अपिलसमेत गरेका छन् । नवलपुरमा युवा संगठनले विभिन्न अभियानात्मक संघर्ष गर्दै आएको छ । यसअघि
समाजेसेवी सापकोटाको निधन

समाजेसेवी सापकोटाको निधन

Posted in खबर
७ असोज २०७७ हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नं १६ हटिया चिसापानीकी सामाजिक अगुवा देवकी सापकोटाको निधन भएको छ । स्थानिय समाजमा सामाजिक अगुवाका रुपमा परिचिति सापकोटाको मंगलबार निधन भएको हो । राप्रपाका मेचीनगरका सभापति शुशिल आचार्यकी सासु आमा समेत रहेकी उनको उपचारका क्रममा निधन भएको आचार्यले बताए । हटिया चिसापानीमा समाजसेवी अगुवा महिलाका रुपमा रहेकी सापकोटाको जन्म बिसं २०२४ सालमा भएको थियो । उनका एक छोरा र तिन छोरी रहेकाछन् ।
विश्वकै सबैभन्दा जेष्ठ जीवित जापानमा

विश्वकै सबैभन्दा जेष्ठ जीवित जापानमा

Posted in खबर
७ आश्विन २०७७, बुधबार newsofnepal टोक्यो,(एजेन्सी) गिनिज बुक अफ रिकर्डसले जापानी महिला काने तानाकालाई विश्वकै सबैभन्दा जेष्ठ जीवित व्यक्तिको रुपमा पहिचान गरेको छ । हालै मात्र ति महिलाले जापानकै पनि हालसम्मकै सबैभन्दा वृद्ध व्यक्तिको नयाँ कीर्तिमान कायम गरेकी छन् । तानाकाको उमेर गत शनिवार १ सय १७ वर्ष र २ सय ६१ दिन पुगेको हो । यस अघिको विशव कीर्तिमान पनि एक जापानी महिलाले नै कायम राखेकी थिइन् । सन् २०१८ को अप्रिलमा नावी ताजिमाको १ सय १७ वर्ष २ सय ६० दिनको उमेरमा निधन भएको थियो । काने तानाका जापानको दक्षिण पश्चिमी शहर फुकुओकाको एउटा नर्सिंग होममा बस्दै आएकी छन् । सोडा र चकलेट भनेपछि हुरुक्कै हुने उनको जन्म पुर्व वाजिरो गाउँमा सन् १९०३ को २ जनवरीमा भएको हो । अहिले वाजिरो फुकुओका शहर भित्रै पर्दछ । उनले आफ्नो यो ऐतिहासिक उपलब्धि एउटा कोक र आफ्नै अनुहार छापिएको टि–सर्ट लगाएर मनाएकी छ
खीष्ट्रियन नागरिक संघको साधारण सभा सम्पन्न

खीष्ट्रियन नागरिक संघको साधारण सभा सम्पन्न

Posted in खबर
७ असोज २०७७ होमराज राई दमक । नेपाली खीष्टियन नागरिक संघको ५औ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ ।झापाको कमल गाउँपालिका स्थित केर्खामा सम्पन्न सो साधारण सभाले नयाँ समिति समेत गठन गरेको छ ।नव गठित उक्त समितिमा अध्यक्ष हरिकुमार थापा मगर, उपाध्यक्ष केशरबहादुर श्रेष्ठ , सचीव रबिन राई , उप सचिव चन्द्र बहादुर राई र कोषाध्यक्ष आरती तामाङ रहेएको छ भने सदस्यहरुमा किरण कुमार धिमाल ,कृष्ण मुर्मु ,जानुकादेवी आचार्य र मौलबहादुर खम्बु राई रहेकाछन् । साधारण सभाले संरक्षक समिति समेत गठन गरेको छ उक्त समितिमा निवर्तमान अध्यक्ष टिकाराम आचार्य,उपाध्यक्ष शत्रुधन सिन्हा, सचिब गोबिन्द प्रधान, हरि राई, भुपु केन्दीय उपाध्यक्ष लालबहादुर गजमेर, , शिवराज धिमाल ,निरबाहादुर बिश्वकर्म , राजबिर राई ,र खडग नारायण श्रेष्ठ चयन गरिएको छ भने लेखा समितिमा शामुएल राई , डा. निमा राई र प्रिस्किला बराइली रहेकाछन् । उक्त केन्द्र
बाह्र कक्षाको परीक्षा भगबानको ईच्छा !

बाह्र कक्षाको परीक्षा भगबानको ईच्छा !

Posted in खबर
७ आश्विन २०७७ ईश्वरराज ढकाल,काठमाडौं । १२ कक्षाको परीक्षा कहिले हुने, कसरी हुने कि नहुने, अब भगबानलाई मात्र थाहा छ । सरकार वा शिक्षा मन्त्रालय केही बोल्दैन । दुई साताअघि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई परीक्षा सञ्चालनको मोडल र विकल्पसहित प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको विषयमा पनि मन्त्रालयले कुनै चासो देखाएको छैन । मन्त्री पोखरेलले मन्त्रिपरिषद्बाट निर्णय गरी परीक्षा सञ्चालन गर्ने बाटो खोल्नुपर्नेमा उहाँ मौनधारण गरेर बस्नुभएको छ । परीक्षा सञ्चालन गर्न अनुमति पाउने पर्खाइमा रहेको बोर्डले दुई साता बितिसक्दापनि कुनै निर्णय पाउन सकेको छैन । लकडाउन खुलेसंगै हवाई र सडक यातायात सञ्चालन भैसकेको, सबै होटेल र रेष्टुरेन्ट खुलिसकेको, बजार–व्यापान पनि चलायमान बन्दैगएको अवस्थामा मावि तहको अन्तिम कक्षा १२ को परीक्षा मात्र रोक्नु बुझ्न नसक्ने