‘समाचार र विचारको
साझा चौतारी’




कृषि र किसान

उत्पादन बढाउन सामूहिक आलु लगाउँदै रामपुरका कृषक

उत्पादन बढाउन सामूहिक आलु लगाउँदै रामपुरका कृषक

Posted in कृषि र किसान
पाल्पा। आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् । तालपोखरा कृषक समूहले यस वर्ष १० रोपनी क्षेत्रफलमा समूहमा आलु लगाएको छ । गत वर्ष परीक्षणका लागि तीन रोेपनी क्षेत्रफलमा लगाएको आलुको उत्पादन राम्रो भएपछि यो वर्ष क्षेत्रफल बढाएर आलु लगाउन शुरु गरेको अध्यक्ष मित्रा ढकाल बताउनुहुन्छ । “गत वर्ष एक क्विन्टल आलु लगाएको दश क्विन्टल फल्यो, नसोचेको उत्पादन भएपछि यो वर्ष धेरै लगाइएको छ”, उहाँले भन्नुभयो । कँडेलबारी कृषक समूहले जग्गा भाडामा लिएर पाँच रोपनी क्षेत्रफलमा तीन क्विन्टल आलु लगाएको समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो । “आलु लगाउने प्रविधिब
किबी खेतीप्रति किसानको आर्कषण, बिरुवा विक्रीबाटै वार्षिक १५ लाख आम्दानी

किबी खेतीप्रति किसानको आर्कषण, बिरुवा विक्रीबाटै वार्षिक १५ लाख आम्दानी

Posted in कृषि र किसान
खोटाङ। पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् । आफ्नो खाली रहेको जग्गा तथा भाडामा लिएर व्यावसायिक किबी खेतीमा लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवाहरुको लहर नै चलेको छ । दश स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले जिल्लामै पहिलोपटक किबीको व्यावसायिक खेती शुरु गर्नुभएको थियो । पहिलो वर्ष ४३३ केजी किबी उत्पादन गर्नुभएका युवा कृषक राईले यस वर्ष दुई हजार १०० केजी उत्पादन गर्नुभएको छ । रोपेको करिब चाररपाँच वर्षमा मात्र फल दिने
फाइदा कति–कति : ‘दुःखको खाना’ होइन, स्वादिलो र स्वस्थ्यकर सिस्नो पाँचतारे मेनुमा

फाइदा कति–कति : ‘दुःखको खाना’ होइन, स्वादिलो र स्वस्थ्यकर सिस्नो पाँचतारे मेनुमा

Posted in कृषि र किसान, स्वास्थ्य
प्रशोधित सिस्नो प्रति केजी एक हजारसम्म कुनै बेला गरिबकालागि नियमित सेवन गर्नुपर्ने परिकार थियो, ‘सिस्नो र ढेँडो’ । गाउँमा अझै पनि यी खान्कीहरुबाट वाक्क भएकाहरु भेटिन्छ । तर, यो परिकारहरु राजधानीका ठूला–ठूला पाँच तारे होटेलका मेनूमा भेट्न सकिन्छ । त्यै पनि महंगो मूल्यमा । गाउँमा यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ तर शहरमा स्वाद फेर्नेहरुकालागि यो परिकार ‘अमृत’ समान हुने गरेको छ । सिस्नो, कमैको भान्सामा पाक्ने खान्की । हामीकहाँ सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने गरिन्छ । गरिब÷दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिन्थे । त्यतीमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुबैलाई लोभ्याउँदैछ । गजब त के भने, सिस्नो हाम्रोे पाखापखेरुमा जताततै पाइन्छ । सस्तो अनि सुलभ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर
आउनुहोस पहाडमा खेती गर्ने समय भएको भेडे खुर्सानी खेती प्रविधिबारे जानकारी लिऔं

आउनुहोस पहाडमा खेती गर्ने समय भएको भेडे खुर्सानी खेती प्रविधिबारे जानकारी लिऔं

Posted in कृषि र किसान
नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ । १.भेडे खुर्सानीको औषधीय गुण के हो ? भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसंग लड्ने क्षमता बढाउँदछ । २.भेडे खुर्सानीका जातहरु कुन –कुन हुन् ? नेपालमा भ
धनिया खेती गर्ने बेला भयो है ? आउनुहोस प्रविधिबारे जानकारी लिऔं

धनिया खेती गर्ने बेला भयो है ? आउनुहोस प्रविधिबारे जानकारी लिऔं

Posted in कृषि र किसान
हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । त्यसैले आउनुहोस आज धनियाँ खेती प्रविधिबारे जानकारी लिऔं। १. धनिया प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ? उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ६०० के.जी. हरियो धनियाप्रति रोपनी उत्पादन गर्न सकिन्छ। २. कति अवधिमा उत्पादन लिन सकिन्छ ? बीउ उम्रन करिब एक साता लाग्दछ र बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ। ३. यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ? बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ। सिंचाईको हकमा गर्मी याममा ५/५ दिनको फरकमा र जाडो याममा १०/१० दिनको फरकमा सिंचाई गर्नु पर्दछ।
झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

Posted in कृषि र किसान
झापा। झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए । उनका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताए । कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्म तीन लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा ल
पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिका

पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिका

Posted in कृषि र किसान
फलेवास। पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराई सक्यो । विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप र अमेरिकामा लोकप्रिय बनेको छ । पर्वतको फलेवास नगरपालिकामा तयार गरिएको त्यही सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार पार्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरेका छन् । “गाउँघरमा सातु भनेर हेला गर्छन्”, उद्यमी भुसालले भन्नुभयो, “शहर बजार र विदेशमा सातुको माग धेरै आएको छ ।” भुसालले मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरेको छ । तयारी
धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

Posted in कृषि र किसान
पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ । कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । राजधानी दैनिक  ।
सरकारको ‘एक स्थानीय तह, एक पशु प्राविधिक’ कार्यक्रम

सरकारको ‘एक स्थानीय तह, एक पशु प्राविधिक’ कार्यक्रम

Posted in कृषि र किसान
पुष्प बराल बिर्तामोड / सरकारले ‘एक स्थानीय तह, एक पशु प्राविधिक’ कार्यक्रम सञ्चालनमा ल्याएपनि औषधि र प्राविधिकको पक्षमा भने अभैपनि चुनौति रहेको छ । स्वयं पशुपंक्षी औषधि व्यवसायी र प्राविधिकहरुले यो क्षेत्र व्यवस्थित बन्न नसकेको बताएका छन् । बिर्तामोडमा आजभन्दा ४० वर्षअघिदेखि यो व्यवसाय सुरु भएतापनि हालसम्म व्यवस्थित बन्न नसक्दा कृषकहरुले उचित लाभ लिन सकेका छैनन् । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ गठन भएको पनि सात कार्यकाल पूरा भएको छ । यतिका समयसम्ममा पनि ग्रामिण इलाकाका कृषकहरु प्राविधिक सेवा पाउनबाट बञ्चित भएका छन् । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेचीका निवर्तमान अध्यक्ष विष्णु भट्टराईका अनुसार सरकारले ल्याएको विभेदकारी शहर केन्द्रीत औषधि पसल दर्ताका कारण ग्रामिण इलाकाका किसान मारमा परेका छन् । उनले शहर केन्द्रीत पसल दर्ता नभई ग्रामिण भेगमा समेत औषधि पसल खोल्न पाउनुपर्ने
कृषि र पर्यटन प्रवद्र्धनका लागि तेस्रो अन्तर्राष्ट्रिय महोत्सव हुँदै

कृषि र पर्यटन प्रवद्र्धनका लागि तेस्रो अन्तर्राष्ट्रिय महोत्सव हुँदै

Posted in कृषि र किसान
विमर्श उप्रेती धुलाबारी / पर्यटन भ्रमण वर्ष–२०२० लाई सार्थक तुल्याउने उद्देश्यले आगामी पुस ९ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु हुने भएको छ । आयोजक मेची उद्योग वाणिज्य संघले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन गरी पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका बारेमा सार्वजनिक गरेको हो । कुनैबेला पूर्वको हङकङ मार्केटको रुपमा प्रख्यात धुलाबारी बजार पछिल्लोसमय व्यवसायीक प्रर्वद्धन खस्किँदै गएको छ । खस्किँदो अवस्थालाई प्रवद्र्धन गर्न समेत यो महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । नेपालमा भित्रिएका र भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले धुलाबारी विजनेस पार्क परिसरमा महोत्सव सञ्चालन गरिने संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी