मूल खबर Archives - Chautari Post Online
Friday, July 19News That Matters
centered image

मूल खबर

कुमार पौडेलको ‘इन्काउन्टर’मा संलग्न प्रहरीसँग बयान लिइँदै

कुमार पौडेलको ‘इन्काउन्टर’मा संलग्न प्रहरीसँग बयान लिइँदै

मूल खबर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा मारिएका नेत्र विक्रम चन्द 'विप्लव' नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरण बारेको छानबिन प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । घटनामा संलग्न प्रहरीहरुसँग अहिले बयान लिने काम भइरहेको र अबको केही दिनमै प्रतिवेदन सार्वजानिक गर्ने आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । आयोगले भिडन्त भएको थियो कि नियोजित हत्या गरिएको हो भन्नेबारे प्रतिवेदन सार्वजनिक गर्ने छ । दोषीउपर कारबाही समेत आयोगले सिफारिस गर्ने छ । गत असार ५ गते सर्लाहीको लखन्ती खोला नजिकै पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको प्रहरीको दाबी छ । प्रहरीले दोहोरो भिडन्त भनेपनि नियन्त्रणमा लिएर हत्या गरेका विवरणहरू प्राप्त भएपछि आयोगले घटनाबारे छानबिन समिति बनाएको थियो । पोष्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि आयोगले केही दिन अघि समयावधि तोकेरै प्रहरी प्रतिवेदन र
खोटाङमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन

खोटाङमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन

मूल खबर
रामधन राई, खोटाङ । लोकसेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरीत खुलाइएको भन्दै विरोधस्वरुप खोटाङमा लालवावु पण्डित र उमेश मैनालीको पुत्ला जलाईएको छ । उक्त विज्ञापनको विरोधमा उत्रिएका आन्दोलनकारीले दिक्तेलवजारमा सामान्य प्रशासन मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन् । आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोध गर्दै दिक्तेलवजारको त्रिवेणीचोकमा शुक्रवार पुत्ला दहन गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका सचिव रविन खम्बुले जनाउनुभयो । जिल्लामा नेपाल आदिबासी जनजाती महासंघ खोटाङ एबं आदिबासी जनजाती संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले चरणवद्द आन्दोलन गरिरहेका छन् । यो आन्दोलन निरन्तर जारी रहने संघर्ष आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय
सरकारले सार्वजनिक गर्‍यो विप्लव समूहले पूरा गर्नुपर्ने कामको सूची

सरकारले सार्वजनिक गर्‍यो विप्लव समूहले पूरा गर्नुपर्ने कामको सूची

मूल खबर
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले वार्तामा आउनुअघि जनाउनु पर्ने प्रतिबद्धताको विषयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ती कुरा मान्न तयार भए चन्दको दलका नेता कार्यकर्तालाई आममाफी दिन सकिने बताए । दुवै पक्षबीच वार्ताको निम्ति प्रयास भइरहेको भन्ने खबरहरु आइरहँदा पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ती बुँदा सुनाएका हुन् । त्यसमा चन्दको दलले अस्वीकार गर्दै आएका विषयहरू पनि छन् । अनौपचारिक वार्ता प्रधानमन्त्रीका विश्वासपात्र मानिएका मन्त्री बाँस्कोटाले चन्दको दलसँग अनौपचारिक वार्ता भइरहेको कुरा अस्वीकार गरेनन् । त्यसका साथै उनले सरकार सदैव वार्ताको निम्ति तयार रहेको पनि बताए । तर उनले त्यसको निम्ति अहिलेसम्म नेत्रविक्रम चन्दको दलले अस्वीकार गर्दै आएका विषयमा प्रतिवद्धता आउनुपर्ने सर्त तेस्र्याए । र त्यस्तो प्रतिबद्
लक्ष्य अनुरूप मेची भन्सारले गरेन राजस्व सङ्कलन

लक्ष्य अनुरूप मेची भन्सारले गरेन राजस्व सङ्कलन

मूल खबर
  बिर्तामोड/ मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७५/२०७६ मा लक्ष्यको ७८.७४ प्रतिशत राजश्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले दुई महिना अघि संशोधन गरेर दिएको लक्ष्यसमेत मेची भन्सारले पूरा गर्न नसकेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा १२ अर्ब ८२ करोड ६१ लाख रुपैंयाँ राजस्व सङ्कलन गर्ने मेची भन्सारको लक्ष्य रहेको थियो । सो वर्षको ९ महिना मध्ये तोकिएको कुनै महिना पनि लक्ष्य बमोजिम राजस्व सङ्कलन नभएपछि त्यो संशोधन गरेर ११ अर्ब ८२ करोड ६१ लाख रुपैंयाँमा झारिएको मेची भन्सार प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । यद्यपि भन्सारले सो लक्ष्य समेत पूरा गर्न नसकेको तथ्याङ्क छ । सो अवधिमा भन्सारले १० अर्ब ९ करोड ९५ लाख ५७ हजार रुपैंयाँ सङ्कलन गर्न सफल भएको छ । पछिल्लो लक्ष्यको पनि ८५.४० प्रतिशतमात्र राजस्व सङ्कलन भएको पाइएको छ । भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिङ्कर र
मेयरकै योजनाअनुसार ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को फाइल लुकाइयो

मेयरकै योजनाअनुसार ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को फाइल लुकाइयो

मूल खबर
मेचीनगर । ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकमको फस्यौैट फाइल मेचीनगर नगरपालिकामा गायब पारिएको फाइल भेटिएको भए पनि पत्रकारलाई दिइएको छैन । विहीवार बेलुका ५ः१५ बजे नगरपालिका स्रोतले फाइल भेटिएको भनी जानकारी आए पनि पत्रकारको टोली पुनः मेचीनगर नगरपालिका पुगेको थियो । तर, मेचीनगर प्रमुख बिमल आचार्यले लेखा अधिकृत पदमबहादुर काकीलाई फोन गरी पत्रकारलाई फाइन नदिन आग्रह गरिएको कार्कीले पत्रकार टोलीलाई बताए । सूचनाको हकअनुसार सबै कागजात उपलव्ध गराउन माग गर्दै पत्रकारले पेश गरेको निवेदन । कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेलले सूचना पाउँ भनी निवेदन दिइएको भए पनि मेयर आचार्यले फोन गरी पत्रकारलाई फाइल नदिन लेखा अधिकृत पदमबहादुर कार्कीलाई दबाव दिइएको हो । झापाको मेचीनगर–४ बाहुनडाँगीमा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकमको फस्र्यौट फाइल मेचीन
मेचीनगरको ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ विवादमा

मेचीनगरको ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ विवादमा

मूल खबर
झुलन रेग्मी/ प्रकाश पौडेल मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीमा ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकम सदुपयोग नभएको भन्दै स्थानीयले आवाज उठाएका छन् । बाहुनडाँगी कृषि तथा पशुपालन प्रालि मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले गत आर्थिक वर्षमा दिएको थियो । तर, उक्त अनुदान रकम अनुसार काम नभएको भन्दै उक्त कार्यक्रम विवादमा परेको छ । प्रालिका सञ्चालक केशव सुवेदीले नगरपालिकासँग सम्झौता भएअनुसार नै मकै खेती गरिएको दाबी गर्दै आएका छन् । तर, बाहुनडाँगीका अन्य किसानहरु यसमा सहमत छैनन् । मेचीनगर–४ का जनप्रतिनिधि प्रल्लाद दाहालले मकै खेतीका लागि भनेर दिइएको अनुदानबारे थाहा पाएर उपप्रमुखसँग कुरा राख्दा प्रत्येक किसानलाई दुई लाख रुपैयाँभन्दा बढी दिन नसकिने कुरा भएको बताए । तर, आफूलाइ यसभन्दा बढी यो विषयमा जानकारी नभएको पनि वडा सदस्य दाहा
एकैपटक २ सय ४० न्यायाधीश सरुवा

एकैपटक २ सय ४० न्यायाधीश सरुवा

मूल खबर
न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो । उच्च अदालतमा काजमा रहेका न्यायाधीश बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ । त्यस्तै, विशेष अदालतमा काजमा रहेका प्र्रमोदकुमार श्रेष्ठ वैद्यलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ । सर्वोच्चमा काजमा रहेका श्रीकान्त पौडेललाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ । यस्तै, न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो । विशेष अदालतमा न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने गरी सिफारिस भएको छ । यस्तै,
पाँच श्रीलंकालीलाई निष्कासन गरिने

पाँच श्रीलंकालीलाई निष्कासन गरिने

मूल खबर
अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो । गत असार २९ को मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीवार सार्वजनिक भएको हो । पाँचजनाले तिर्नुपर्ने २ लाख ५० हजार जरिवाना र भिसा शुल्क बापतको ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । पाँचै जनासँग नेपाल आएको आधिकारिक कागजपत्र र भिषा अवधि भएको प्रमाण नभएपछि निष्कासनको प्रकृयाअघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘उनीहरुले तिर्नुपर्ने जरिवाना र ‘ओभरस्टे’ शुल्क मिनाह गर्दै स्वदेश फर्काउने तयारी गरिएको हो’–उनले भने । यसैगरी मन्त्रिपरिषद्ले नेपाल र जर्मनीवीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर
‘घर त माटोमा मिलिसकेछ…’

‘घर त माटोमा मिलिसकेछ…’

मूल खबर, समाज भित्रका कथा
सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि । यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आफ्नै पसलमा व्यस्त थिए । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उनलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ । सविनले बेलीविस्तार लगाउँदै भने– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहे
पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

मूल खबर
राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ ।  अन्नपूर्ण पोस्ट् दैनिकमा  छ ।