खबर Archives - Chautari Post Online
Thursday, May 23News That Matters

खबर

आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन मौसमविदको आग्रह

आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन मौसमविदको आग्रह

खबर
काठमाडौं । बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।नेपाल समाचारपत्रबाट
ललितानिवास जग्गा प्रकरणः ‘४७ वर्षअघि मुआब्जा दिइएको हो’

ललितानिवास जग्गा प्रकरणः ‘४७ वर्षअघि मुआब्जा दिइएको हो’

खबर
पञ्चायत पालाका एक मन्त्रीले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिएको खुलासा गरेका छन् । २०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको खुलासा गरेका हुन् । त्यति बेला सार्वजनिक संरचन बनाउनकै लागि सरकारले विभिन्न व्यक्तिका नाममा भएका जग्गाजमिन अधिग्रहण गरेको उनले बताए । त्यही क्रममा लक्ष्मीनिवास(भैरवनाथ गण, महाराजगञ्ज), ललितानिवास (बालुवाटार), सीता भवन (बालमन्दिर) , महावीरभवन (प्रहरी हेडक्वार्टर), बमरमहल र हरिहरभवन( पुल्चोक) गरी ६ वटा राणाकालीन दरबार मुआब्जा तिरेर सरकारका नाममा ल्याइएको उनले जानकारी दिए । नागरिक दैनिकमा  छ
अमेरिकी राजदूतको ‘राजदूतसँग गफगाफ’ कूटनीतिक अभ्यास विपरीत

अमेरिकी राजदूतको ‘राजदूतसँग गफगाफ’ कूटनीतिक अभ्यास विपरीत

खबर, मूल खबर
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गरे । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन् –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा गर्नुहोस् ।’ राजदूतको यो घोषणाको सुरुमा केहीले स्वागत गरेपनि यसले विवाद सिर्जना गरेको छ । केही कूटनीतिज्ञले राजदूतले नियमित गफगाफ गर्ने शृङ्खला समकालीन कूटनीतिक अभ्यासमा नपर्ने टिप्पणी गरेका छन् भने कतिपयले नेपालको हैसियत हेरेर यस्तो अभ्यास गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । कूटनीतिकसम्बन्ध सम्बन्धी भियना कन्भेन्सन–१९६१ ले कूटनीतिक विशेषाधिकार र उन्मूक्ति प्रयोगमा पूर्वाग्रह राख्न नपाइने उल्लेख गरेको छ । यस्
नेटवर्किङमा ठगिने थपिए

नेटवर्किङमा ठगिने थपिए

खबर, समाज भित्रका कथा
साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए । प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवकिंङ विस्तार गर्न आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । कान्तिपुरमा  छ ।
‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’

‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’

खबर
निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । संघीय संसद्मा आगामी साता आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत हँुदै छ । सरकारले वजेट ल्याउने अन्तिम तयारी गरिरहँदा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी वार्षिक १० करोड रुपियाँको माग गरिरहेका छन् ।नेपाल समाचारपत्रमा छ ।
यार्सागुम्बा टिप्न नदिएपछि नाकाबन्दी, साइपाल र तलकोटका बासिन्दाबीच द्वन्द्व बढ्यो

यार्सागुम्बा टिप्न नदिएपछि नाकाबन्दी, साइपाल र तलकोटका बासिन्दाबीच द्वन्द्व बढ्यो

खबर
साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् । साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ । १० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए । ‘साइपाल–३ का बासिन्दाले गोप्य रूपमा वन कर्मचारीसँग मिलेर त्यस ठाउँलाई सामुदायिक वन बनाएको र हामीलाई यार्सा टिप्न नदिने निर्णय गरेकोप्रति हाम्रो आपत्ति छ,’ उनले भने । त्यस्तो निर्णय भएको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय र प्रहरी प्रशासनमा उजुरी
प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

खबर
प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेश भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल बनाएर ७ करोड रुपैयाँ खर्च भएको देखाइएको हो । प्रदेश २ का उपसभामुख उपमा देवको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले ६ महिना लगाएर गरेको छानबिनपछि सबैजसो शीर्षकमा रकम बढाएर भुक्तानी लिएको निष्कर्ष निकालेको हो । समितिले प्रदेशका मन्त्रालय र सचिवालय सञ्चालन, पदाधिकारीको कार्यालय र आवास मर्मत तथा निर्माणमा पौने २ करोड अनियमितता भएको ठहरसहितको प्रतिवेदन प्रदेशसभाको बुधबार बसेको बैठकमा पेस गरेको छ ।  कान्तिपुर दैनिकमा छ ।
राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

खबर, मूल खबर
काठमाडौं फाइल फोटो राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्। असोज दोस्रो साता प्रतिनिधि सभाबाट पारित भएको विधेयक संविधानको धारा १११ (५) प्रयोग गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो। उक्त धारामा राष्ट्रिय सभाबाट २ महिनासम्म विधेयक पारित नभए राष्ट्रपति समक्ष पेश गर्न सक्ने व्यवस्था छ। प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएको विधेयक राष्ट्रिय सभामा पेश भएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित नहुने भएपछि दफा १२ संशोधन गर्ने तयारी भएको थियो। तर अन्तिम समयमा राष्ट्रियसभाबाट पारित नगरी सिधै राष्ट्रपति समक्ष पठाइएको थियो। यो विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससहितले बिराध जनाइरहेका थिए। राष्ट्रपति कार्यालयले संविधानको धारा ११३ उपधारा ३ अनुसार विधेयकका व्यवस्थाबारे पुनःविचार गर्न विधेयक फिर्त
६ दिनदेखि बन्द मदन भण्डारी राजमार्ग सुचारु

६ दिनदेखि बन्द मदन भण्डारी राजमार्ग सुचारु

खबर, मूल खबर
अनिल खत्री, गुल्मी । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड सुचारु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुचारु गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ । राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्ण रुपमा बन्द गरिएको थियो । सडक बन्द भएपछि बैकल्पीक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए । राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहे
अनुभवको आदानप्रदानले जनताको सेवामा थप बल पुग्ने – कार्यबाहक मेयर सत्याल

अनुभवको आदानप्रदानले जनताको सेवामा थप बल पुग्ने – कार्यबाहक मेयर सत्याल

खबर, मूल खबर
ललितपुर, ०८ जेठ / भूटानको फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डलले ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरेको छ । मंगलबार मेयर उत्तरकुमार राईसहितको टोलीलाई कार्यवाहक मेयर गीता सत्यालले ललितपुर महानगरपालिकामा स्वागत गरिन् । ललितपुर महानगरपालिकाको अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डललाई विपद् व्यवस्थापनका सम्बन्धमा ललितपूर महानगगरपालिकाले हालसम्म गरेका कामहरु, अपनाएका नीति तथा योजनाहरुको वारेमा समेत जानकारी गराइएको थियो । फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईले ललितपुर महानगरपालिकामा आएर यो महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका कामहरुको बारेमा अवगत हुन पाउँदा खुसी लागेको वताए । ललितपुर महानगरपालिकाकी कार्यवाहक मेयर गीता सत्यालले यो अध्ययन तथा अवलोकन भ्रमणले दुई देशबीचको सामिप्तया बढेको वताइन