विचार Archives - Chautari Post Online
Thursday, May 23News That Matters

विचार

कम्युनिस्ट झिल्का नदेखिएको सरकार

कम्युनिस्ट झिल्का नदेखिएको सरकार

विचार
नन्दलाल खरेल पाँच वर्षको लागि निर्वाचित आवरणमा रहेको नेकपा नेतृत्व सरकारले दोस्रो वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त सदनबाट सार्वजनिक गरिसकेको छ। तर गरिब, निमुखा, मजदुर, किसान तथा आम सर्वसाधारणलाई यसको कुनै स्वाद छैन। किनभने, उनीहरूलाई पहिल्यै थाहा छ कि यो नीति तथा कार्यक्रमले आफूहरूलाई केही गर्दैन। सुन्दा सरकारको नीति तथा कार्यक्रम अत्यन्त महत्वकांक्षी लाग्छ तर वर्षको अन्त्यमा समीक्षा गर्दा सुस्त प्रगति देखिन्छ। हुन त सरकारले अघिल्लो नीति तथा कार्यक्रममा पनि थुप्रै सपना बाँडेको थियो तर ती कार्यक्रमको प्रगति भने निराशाजनक भयो। सरकारले आगामी वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने घोषणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा व्यापार घाटालाई कम गर्ने, समयमै पुँजीगत खर्च गरी असारे विकासको र
बालमस्तिष्कमा क्रिस्चियानिटी

बालमस्तिष्कमा क्रिस्चियानिटी

विचार
बबिता बस्नेत यही ०७६ जेठ ४ गते शनिबार बिहान एक हुल ससाना बच्चा लाइन लागेर हाम्रो घरको बाटो हुँदै अगाडि बढ्दै थिए । बच्चाहरूको साथमा रहेकी एक महिलालाई आमाले ‘आज त शनिबार होइन, बच्चाहरूलाई कता लान लागेको ?’ भनेर सोध्नुभयो । उनले चर्च लान लागेको भनिन् । ‘चर्च त आइतबार जाने होइन र ?’ बाटोमा उभिएका छिमेकमै बस्नेले केटाकेटीलाई हेर्दै भने । जवाफ नदिईकन बच्चाहरू लुरुलुरु अघि बढे, बाबुआमाबाट टाढा रहेर शहरको एउटा घरमा पराई मानिसहरूसँग बसिरहेका ती अबोध बच्चाहरूले जवाफ दिने कुरा पनि थिएन । बच्चाका साथमा अरू बेला प्रायः विदेशी युवायुवतीहरू देखिन्थे, त्यस दिन भने नेपाली युवतीले नै उनीहरूलाई चर्च लाँदै थिइन् । तीन–चार वर्षदेखि सात–आठ वर्षका बीचका लाग्ने ती बच्चाहरूलाई चर्च जाँदै गरेको देखेर मनमा लाग्यो– यो बालमस्तिष्कमा खुलेआम क्रिस्चियानिटीको बिउ रोपिँदै गर्दा सबै चुपचाप छन् । कसैले पनि यस्तो कि
नेकपाको जबज : ‘कलियुगको धर्म’

नेकपाको जबज : ‘कलियुगको धर्म’

विचार
अरुण बराल यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अर्थात जबजको सार । र, सहायक विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जबज र हाल नेकपाको संस्थापन पक्षले प्रयोग गँर्दै आएको ‘जबज’वीचको विरोधाभाष । पूर्वीय शास्त्रमा ‘धर्म’ र ‘कलिधर्म’ वीच जुन प्रकारको सारभूत भिन्नता छ, मदन भण्डारीको जबज र वर्तमान नेकपा नेताहरुले व्यवहारमा प्रयोग गरिरहेको जबजमा पनि ठीक त्यही प्रकारको भिन्नता देखिन्छ । सारलाई छाड्नु अनि रुप पक्षलाई मात्रै अँठ्याएर बस्नु ‘कलियुगको धर्म’ हो । यतिबेला जबजको वकालत गरिरहेका नेकपाका नेताहरुले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तको मर्म र भावना अर्थात सार पक्षलाई छाडेर जबजको नाममात्रै जप्ने काम गरिरहेका छन् ‘कलियुगका पण्डित’ ले झैं । अहिलेका नेताहरुले जबजको ‘धर्म’ छाडेका छन् । र, जबजनामी ‘बर्को’ मात्रै ओढेका छन् । बीसौ
मिडियालाई कमजोर बनाउने धृष्टता

मिडियालाई कमजोर बनाउने धृष्टता

विचार
विनोद नेपाल नेपाली प्रेसजगत् यतिखेर आन्दोलित छ । प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयकका विरुद्ध प्रेस आन्दोलित भएको हो । सरकारद्वारा हालै संसद्मा पेस गरिएको ‘मिडिया काउन्सिल’ ऐनको मस्यौदामा प्रस्तावित व्यवस्था सरकार मिडिया र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन उद्यत रहेको भन्दै यसको विरोध भएको छ । सरकारले आफू अनुकूलको काउन्सिल बनाएर, आफ्ना अरौटेभरौटेलाई त्यसमा राखेर, त्यस माध्यमबाट आफूविरुद्ध वा आफ्ना प्रतिकूल सूचना प्रवाह गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि कारबाही गराउन सक्ने खालको व्यवस्था प्रस्ताव गरेको सञ्चार जगत्को दाबी छ । यसै गरी सरकार अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासमा रहेको भन्दै यसको विरोध भइरहेको हो । संविधानले प्रत्याभूत गरेको अधिकारलाई कुण्ठित गर्ने प्रयास भएको भन्दै ‘मिडिया काउन्सिल’ विधेयकप्रति पत्रकारका संघ–संगठनले विरोध जनाएका छन् । मिडिया क्षेत्र
हराएका खेलहरु

हराएका खेलहरु

विचार
मायामितु न्यौपाने खेल मानिसले आ–आफ्नो तरिकाले बुझ्ने गर्छन् । कतिले यसलाई रमाइलोको लागि त कसैले बुद्धि विकासको लागि भने कसैले शारीरिक अभ्यासका लागि । जसले जसरी बुझे पनि खेलको आफ्नै महत्व रहेको छ । खेलाडीले खेल खेल्ने मात्र होइन, मानिसलाई मनोरञ्जन दिने पनि गर्छन् । संसारभरि नै विभिन्न खेलहरु खेलिन्छ । देश अनुसार फरक–फरक खेलहरु खेलिन्छन् । फुटवल, भलिवल, दौड, पौडी, सिकार, क्रिकेट आदि संसारभर खेलिने खेल हुन् । हरेक देशको केही मौलिक र परम्परागत खेलहरु पनि हुन्छन् । नेपालमा पनि परम्परागत खेलहरु छन् । पछिल्लो समय उसु, कराते, क्रिकेट, फुटबल जस्ता अन्तर्राष्ट्रिय खेलहरु लोकप्रिय हुँदै गएपछि गाउँघरमा खेलिने डण्डिबियो, गट्टा, एकखुट्टे, डोरीनाघी, लुकामारी, खोपी, ध्वाइँकासा, बुद्धिचाल, डोरी तान्ने आदि नेपालका परम्परागत खेलहरु भने लोप हुँदै गएका छन् । परम्परागत खेलहरु मध्ये निकै चलनचल्तीमा रहे
गिरिजाबाबु, मनमोहन र प्रचण्ड

गिरिजाबाबु, मनमोहन र प्रचण्ड

विचार
अभि सुवेदी काठमाडौँ — 'वाल्टर बेन्जामिन एन्ड हिस्ट्री (२००५)' किताबमा धेरै पढिएका सिर्जनशील जर्मन दार्शनिक र चिन्तक वाल्टर बेन्जामिनले भनेका इतिहास र चेतनाका कुराका छलफल गरिएका छन् । मलाई धेरै मनपरेको उनको एउटा भनाइ यस्तो छ : 'त्यसैले म भन्छु, क्यालेन्डरले समयलाई घडीले जस्तो नाप्दैन । क्यालेन्डरमा अंकित दिनहरू भनेका ऐतिहासिक चेतना हुन् ।' उनले अंग्रेजीमा अनुवाद भएको इतिहासबाट पाएका ज्ञान भन्ने किताबमा थप भनेका छन्, 'इतिहास भनेको बल्भिmएर आइरहने विषय हो ।' म साहित्यमा पनि कविताबाट समयको गति नाप्न खोज्ने मानिस भएकाले कवि हरिभक्त कटुवालको नारायण गोपालले गाएको गीतकायी हरफ समय चेतनाका द्वन्द्व भएको बेला गाइबस्छु, 'पोखिएर घामको झुल्का भई संघारमा/तिम्रो जिन्दगीको ढोका खोलुँ-खोलुँ लाग्छ है ।' बेन्जामिनको क्यालेन्डरमा अंकित इतिहास चेतना त्यही संघारमा खसेको घामको झुल्का हो । नेपालमा हामील
कम्युनिस्टको कोक्याउँदो राजनीति

कम्युनिस्टको कोक्याउँदो राजनीति

विचार
पविता मुडभरी पुडासैनी काठमाडौं गौरीघाटस्थित नवनिर्मित आदित्य कुञ्जमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको अलौकिक शक्तिको बडो महिमा गान गरे । बालगुरु आदित्यले अब महत्वपूर्ण ग्रन्थ लेख्न सक्ने शारीरिक क्षमताको कामना गर्दै विश्वका वैज्ञानिकलाई आदित्यको स्रोतविनाको असीम ज्ञानबारे अध्ययन गरेर निष्कर्ष दिनसमेत आग्रह गरे । कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले बालज्ञानी आदित्यमा अद्भूत क्षमता रहेको र त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै यस्ता पूजनीय चिन्तक नेपालमा जन्मनु गौरवका विषय भएको धारणा व्यक्त गरे । धार्मिक आस्था र संस्कारका खिलापमा जनयुद्धताका भएका नृशंस घटना भुल्दै धार्मिक आस्था, विश्वास र क्रियाकलापप्रति हाल प्रचण्डमा देखिएको कम्युनिस्ट द्वैधचरित्रलाई नागरिकले कुन रुपमा बुझ्ने ? प्रचण्डले खुल्ला राजनीतिमा आएपछि जातीयतालाई उराल्दै दशैँ आदिवासीको चाड होइन भनी अर्
भाग्यमानी जनता कि नेता ?

भाग्यमानी जनता कि नेता ?

विचार
जनार्दन घिमिरे नेपालको वर्तमान जनसंख्याको अधिकांश मानिसले देखेको, बुझेको र भोगेको पछिल्लो तीन दशकको चर्चा गर्ने हो भने नेपालको वर्तमान पुस्ता यस्तो पुस्ता हो जसले तीन दशक नपुग्दै तीन थरीको त व्यवस्था नै देखिसक्यो, त्यत्तिकै संख्यामा संविधान । यस अवधिमा पञ्चायती, बहुदलीय र गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गतका अल्पमत, बहुमत, सहमतीयदेखि दुई तिहाइसम्मको प्रजातान्त्रिक, लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रवादको माला जप्नेहरुको २५ थान सरकार पनि देखे । निर्दलीय पञ्चायत कालमा हुनेखानेहरुले बाहेक अरुले राजनीति गर्न लगभग असम्भवजस्तै थियो । पञ्चायतको नाममा राजनीति गर्ने पञ्चहरुले जे चाह्यो त्यसभन्दा बाहेक अरु हुनै सक्दैनथ्यो। पुलिस प्रशासनले केही बुझ्नुप¥यो भने पञ्चहरुसँग नै बुझ्ने गर्दथे, जसले गर्दा कतिपय ठाउँमा त उनीहरु साँच्चोलाइ झुटो र झुटोलाई साँच्चो बनाउनसमेत पछि पर्दैनथे । गाउँघरका सोझास
नेपाल पनि पूर्वतर्फ

नेपाल पनि पूर्वतर्फ

विचार
प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एसियाका भियतनाम र कम्बोडियाको भ्रमण (वैशाख २६–जेठ १) मा रहँदा काठमाडौँमा ‘प्रेस स्वतन्त्रता’ को मुद्दा बहसमा आयो । मिडिया काउन्सिल विधेयकले प्रेसलाई ‘नियन्त्रण’ होइन, ‘नियमन’ गर्नुपर्छ भन्ने सकारात्मक सोचसहितको बहसले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यान खिच्यो । ‘नियन्त्रण भन्ने शब्द सरकारको होइन तर नियमनचाहिँ हुन्छ,’ पत्रकार मन्त्री गोकुल बाँस्कोटाले तुरुन्तै जवाफ दिनुभयो । विभागीय मन्त्रीबाट प्रस्टतासाथ सम्बोधन हुँदा पनि त्यसलाई अवमूल्यन गरी अन्तर्राष्ट्रिय समुदायलाई ‘हस्तक्षेप’ का लागि आग्रह गर्ने काम भयो । सायद त्यसबाट प्रभावित भएर हुनुपर्छ अमेरिकी राजदूत रेन्डी बेरीले ट्वीटमार्फत १३ मेमा सूचनाको निर्वाध प्रवाहलाई नियन्त्रण गर्ने काम, कानुन र ऐनमा आफ्नो चासो रहेको बताउनुभयो । प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित भएको राष्ट्रक
मदन भण्डारीको राजनीति

मदन भण्डारीको राजनीति

विचार
टीका ढकाल मदन भण्डारीबारे सार्वजनिक रूपले लेख्नु जोखिमयुक्त छ । नागरिकले अपेक्षापूर्वक हेरिरहेको शीर्षनेता अचानक दिवंगत हुँदा आम मनोविज्ञानमा उसको विचार वा राजनीतिको गोरेटोभन्दा भावना हावी हुन्छ । मृत्युको पच्चीस वर्षपछि पनि मदन भण्डारीबारे हुने विमर्शमा भावना हावी छ । अहिले नेपाललाई नेतृत्व गरिरहेका धेरै वाम नेताका समकक्षी तर उनीहरूका पनि नेता थिए भण्डारी । र उनी बाँचिरहेका भए सायद उनैको नेतृत्व हुनसक्थ्यो भन्ने कल्पनाले उनैका समकक्षीलाई समेत भावनामा धकेल्ने गरेको देखिन्छ । राजनीतिक व्यक्तित्वबारे उसैको स्मृति गरिने दिन केही लेख्नु झनै भावनाप्रधान हुनसक्ने जोखिम छँदै छ । तर भावुकता मात्रले समीक्षात्मक लेखनलाई न्याय गर्दैन । एमालेनिकट कतिपय लेखक र नेताहरूले भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) माथि विद्यावारिधिसम्मको शोध गरेका छन् । सार्वजनिक लेखनमा अधिकांशले उनको