‘समाचार र विचारको
साझा चौतारी’



खेलकुद

सन्दीपलाई कोरोना संक्रमण

सन्दीपलाई कोरोना संक्रमण

Posted in खेलकुद
मंसिर १३, २०७७ काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ । Hi Everyone, Greetings to all. Its my sincere duty to tell you all that I have been tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. If all goes well, I will return to the field again. Keep me in your prayers.🙏 — Sandeep Lamichhane (@Sandeep25) November 27, 2020 यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा
भिनिसियस चम्कँदा टोटेनहमको जित

भिनिसियस चम्कँदा टोटेनहमको जित

Posted in खेलकुद
मंसिर १२, २०७७ एजेन्सी – ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको सानदार प्रदर्शनसँगै यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई पराजित गरेको छ । टोटेनहम ४-०को जित दर्ता गर्न सफल रह्यो । खेलको १६ अौं मिनेटमा टोटेनहमले भिनिसियसको गोलमा अग्रता लिएको थियो । डेले अलीको पास डिफेन्डरलाई लाग्दै भिनिसियसको पथमा आएपछि उनले वन भर्सेस वनको स्थितिमा सहजै गोल गरे । त्यसपछि ग्यारेथ बेलले लगातार दुई फ्रिकिकको अवसर पाएपनि लुडोगोरेट्सलाई समस्या दिन सकेनन् । ३४ अौं मिनेटमा भिनिसियसले अलीकै पासमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । टांगी एनडोम्बेलेको प्रहार गोलरक्षकले बचाएपछि आएको रिबाउन्डमा अलीले पास दिएपछि भिनिसियसले खाली पोस्टमा दोस्रो गोल गरे । पहिलो हाफमै बेन डेभिसको शक्तिशाली प्रहार पोस्टमा लाग्दा टोटेनहम अग्रता बढाउनबाट बन्चित भयो ‌। ६३ अौं मिनेटमा ह्यारी विङ्क्सले गोल गर्द अग्र
आर्सनल युरोपा लिगको नकआउट चरणमा

आर्सनल युरोपा लिगको नकआउट चरणमा

Posted in खेलकुद
मंसिर १२, २०७७ एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै आर्सनलले दुई खेल बाँकी छदै नकआउट चरणका स्थान पक्का गरेको हो । आर्सनलको सहज जितमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । एकर स्टेडियम मोल्देमा बिहीबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मोल्देले पाहुना टोली आर्सनललाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । खेलको तेस्रो मिनेटमा नै रेइस नेल्सन चुक्दा आर्सनलले अग्रता लिन सकेन । १३औं मिनेटमा नेल्सन र एलेसान्द्र लाकाजेटको समन्वयमा नेल्सनको प्रहारलाई मोल्देका गोलरक्षक एन्ड्रियस लिन्डेले बचाए । १५औं मिनेटमा घरेलु टोलीले खेलमा अग्रता लिने सुवर्
उडेको बललाई नियन्त्रणमा लिएर हिर्काउँदा डिफेन्डर ढल्न पुगे

उडेको बललाई नियन्त्रणमा लिएर हिर्काउँदा डिफेन्डर ढल्न पुगे

Posted in खेलकुद
मंसिर ११, २०७७ इश्वरचन्द्र झा काठमाडौं । फुटबलका महान् हस्ती अर्जेन्टिनाका डिआगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरेको छ । विश्व फुटबलमा लामो समयसम्म आफ्नो वर्चश्व कायम राख्नुभएका ६० वर्षीय डिआगो म्याराडोनाको टिग्रेस्थित आफ्नो निवासमा बुधबार अबेर निधन भएको हो । उहाँले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउनुभएको थियो । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको अस्तित्वप्रति धन्यवाद दिनुहुँदै तीनदिने शोकको घोषणा गर्नुभएको छ । अक्टोबर ३०, १९६० मा पोलिक्निका लानसमा बुवा डोन डिआगो र आमा डाल्मा साल्भाडोरा डोना टोटाको पाँचौं सन्तानको रुपमा उहाँको जन्म भएको हो । उहाँको जन्म भएको दिनको पनि रोचक प्रसंग छ । लानस नजिकको पोलिक्लिनिको एभिटा अस्पतालमा उहाँ जन्मिनुअघि ११ जना नवजात शिशुको जन्म भएको थि
अपराजित बायर्न नकआउट चरणमा

अपराजित बायर्न नकआउट चरणमा

Posted in खेलकुद
मंसिर ११, २०७७ एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५ औं जित दर्ता गर्ने क्रममा बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित दर्ता गर्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । एक खेलाडी कम हुनका बाबजुद बायर्नले अग्रता बढायो । ६८ औं मिनेटमा कोमानको पासमा लेरोय सानेले हेड
वल्भ्स र साउथह्याम्पटनको बराबरी

वल्भ्स र साउथह्याम्पटनको बराबरी

Posted in खेलकुद
मंसिर ९, २०७७ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्स र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले १–१ गोलको बराबरी खेलेको हो । मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै पाहुना टोली साउथह्याम्टनले गोलको सुवर्ण अवसर खेर फालेको थियो । छैटौ मिनेटमा साउथह्याम्टनका गोलरक्षक एलेक्स म्याकार्थीले दोहोरो बचाउ गर्दै वल्भ्सको अग्रता टारे । २९औं मिनेटमा एडमा ट्राओरेको अर्काे प्रहारलाई म्याकार्थीले बचाए । ३६औं मिनेटमा जोओ मौटिन्होको फ्रिकिकमा ड्यानियल पोडेन्सको प्रहारलाई गोलरक्षक म्याकर्थीले नै विफल पारे । ५८औं मिनेटमा थियो वाल्कोटल गा्ल गर्दै साउथह्याम्टनलाई १–० को अग्रता दिलाए । चे एडाम्सको पासलाई अनमार्क अवस्थामा रहेका उनले सहजै फिनिस गरेका थिए । ६४औं मिनेटमा एडाम
ज्लाटनको दुई गोलमा नेपोलीको हार

ज्लाटनको दुई गोलमा नेपोलीको हार

Posted in खेलकुद
मंसिर ८, २०७७ एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि ३–१ को सहज जित हात पारेको छ । मिलानका लागि अर्काे एक गोल जेन्स पिटर हगले गर्दा नेपोलीका लागि ड्रिएस मेर्टिन्सले एक गोल फर्काए । नेपोलीमा आइतबार राति भएको खेलमा मिलानले खेलको २०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । उनले थियो हर्नान्डेजको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा एन्टी रेविचको पासमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० ले अघि बढाए । सिरी ‘ए’ मा ज्लाटनको यो ६ खेलमा १०औं गोल हो । समग्रमा उनले मिलानका लागि यो सिजन १० खेलमा ११ गोल गरेका छन् । ६३औं मिनेटमा मेर्टिन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्कने संकेत दिए । ६५औं मिनेटमा नेपोली १० खेलाडीमा समेटिएपछि खेलमा फर्कने आशा सकिएको थियो । थियो हर्नान्डेजमाथि फल गरेपछि दोहोरो पहेलो कार्ड खाद
लिड्ससँग आर्सनलको बराबरी

लिड्ससँग आर्सनलको बराबरी

Posted in खेलकुद
मंसिर ८, २०७७ एजेन्सी – १० खेलाडीमा समेटिएको आर्सनल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ । एलान रोड लिड्स वेस्ट योर्कसायरमा आइतबार राति भएको खेलमा पाहुना टोली आर्सनलले खेलको १०औं मिनेटमा आक्रमण बुनेको थियो । ड्यानिल सेवालोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १२औं मिनेटमा प्याट्रिक बामफोर्डको सिक्स यार्ड बक्सबाट गरेको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले बचाउदै लिड्सको अग्रता टारे । २१औं मिनेटमा निकोलस पेपेको प्रहार क्रसबारबाट थोरै बाहिरियो । २८औं मिनेटमा राफिन्हा तथा ३०औं मिनेटमा बामफोर्ड चुक्दा लिड्सले अग्रता लिने सकेन । ५१औं मिनेटमा एलिओस्कीलाई फल गरेपछि निकोलस पेपे सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । ६१औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहार गोलरक्षक इलान मेसलियरको हातमा पुग्यो । ७८औं मिनेटम
दश वर्षपछि एटलेटिकोले बार्सिलोनालाई हरायो

दश वर्षपछि एटलेटिकोले बार्सिलोनालाई हरायो

Posted in खेलकुद
मंसिर ७, २०७७ एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् । खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे । दशौं मिनेटमा एन्जल कोर्रियाको पासम
हालान्डको चार गोलमा डर्टमुन्डको सानदार जित

हालान्डको चार गोलमा डर्टमुन्डको सानदार जित

Posted in खेलकुद
मंसिर ७, २०७७ एजेन्सी – शनिबार मात्रै गोल्डेन ब्वायको अवार्ड जितेका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको चार गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि ५–२ को फराकिलो जित हात पारेको हो । डर्टमुन्डको फराकिलो जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरेपनि हार टार्न सकेन । बर्लिनमा शनिबार राति भएको खेलमा घरेलु टोली हर्थाले खेलको ३३औं मिनेटमा कुन्हाको गोलबाट अग्रता लिएको थियो । उनले डोडी लुकेबाकियोको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको डर्टमुन्डले दोस्रो हाफमा हालान्डले उच्च प्रदर्शन गरेपछि जित निकाल्न सफल भयो । / ४७औं मिनेटमा इम्री क्यानको पासमा हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै हालान्डले ग