खेलकुद Archives - Chautari Post Online
Thursday, May 23News That Matters

खेलकुद

झापाली खेल टोलीलाई विदाई

झापाली खेल टोलीलाई विदाई

खेलकुद
काँकरभिट्टा। एक नम्बर प्रदेशस्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्समा भाग लिने झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ । जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा समितिका झापा अध्यक्ष शंकर थापाले खेलको नियमलाई अक्षरस पालना गर्दै उच्चमनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे । उनले प्रदेशस्तरीय सो प्रतियोगितामा गत वर्ष झापाले प्राप्त गरेको विरासतलाई कायम राख्दै यस वर्ष पनि उपाधि रक्षा गर्न मेहनतका साथ सहभागिता जनाउन शुभकामना दिए । शुक्रबार मोरङको विराटनगरमा आयोजना हुने उक्त प्रतियोगितामा भाग लिन ४५ सदस्यीय झापाली खेल टोली बिहीबार नै विराटनगर प्रस्थान गरेको छ । सो टोलीमा कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी, टेबलटेनि
क्रुस र स्टेगनबिना जर्मन टोली

क्रुस र स्टेगनबिना जर्मन टोली

खेलकुद
एजेन्सी – युरोकप छनोटको दुई खेलको लागि जर्मनीले स्टार खेलाडी स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस र बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनबिना टोलीको घोषणा गरेको छ । युरोकप छनोटमा जर्मनीले ८ जुनमा बेलारुस र त्यसको ३ दिनपछि इस्टोनियासँग प्रतिस्पर्धा गर्दैछ । जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोउले दुवै खेलाडी चोटका कारण टिममा पर्न नसकेको बताए । क्रुसमा मस्कुलर समस्या देखिदा स्टेगनले घुडामा चोट बोकेका छन् । चोटकै कारण स्टेगनले कोपा डेल रेको फाइनल समेत गुमाउने पक्का भएको छ । २२ सदस्यीय टोलीको कप्तानी म्यानुयल निउरले सम्हाल्नेछन् । टोलीमा मेसुट ओजिल र थोमस मुलरजस्ता खेलाडीले स्थान बनाउन सकेनन् । पुर्ण टोली गोलरक्षक– म्यानुयल निउर (कप्तान), ब्रर्न लेनो र केभिन ट्र्याप डिफेन्डर – म्याथियन जिन्टर, मार्सेल हल्सटेन्सवर्ग, लुकास क्लोसटर्मन, जोनास हेक्टर, थिलो केरहर,
हजार्ड डर्टमन्डमा अनुबन्धित

हजार्ड डर्टमन्डमा अनुबन्धित

खेलकुद
एजेन्सी – बेल्जियन अट्याकिङ मिडफिल्डर थोर्गन हजार्ड जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा अनुबन्धित भएका छन् । २६ वर्षीय हजार्डलाई डर्टमन्डले ५ वर्षका लागि जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडवाचबाट ३० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । थोर्गन चेल्सीका फरवार्ड इडेन हजार्डका आफ्नै भाई हुन् । डर्टमन्डमा अनुबन्ध भएसँगै हजार्डले यो अद्भुत फ्यान भएको शीर्ष क्लबमा अनुबन्ध हुन पाउनु र खेल्न पाउनु गर्वको कुरा रहेको बताएका छन् । ‘मैले पाँच वर्ष मोन्चेनग्लाडबाचमा निकै उत्कृष्ट समय बिताए । अर्काे पाँच वर्ष डर्टमन्डमा अनुबन्धित भएको छु । मेरो अर्काे स्टेप हो । यहाँ पनि म मेरो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु,’ क्लबमा अनुबन्धित भएपछि हजार्डले भने । २६ वर्षीय हजार्ड २१ अन्तर्राष्ट्रिय खेलमा ३ गोल गर्न सफल भएका छन् । यो सिजन हजार्डले मोन्चेनग्लाडवाचका लागि ३५ खेल खेल
कतार विश्वकपमा ३२ टोलीमात्र हुने

कतार विश्वकपमा ३२ टोलीमात्र हुने

खेलकुद
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ टोलीको मात्र सहभागिता रहने प्रष्ट पारेको छ । फिफाले यसअघि औपचारिक रुपमा नै प्रतियोगितालाई ४८ टोलीमा बढाउने प्रयास गरेको थियो । मध्यपूर्वी गल्फ क्षेत्रको राजनीतिक परिस्थिति तथा सहभागी टोली र समर्थकलाई आवश्यक पर्ने सुविधा नपुग्ने देखिएपछि फिफाले ३२ टोलीलाई नै निरन्तरता दिने भएको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतारले मानव अधिकार र श्रमसम्बन्धि कुनै समस्याबिना नै विश्वकप आयोजना गर्न आशावादी रहेको पनि बताए । कतार विश्वकपको सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतारबाहिर खेलाउनुपर्ने अवस्था थियो । कतारको अन्य गल्फ राष्ट्रसँग सम्बन्ध राम्रो नहुँदा यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकको रुपमा लिन सकिएको थिएन । सम्भावना रहेका कुवेत र ओमानमध्य ओमानले आयोजनाका लागि इच्छा व्यक्त गरेन । कुवे
सन्दीपको पारिश्रमिक १४ गुणाले वृद्धि

सन्दीपको पारिश्रमिक १४ गुणाले वृद्धि

खेलकुद
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार राती लन्डनमा सम्पन्न भएको छ । जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेका थिए । जसमा ६ टोलीले १७-१७ खेलाडी गरि कुल १ सय २ जनालाई अनुबन्ध गरेका छन् । सन्दीप बाहेक नेपाली अन्य तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेललाई ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् । त्यस्तै अफगानिस्तानका लेग स्पिनर तथा टी ट्वान्टी क्रिकेटका नम्बर वान बलर राशिद खानलाई भने कुनै पनि टोलीले अनुबन्ध गरेनन् । राशिद खान यूरो टी ट्वान्टी सलाम २०१९ प्रतियोगिताको मार्की तथा
मिखीटारयनले लिग फाइनल खेल गुमाउने

मिखीटारयनले लिग फाइनल खेल गुमाउने

खेलकुद
एजेन्सी । राजनैतिक द्धनद्धका कारण आर्सनलका मिडफिल्डर हेनरिक मिखीटारयनले चेल्सीविरुद्ध अर्काे साता हुने युरोपा लिगको फाइनल खेल गुमाउने भएका छन् । युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा मे २९ मा हुदैछ । जहाँ दुई इंग्लिस टोली चेल्सी र आर्सनलले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । लन्डन क्लब आर्सनलले चेल्सीविरुद्धविरुद्धको फाइनलमा अर्मेनियाका मिखीटारयनले नखेल्ने पुष्टि गर्दै यो निकै ‘ब्याड न्युज’ रहेको बताएका छन् । आर्सनलका प्रशिक्षक युनाई इम्रीले यसबारे मिखीटारयनसँग कुराकानी भएको र यो पारिवारिक विषय रहेकाले आफैले पनि नखेल्ने बताएका छन् । मिखीटारयनले गतवर्ष क्वाराबागविरुद्धको समूह चरणको खेलमा पनि अजरवैजान भ्रमण गरेका थिएनन् । प्रशिक्षक इम्रीले युइएफएलाई युरोपा लिगको फाइनल खेल बाकुमा आयोजना गर्न दिने निर्णयको समेत आलोचना गरेका छन् । ‘अजरबैजान र अर्मेेनियाबीचको राजनीतिक द्वन्दको
अर्जेन्टिनी टोली घोषणा

अर्जेन्टिनी टोली घोषणा

खेलकुद
एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले आसन्न कोपा अमेरिका फुटबलको लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले स्टार फरवार्ड लियोनेल मेस्सीलाई टोलीमा समावेश गर्दै उनकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । प्रशिक्षक स्कोलानीले मंगलबार राति ४० खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । मेस्सीले २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यतिबेला अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो । तर, त्यसपछि अर्जेन्टिनी सरकार र फुटबल समर्थकको आग्रहमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए । रसिया विश्वकप समेत खेलेका मेस्सीले त्यसयताका केही खेलमा भने विश्राम लिएका थिए । २३ सदस्यीय टोलीमा यसपटक पाउलो डिबाला र सर्जियो अगुएरोले स्थान बनाउन सफल हुँदा अर्काे स्टार फरवार
चार नेपाली खेलाडी सहभागी सीपीएलको ड्राफ्ट आज

चार नेपाली खेलाडी सहभागी सीपीएलको ड्राफ्ट आज

खेलकुद
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार(आज) लन्डनमा आयोजना हुँदैछ । यसपटक ड्राफ्टको सुचिमा चार नेपाली खेलाडी पर्न सफल भएका छन् । गत साता सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपाली सहित कुल २० देश बाट ५ सय ३६ खेलाडी रहेका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दिपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा रहेका छन् । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ः४५ बजे देखी सुरु हुने बताईएको छ । ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडी रहेका छन् । यस संस्करणको
सिद्धान्त र पुष्पसहित प्रदेश १ को टोली घोषणा

सिद्धान्त र पुष्पसहित प्रदेश १ को टोली घोषणा

खेलकुद
काठमाडौं – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ ले १४ सदस्यीय टोली घोषणा गरेको छ । जेठ १० गते देखि २५ गते सम्म मुलपानी र टीयू क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको लागि प्रदेश १ ले मंगलबार पुष्प थापाको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा हिटर सिद्धान्त लोहनी पनि छन् । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । उद्धघाटन खेल जेठ १० गते मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुनेछ । प्रदेश १ ले आफ्नो दोस्रो खेल जेठ ११ मा प्रदेश २ सँग मुलपानीमै प्रतिस्पर्धा गर्ने छ । त्यस्त
भारतकी मेरी कोमसँग माला पराजित

भारतकी मेरी कोमसँग माला पराजित

खेलकुद
काठमाडौं – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् । मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने गर्छिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी थिइन् । त्यसअघि राजधानीमा भएको गणेशमान बक्सिङमा भने उनले आफ्नो तौल समूहमा स्वर्ण हात पारेकी थिइन् । यसअघि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी मेरी कोमले यसै प्रतियोगिताबाट ५१ केजीमा प्रतिस्पर्धा गर्न सुरु गरेकी हुन् । टोकियो ओलम्पिकमा ४८ केजी तौल समूह नहुने भएपछि मेरी कोमले आफूलाई नयाँ तौल समुहका लागि तयार गरेकी हुन् । नेपालका लागि महिला ६४ केजी तौल समूहमा आज नै पुनम रावलले भारतकी प्विलाओ बसु