सृजनाको चौतारी Archives - Chautari Post Online
Thursday, May 23News That Matters

सृजनाको चौतारी

जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

सृजनाको चौतारी
समय समीक्षा - अशोक सुवेदी उल्टो घुमेको इतिहासको रथको पाङ्ग्रा लिकमा ल्याउन निरन्तर विद्रोह, युद्ध र क्रान्तिहरू हुने गरेका छन् । कार्ल माक्र्सको शब्दमा आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसैले मानवजातिको मुक्तिको नयाँ इतिहास निर्माण गर्न वर्गसङ्घर्षहरू निरन्तर भइरहनुपर्छ । नयाँनयाँ सङ्घर्षहरू निर्माण गर्दै त्यसैमा हेलिनुपर्छ । नयाँ बाटाहरू निर्माण गर्दा काँडाले घोच्छ । ढुङ्गामा ठक्कर लाग्छ । लडिन्छ । शरीर रक्तमुछेल हुनसक्छ । तर तिनै यात्रीहरूले उद्देश्यपूर्ण यात्रा पार गर्न सक्छन् जो निरन्तर आशावादी भएर कठिन यात्रामा हिँडिरहने आँट, हिम्मत गर्छन् र हिँडिरहन्छन् । झन्डै पौने दुई शताब्दीअघि महान् दार्शनिक कार्ल माक्र्सले यही अवस्थालाई ध्यानमा राख्दै आफ्नो विचार ‘जीवन लक्ष्य’ शीर्षकको कविताका माध्यमद्वारा यसरी अघि सारेका थिए– कठिनाइहरूदेखि रुने जीवन मेरा लागि हो
कीर्तिमानी सर्जकका चार कृति एकसाथ सार्वजनिक

कीर्तिमानी सर्जकका चार कृति एकसाथ सार्वजनिक

सृजनाको चौतारी
विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज (५ जेठ) राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशीसहित सम्मान पनि गरिएको थियो । डा. डीआर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । डा. डीआरलाई आज पनि चार ओटा एभरेष्ट वर्ल्ड रेकर्डका
हामी तपाईंहरूसँगै मैदानमा छौँ

हामी तपाईंहरूसँगै मैदानमा छौँ

सृजनाको चौतारी
जेल सिर्जना - हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्यारा–प्यारा कप्तानहरू प्रिय–प्रिय कमरेडहरू ओ ! हाम्रो जमानाका चरित्रनायकहरू ए ! इतिहासका निर्माताहरू इतिहासको फैसला पूरा गर्न तेह्र फरवरीमा हामीले काँधमा काँध मिलायौँ हातमा हात मिलायौँ र निशाचरका विरुद्ध ब्रह्मास्त्र चलायौँ लालध्वजा फहराउँदै अघि बढ्यौँ दुनियाँलाई सुनाउँदै विगुल बजायौँ निरन्तर विकट पहाडमा उक्लँदै थियौँ निर्मम वर्गसङ्घर्षका क्रममा विछोड भयौँ हाम्रो मोर्चा बदलियो हामी पर्खालभित्र र बाहिर भयौँ आज त्यो ब्रह्मास्त्रको निरन्तर भव्य र गुणात्मक धमका हामीले पर्खालभित्र पनि सुनिरहेका छौँ र तपाईंहरूसँगै रणभूमिमा छौँ त्यो विद्रोहको लालपताका झन्झन् जनलहरका बीचमा फहराइरहेका दृश्य सिमेन्टेड पर्खालले रोक्न सकेको छैन हामी तपाईंहरूसँगै रमाएका छौँ अनि हामी तपाईंहरूसँगै सिस्ने, जलजला हिमाल र शैलुङका लेकहरूमा हिँडिरहेका
मैले बाँच्न र मर्न पाउनु पर्छ ।

मैले बाँच्न र मर्न पाउनु पर्छ ।

सृजनाको चौतारी
तिम्रो मादलको पारामा मैले नाच्नु पर्छ भन्ने छैन किनकी तिम्रो तालनै बेतालको छ तिम्रो गीतको लयमा म मर्कनु भन्ने छैन किनकी तिम्रो स्वरमा बेसुरा छ मलाई मेरै भाका र पारामा नाच्न देउ किनकी म लोकतन्त्र भको देशको नागरिक हुँ जस्तो लाग्छ तिम्रो कलमको चालमा मैले कपिमा कोर्नु पर्छ भन्ने छैन किनकी तिम्रो कलममा षडयन्त्रको मसी भरिएकोछ तिम्रो बोलीको शैलीलाई मैले टिप्नु पर्छ भन्ने छैन किनकी तिम्रो बोलीमा कुचालको छाप लागेको छ मलाई मेरै मैदानमा खेल्न देउ किनकी म लोकतान्त्रिक देशको नागरिक हुँ जस्तो लाग्छ तिम्रो स्तुतिमा मैले समय निकाल्नु पर्ने कुनै कारणनै छैन किनकी तिमी स्वयम्मा कालो धब्बाले पोतिएका छौ तिम्रो भाषणको मैले खबर बनाउनै पर्छ भन्ने पनि छैन किनकी तिम्रो भाषण स्वयम् कलाविहिन नाटकको नाटक मात्रै हो मलाई मेरै परिवेशमा बाच्न र मर्न देउ किनकी म लोकतन्त्र भएको देशको नागरिक हुँ जस्त
तिमीसँग छुटेकाे

तिमीसँग छुटेकाे

सृजनाको चौतारी
तिमीसँग छुटेकाे नि धेरै दिन भयाे हुलाकिकाे बाटाे हेर्दै दिन मेराे गयाे खाेज्ने गर्छु तिमीलाई घामकाे झुल्काेभित्र क्षितिजसँगै बिलाउँछ तिम्राे वृत्तचित्र । जति अाँसु झरे पनि हाँस्नु पर्ने जीवन जति दु:ख परे पनि बाच्नु पर्ने जीवन । किन दुख्छ भित्रैबाट याे मन घरीघरी एकान्त नै प्याराे लाग्छ किन सधैंभरि। अाँखा खाेली हेरे पनि अँध्यारो नै देख्छु कल्पनामा तिम्राे चित्र मनभित्र काेर्छु मेट्ने भए यादहरू धाेई पखालेर रूझ्ने भए धर्ती आँसु सबै झारिदिन्थे...!

यो गजल मेरा पुजनीय बा रङ्गलाल प्रति स श्रद्धा समर्पण।

सृजनाको चौतारी
केशव अचार्य देख्दा चट्टान् जस्तो तर मख्खन् मेरा बा। श्रीखण्ड जस्तो सुगन्धित् चन्दन् मेरा बा ।। सम्पूर्ण ताप् सन्ताप शिरोपर गरेर , शितल छाहारी दिने उपबन् मेरा बा । सन्तान् सबैलाई जीवन कला सिकाउने, सबै भन्दा उत्तम् विध्या धन् मेरा बा । कथित् धर्मको फोस्रो स्तुती गाउने हैन, कर्म बुझाउने भागवत् भजन् मेरा बा । बा को तन् छैन यो लोकमा , तथापि(लाग्छ, मेरो देह धान्ने मुटुको धड्कन् मेरो बा ।।
अर्काे कथा

अर्काे कथा

सृजनाको चौतारी
२०७२ सालको अन्त्यतिर पटनाका पत्रकार मित्र जितेन्द्रले छत्तिसगढमा चलिरहेको कम्युनिस्ट विद्रोह भनौँ या नक्सली आतङ्कका बारेमा रिपोर्टिङ गर्नका लागि मलाई बोलाएका थिए । म आर्फैँ पनि आन्ध्र प्रदेश र छत्तिसगढमा भइरहेको घटना, जसलाई उनीहरू वर्ग संघर्ष अथवा जनयुद्ध भन्न रुचाउँथे, का बारेमा रिपोर्टिङ गर्न र सम्भव भयो भने भारतको नक्सलबारी आन्दोलनका बारेमा एउटा पुस्तक लेख्ने सोचमा पनि थिएँ । जितेन्द्र पटना (बिहार) का रैथाने पत्रकार पनि हुन् । उनको पत्रकारिता जीवन नै जनपक्षीय पत्रकारिताबाट भएको देखिन्छ । वैचारिक हिसाबले पनि उनी बामपन्थी विचार राख्दछन् । उनीसँगको सम्पर्कमा विद्रोहीहरूसँग भेट्न त्यति धेरै हम्मे पर्दैन । त्यसकारण पनि म उनलाई साथ लिएर छत्तिसगढमा चलिरहेको भाकपा माओवादीको आन्दोलनबारे रिपोर्टिङ गर्ने सोचमा थिएँ । तर पत्रकार मित्र भुपालका कारण त्यस बेला तय भएको मेरोे छत्तिसगढको यात्रा अनायस
म के गरुँ ?? (कविता)

म के गरुँ ?? (कविता)

सृजनाको चौतारी
हिजोअस्ति भर्खरै सर्बोच्च शिखर सगरमाथाको उचाइ नापे, अथवा, नाप्ने तरखरमा कुदे राता अक्षताका टीका लाएर खादा ओडेर, र ठुलो बडेमानको आशीर्वाद बोकेर मैले पनि त मनमनै तथास्तु भने नि, कसले सुन्यो र?? आज, आँखैले देँखेँ, कोठाभित्र टिभीको पर्दामा कुदिरहेका अक्षर अनि नाचिरहेका चित्र महाकाशतिर फर्केर, जाज्वल्यमान, उर्जाशील, र, कीर्तिमानी मुद्राका आलङ्कािरिक तस्बिरहरू । ........... धत् पागल, त्यो त नासा हो, नेपालमा तुइनको आधुनिकता होस् अथवा, चोरउम्लाले दुधको छालि तार्ने पुरानो प्रथा होस्, त्यो नासा होइन नासो हो तुईनको डोर हो र, मेरो वास्तविकता हो, म लडिरहेको संघर्ष हो, मेरो कोमल यथार्थ हो । मलाई त्यो उपग्रह वा अनेकार्थी उल्झनका तमासले मेरो अभाव, मेरा परिपुर्तिका साधन किमार्थ पूरा हुँदैनन् थाहा छ, त, म केमा विश्वास गरुँ?? तिम्रो उपग्रह कि, सगरमाथा नपाइको मनोकाङ्क्षामा अथव
‘यादा’ नामक गीति एल्बम सार्वजनिक

‘यादा’ नामक गीति एल्बम सार्वजनिक

खबर, मूल खबर, समाज भित्रका कथा, सृजनाको चौतारी, हाम्रा कुरा
 ३० चैत्र २०७५, ललितपुर । आशाको सन्देश नेपालले एक भव्य समारोह बिच ‘Yada’ expression of praise नामक गीति एल्बम चैत्र २८ गते तदनुसार ११ अप्रिल २०१९ बिहिबारका दिन ललितपुर ग्वार्कोस्थित हेप्जिबा म्युजिक सिटीमा काठमाण्डौँ ज्ञानेश्वर इसाई मण्डलीका रेभ. शामुएल कार्थकद्वारा बिमोचन गरी सार्वजनिक गरेको छ । सार्वजनिक गीति एल्बममा विभिन्न कलाकारहरुको आफनो प्रस्तुति तथा योगदान रहेको छ । एल्बमको बिशेषता यसमा संलग्न सम्पूर्ण गायक, गायिका, संगितकार, गितकार तथा कलाकारहरुले प्रभुको महिमाको निम्ति कुनै पारिश्रमिक नलिई स्वेच्छाले कसैले गीतका शब्दहरु लेखेर, आफ्नो स्वरहरु दिएर र गीतहरुलाई संगीत दिएर योगदान पुयाएका छन् भने इसाई जगतका गित संगितको क्षेत्रबाट समेत परमेश्वरको महिमा गरी रहनु भएको छ । एल्बम तयार पार्नका निम्ति ज्योति मण्डलीका बरिष्ठ पास्टर रेभ. डा. सिमोन पाण्डे, लिविंग चर्चका
बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता)

बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता)

अन्तर सम्वाद, सृजनाको चौतारी
कृष्ण आचार्य  बुद्धिसागर अचारमा अदुवा, लसुन, टिमुर र खुर्सानीको मिश्रण हुन्छ। खाँदा नै कस्तो आनन्दको स्वाद पाइने। कहिले कहीँ त यसले पेटको किरा मार्छ कि क्या हो भन्ने पनि लाग्छ। ‘एउटा मःमः संवाद गरौँ न!’ फागुन अन्तिम साता साहित्यकार बुद्धिसागरसँग फोनमार्फत प्रस्ताव राखेँ। ‘अर्को साता गरौँ न यो साता अलि बिजी छु’ उनले जवाफ फर्काए। अर्को साता उनी कहाँ पुगे, म कहाँ। हामीबीच सम्पर्कै भएन। चैत दोस्रो साता फेरि अर्को साता भेट्ने तय भयो। ‘अप्रिल फूल’को दिन ठमेलको एक क्याफेमा २ बजे पुग्ने योजनामा उनी अलि ढिला भए। ‘सरी है, जामले गर्दा अलि ढिला भयो’, ३० मिनेट ढिलो भएकोमा उनले औपचारिकता निर्वाह गरे। उनीसँग साधन छैन, कतै जानुपरे कहिले हिँड्छन्, कहिले ट्याक्सी, सार्वजनिक यातायात चढ्छन्। रमाइलो कुरा के भने कहिले कहीँ उनी मःम: खानकै लागि गोंगबुदेखि