समाज भित्रका कथा Archives - Chautari Post Online
Friday, July 19News That Matters
centered image

समाज भित्रका कथा

बोतलमा चिठी हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति ५० वर्षपछि फेला

बोतलमा चिठी हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति ५० वर्षपछि फेला

विदेश, समाज भित्रका कथा
बीबीसी । पाँच दशकअघि एउटा बोतलमा लिखित सन्देश हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति फेला परेका छन् । सुरक्षित रूपमा भेटिएको सो पत्र लेख्दा पोल गिल्मोर १३ वर्षका थिए । सपरिवार यूकेबाट मेल्बर्न जाँदा पानीजहाजबाट उनले त्यो सन्देश समुद्रमा छोडेका थिए । यही हप्ता मङ्गलवार सो सन्देश दक्षिण अस्ट्रेलियामा एक १३ वर्षीय बालकले भेटेका थिए । सन्देश भएको बोतल भेट्दा ज्या एलिअट आफ्ना बुवासँग माछा मार्न गएका थिए । पत्र छोड्दा त्यसको उत्तर पाउने अपेक्षा आफूले सधैँ राखेको गिल्मोरले बीबीसीलाई बताए । सन् १९६९ नोभेम्बर १७ मा पत्रमा उनले आफू फेअरस्टार जहाजबाट अस्ट्रेलिया जाँदै गरेको र फ्रिमेन्टलबाट एक हजार माइल टाढा भएको उल्लेख गरेका छन् । पत्रमा त्यो जसले भेटे पनि जबाफ पठाउन उनले आग्रह गरेका थिए । गिल्मोर भन्छन्, 'ती पत्रहरू मैले कसरी पठाएको थिएँ भन्ने म अहिले पनि सम्झन्छु। मेरा
जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

समाज भित्रका कथा
सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ । सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलार्य विभिन्न मुद्दा मामिला गरेर नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए । सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् ।  कान्तिपुर दैनिकमा  छ ।
‘घर त माटोमा मिलिसकेछ…’

‘घर त माटोमा मिलिसकेछ…’

मूल खबर, समाज भित्रका कथा
सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि । यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आफ्नै पसलमा व्यस्त थिए । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उनलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ । सविनले बेलीविस्तार लगाउँदै भने– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहे
सालीसँग विवाहगर्न श्रीमतीको हत्या

सालीसँग विवाहगर्न श्रीमतीको हत्या

मूल खबर, समाज भित्रका कथा
काठमाडौ–पोखरा महानगरपालिका–१५ कि २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ । लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि मुख्य हत्यारा प्रहरीमा उजुरी गर्न पुगेका थिए । पत्नीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहरीले बुधबार पत्रकारसामू सार्वजनिक गरेको हो । सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका–५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् । एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गए
मान्छे बेच्दै, भाग्दै

मान्छे बेच्दै, भाग्दै

समाज भित्रका कथा
पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो । गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे । सुरुमा सुनितालाई ती दाइ भगवान्जस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन् । रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर
बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो

बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो

खबर, समाज भित्रका कथा
दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ । ‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भने, हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै ! उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् । दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका
संसदीय समितिका सभापतिलाई गाडी: सद्दे थन्क्याउँदै, नयाँ किन्दै

संसदीय समितिका सभापतिलाई गाडी: सद्दे थन्क्याउँदै, नयाँ किन्दै

मूल खबर, समाज भित्रका कथा
  संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी छ। संसद् सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको छ । समितिका सभापतिहरुले अहिले चढिरहेका गाडी ग्यारेजमा थन्काउने तयारी भएको स्रोतले बतायो । ‘अहिलेसम्म कसैलाई दिने कुरा भएको छैन, यदाकदा कर्मचारीले प्रयोग गर्न सक्छन्’, स्रोतले भन्यो । संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ । सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेर स्थानीय तहमा पठाएको छ। प्रधान
देउरालीबासी बलेँसीको भरपर्दै

देउरालीबासी बलेँसीको भरपर्दै

समाज भित्रका कथा
डम्बर कार्की देउराली/ हिउँदमा सँधै पानीको अभाव रहने धरान उपमहानगरपालिकाको ५ नम्बर वडाको देउराली बर्खा लागेसँगै बलेँसीको पानी सङ्कलन गरेर पिउन बाध्य छन् । हिउँदमा दैनिक २ घण्टा खानेपानी वितरण गर्दै आएको देउराली खानेपानी तथा सरसफाइ समिति बर्खा लागेसँगै मुहानबाट लेदो पानी आउने र विछ्याइएका पाइपलाइन बगाउने समस्याका कारण देउरालीमा खानेपानी वितरण गर्न नसक्दा उपभोक्ताहरू बलेँसीको पानीमा भर पर्नुपर्ने बाध्यता रहेको छ । करिब एक सातादेखि धारामा पानी नआएपछि यहाँका स्थानीय आकाशको पानी बलेँसीमार्फत् सङ्कलन गरेर दैनिक गुजारिरहेका छन् । ८ हजार ५ सय घरधुरीलाई पानी बितरण गर्दे आएको समितिसँग एक लाख घनमिटर भन्दामाथि पानी सङ्कलन गर्न सक्ने क्षमताको ६ वटा रिजर्भ ट्याङ्की रहेका छन् । तर लामो समयदेखि ती ट्याङ्कीमा पानी सङ्कलन नभई सिधै उपभोक्ताको धारामा आउने गरेको छ । हिउँदमा पर्याप्त पानीे नआउने र व
बाढीको वितण्डाः पशुसँगै सुत्छन् बाढीपीडित

बाढीको वितण्डाः पशुसँगै सुत्छन् बाढीपीडित

मूल खबर, समाज भित्रका कथा
रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् । पीडितहरु विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या परेको छ । बालबालिकालाई पनि पीडा छ । त्यसमा पनि गाईवस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने क्रास बढ्दो छ । विस्थापितको वासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो ।  कान्तिपुर दैनिकमा
लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

मूल खबर, समाज भित्रका कथा
मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरे पनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् । चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’ दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।