
रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?
Posted in स्वास्थ्य
नेपाल सरकारले फागुन २३ देखि ५५ वर्षभन्दा माथिकालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने घोषणा गरिसकेको छ। जतिजति यो मिति नजिकिँदै छ, त्यति नै धेरैका मनमा एकपछि अर्को प्रश्न उठ्ने क्रमपनि जारी छ।
विविध प्रश्नमध्ये एस्पिरिनको (रगत पातलो गराउने उद्देश्यले प्रयोग गरिने औषधि) लामो समयदेखि नियमित सेवन गर्नेले यो भ्याक्सिन लिन मिल्छ कि मिल्दैन भनेर सोध्ने सबैभन्दा बढी भएको यो पंक्तिकारले अनुभव गरेको छ।
नेपालमा धेरै ज्येष्ठ नागरिकले लामो समयदेखि प्रयोग गरेका औषधिमध्ये एस्पिरिन पनि एक हुने गरेको छ। एक तथ्यांकले देखाए अनुसार विश्वमा नै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउनुअघि सर्वाधिक खोजिने/सोधिने प्रश्नमध्ये यो प्रश्न पनि परेको छ।
हाल अक्सफोर्ड/एक्स्ट्राजेनेकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको भ्याक्सिन ‘कोभिसिल्ड’ नेपालमा प्रयोग हुँदै आइरहेको छ। सो भ्याक