Wednesday, April 8

‘समाचार र विचारको
साझा चौतारी’




भिडियो चौतारी

कर्तब्यमा अहोरात्र काँकरभिट्टा प्रहरी

कर्तब्यमा अहोरात्र काँकरभिट्टा प्रहरी

Posted in खबर, भिडियो चौतारी
मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनलाई थप प्रभावकारी बनाउन खटिएको झापाको काँकरभिट्टा स्थित ईलाका प्रहरी कार्र्यालयको कार्यशैलीलाई यहाँका आम नागरिकले मुक्तकण्ठले प्रशंसा गरेकाछन् । सरकारले लागू गरेको लक डाउनको मिति देखिनै सकृया रहेको काँकरभिट्टा प्रहरीको तदारुकतालाई कर्तब्यप्रतिको दत्तचित्त कर्म हो भन्दा अन्यथा नहोला । कोरोनाको यो सन्त्रासमय घडीमा समेत बिहानदेखि राती सम्म नागरिकमा कोरोना सम्बन्धि जानकारी सहितको सूचनाको सम्प्रेशण र नागरिकमैत्री ब्यबहारका कारण यहाँको सिङ्गो प्रहरी परिवार अहिले नागरिकको धन्यबादको पात्र बनेको छ । मुख्य गरेर काँकरभिट्टा प्रहरीले अहिले आफुलाई मुस्कान सहितको प्रहरी सेवाको नारालाई सार्थक बनाएको यहाँका नागरिक अगुवाको भनाई रहेको छ । नाकामा रहेको प्रहरी अक्सर दोष मुक्त बन्दैन तर कोरोना भाइरसको संक्रमण नियन्त्रणक
‘ यो बेलामा राज्यले जनतालाई पाल्नु पर्छ’

‘ यो बेलामा राज्यले जनतालाई पाल्नु पर्छ’

Posted in कुराकानी, भिडियो चौतारी
डिल्लीराम घिमिरे, नेता नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) झापा मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लक डाउनको समयमा आम नागरिकसँग यसको प्रभावकारीताका विषयमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) झापा कसरी सहकार्य र अति बिपन्न र बिपन्नहरुलाई सहयोग गर्दै छ भन्ने विषयमा आज हामीसँग हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का झापा जिल्ला कमिटीका सदस्य तथा पूर्व जनप्रतिनिधी डिल्लीराम घिमिरे । आज हामी उहासँग बिशेष गरि मेचीनगर नगरपालिका क्षेत्रमा लक डाउनको समयमा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) के गर्दै छ भन्ने विषयमा वार्तालाप गरेकाछौँ । घिििमरे तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष र मेचीनगर नगरपालिका वडा नं ६ का स्थायी बासिन्दा समेत हुन् । प्रस्तुत छ उनीसँग चौतारी पोष्ट अनलाइनले गरेको वार्तालाप
मेचीनगर नगरपालिकाको परिचय २ मीनेटमा , यस्तो छ नेपालको पूर्वी नाकामा रहेको मेचीनगरको परिचय

मेचीनगर नगरपालिकाको परिचय २ मीनेटमा , यस्तो छ नेपालको पूर्वी नाकामा रहेको मेचीनगरको परिचय

Posted in भिडियो चौतारी
मेचीनगर नगरपालिकाको परिचय २ मीनेटमा , यस्तो छ नेपालको पूर्वी नाकामा रहेको मेचीनगरको परिचय
लक डाउनको सातौ दिन नेपालको पूर्वी नाका काँकरभिट्टा

लक डाउनको सातौ दिन नेपालको पूर्वी नाका काँकरभिट्टा

Posted in खबर, भिडियो चौतारी
मेचीनगर। कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनको कन्काई आज सातौ दिन । पूर्वी नाका काँकरभिट्टा सुनसानकै अवस्थामा रहेको छ । अधिकांश नागरिकले लक डाउनलाई आफ्नो सुरक्षाका लागि हो भन्ने सत्यतालाई आफैले मनन गरेको पाईन्छ । बेलुकी पख अत्याबाश्यक समान खरिदका लागि किराना पसलमा केही चहलपहल देखिएता आबाश्यकीय वस्तुको खरिद पश्चात नागरिकले यसको पालना गरेको पाईन्छ । लक डाउनलाई सफल पार्नका लागि यहाँको प्रहरीको पनि सकृयता पाईन्छ । प्रहरीले कोरोना भाइरसको संक्रमण सम्बन्धि सूचनाका साथै लक डाउनलाई पालना गर्न सबैमा अनुरोध समेत गर्दै आएको छ
लक  डाउनको सातौ दिन झापाको सुरुङ्गा बजार (फोटो र भिडियो )

लक डाउनको सातौ दिन झापाको सुरुङ्गा बजार (फोटो र भिडियो )

Posted in खबर, भिडियो चौतारी
धर्मराज प्रसाई सुरुङ्गा बजार, कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनको कन्काई नगरपालिकाको मुख्य बजारको रुपमा रहेको सुरुङ्गा बजारमा नागरिकले साथ दिएकाछन् । स्थानिय प्रशासनको तदारुकता र नागरिक समाजको सहकार्यमा लक डाउनलाई यहाँ नागरिकले आफ्नो जिवन रक्षाको रुपमा लिएकाछन् । बजारमा औषधी पसल खूल्ला रहेकाछने भने सवारी साधनहरु प्राय ठप्प रहेकाछन् । अत्याबाश्यक काम बाहेक स्थानिय प्रहरीले कुनै पनि सवारी साधनलाई संचालन गर्न अनुमति दिएको छैन
लक डाउनको ६ दिन पूर्वी नाका काँकरभिट्टा यस्तो थियो ( फोटो र भिडियो )

लक डाउनको ६ दिन पूर्वी नाका काँकरभिट्टा यस्तो थियो ( फोटो र भिडियो )

Posted in खबर, भिडियो चौतारी
मेचीनगर । कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउन आज ६ दिन पुगेको छ र्। नेपालको पूर्वी नाका काँकरभिट्टा बजार अधिकांश रुपमा बन्दको अवस्थामा छ भने नागरिकको तर्फबाट यसलाई साथ दिएको पनि पाईन्छ। बजारका भित्रि भागमा लक डाउनको परिपालना पूर्ण रुपमा भएको देखिदैन । तर, प्रहरीको सकृयताका कारण यसको पालना गराउने कार्यमा ईलाका प्रहरी कार्यालयलाई धन्यवाद दिनै पर्छ । बिशेष गरेर यस क्षेत्रमा लक डाउनको परिपालना गर्न मात्र होइन नागरिकलाई सुचित गराउन समेत प्रहरी निक्कै यत्नका साथ लागेको पाईन्छ ।  
कोरोनाविरुद्धको लडाइँ जित्न घरमै बस्न प्रचण्डको आग्रह (भिडियोसहित)

कोरोनाविरुद्धको लडाइँ जित्न घरमै बस्न प्रचण्डको आग्रह (भिडियोसहित)

Posted in भिडियो चौतारी, मूल खबर
न्युज अफ नेपाल, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको सरकारले तत्काल उपलब्ध गराउनु पर्ने माग गर्नुभएको छ । उहाँले आवश्यक सामाग्री उपलब्ध गराउन ढिला नगर्न सरकारसँग माग गर्नुभएको हो । शनिवार भिडियो सन्देश दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँ जित्न घरमै बस्न आम नेपाली जनसमुदायमा आग्रह गर्नुभएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरानो भाइरसे विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराउनु छ । अध्यक्ष प्रचण्डले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय नागरिकका ला