खेलकुद

साफ यू–१५ : बंगलादेशविरुद्ध स्पष्ट जितको खोजी

काठमाडौं – भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउसो ३ः१५ बजेपछि कल्याणी रंगशालामा हुदैछ ।

उपाधि जित्ने लक्ष्यमा कल्याणी पुगेको नेपाललाई शीर्ष दुईमा पर्नको लागि नेपाललाई बंगलादेशविरुद्ध स्पष्ट जितको खाँचो छ । नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्षस्थानको भारतको पनि ६ अंक रहेको छ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो ।

नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।(हाम्रो खेलकुद)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button