खबर

परमाणु शक्ति सम्पन्न छौं : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । उनले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेर्दै छन् ।’ उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर विश्वभर कुरा उठाउने छु ।’

राष्ट्रका नाममा सम्बोधन गर्दै खानले यदि कश्मीर मुद्दाले लडाइँको रुप लिए दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् ।

संकटमा परेका कश्मीरी जनतालाई आाफूहरुले साथ दिने खानको भनाई छ । उनले २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button