काठमाडौं – एसीसी यू१९ एसिया कप अघि नेपाली युवा टोलीले आज श्रीलंकाको एसएससी यू२३सँग पहिलो अभ्यास खेल खेल्दै छ ।
वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुदा खेल ४२ ओभरमा झारिएको छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । नेपाल केहि बेरमा जवाफी ब्याटिङ गर्न मैदान उत्रने छ ।
सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा चल्ने प्रतियोगिताको लागि नेपाल भाद्र ७ मा त्यसतर्फ लागेको थियो । समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएईसँग खेल्ने छ । समुह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समुहका शीर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।(हाम्रो खेलकुद)