खबर

अरिंगालको टोकाइबाट एक किशोरको ज्यान गयो

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–५ कुरापोख्रालमा अरिंगालले टोकेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १५ वर्षीय नन्दबहादुर मुखिया रहेका छन् ।

स्थानीय कृष्ण मुखियाका अनुसार गोपेश्वर आधारभूत बिद्यालय मथुरामा कक्षा ५ मा अध्ययन गर्ने मुखिया सोमबार बिहान विद्यालय जान भनी हिडेका बेल घरभन्दा तल रहेको एक कटहरको रुखमा चढेका थिए । सोही रुखमा चढ्दा उनलाई अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि बलेबाङ नजिकै रहेको एक घरमा गएर आफूलाई अरिंगालले टोकेको र बचाउन हारगुहार गरे । सो कुराको जानाकारी पाउने बित्तिकै स्थानीय पार्बता मुखियाले नन्दबहादुरको घरमा खबर गरी जिल्ला अस्पताल पठाइएको थियो ।

गम्भीर अबस्थामा रहेका निजलाई अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको निम्ति जिल्ला बाहिर रिफर गरिएको थियो । रिफर गरिए पनि अस्पताल पुर्याउन ढिलाई भएकाले उनको मृत्यु भएको बताइएको छ । सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button