करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो ।
गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो ।
‘अध्ययन त गरियो तर चाहेको चिज आउन सकेन,’ सोतले भन्यो, ‘के कसलाई छाया बैकिङ मान्ने विधि तथा अध्ययन प्रक्रियाबारे स्पष्ट हुन नसक्दा अनुसन्धान पूरा हुन सकेको छैन ।’ कान्तिपुर दैनिकमा छ ।