खेलकुद

‘पुरुष भन्दा महिला टोलीको विश्वकप सम्भावना बलियो’

काठमाडौं  – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली महिला राष्ट्रिय टोली हाल प्रशिक्षणमा छ ।

राष्ट्रिय पुरुष टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले हाल महिला टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनीसँगै निरा राजोपाध्याय, महेश रिजाल, स्याम्सन जंग थापा र राजेश पोखरेलले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । प्रारम्भिक छनोटमा रहेका ३४ खेलाडी हाल दैनिक प्रशिक्षणमा रहेका छन् । सबै खेलाडी बन्द प्रशिक्षणमा रहेको झन्डै २ साता बितिसकेको छ ।

टोलीका प्रशिक्षक जगत टमाटाले वर्षाका कारण टोलीको प्रशिक्षण केहि प्रभावित भएपनि योजनावद्ध ढंगले प्रशिक्षण अगाडी बढिरहेको बताए। प्रशिक्षक टमाटाका अनुसार केहि दोस्रो चरणमा २५ खेलाडीको छनोट गरिनेछ । यसबीचमा टोलीले आफूबीच नै ६ मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसअघि विनोद दासले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको प्रशिक्षण सम्हालेका थिए ।

प्रशिक्षक टमाटाले नेपाली महिला टोलीको स्तर निकै राम्रो रहेको अभिव्यक्ति दिए । उनले पुरुष टोलीको तुलनामा महिला टोलीको विश्वकप खेल्ने सम्भावना पनि बढी रहेको बताए । दक्षिण एसियाली खेलकुदको तयारी र महिला टोलीबारे प्रशिक्षक जगत टमाटासँग गरिएको भिडियो कुराकानी :

प्रारम्भिक छनोटमा रहेका खेलाडीहरु:
१. रुविना क्षेत्री (कप्तान)
२. सिता रानामगर
३. करुणा भण्डारी
४. रोमा थापा
५. काजल श्रेष्ठ
६. सरिता मगर
७. इन्दु वर्मा
८. कविता कुँवर
९. नेरी थापा
१०. अप्सरी बेगम
११. अन्जली चन्द
१२. सोनु खड्का
१३. ममता चौधरी
१४. कविता जोशी
१५. विन्दु रावल
१६. ज्योति पाण्डे
१७. ऋतु कनौजिया
१८. आरती बिडारी
१९. सोमु विष्ट
२०. रेखा रावल
२१. डली भट्ट
२२. रेवती धामी
२३. सरस्वति चौधरी
२४. सरस्वति पुन मगर
२५. सुमन खतिवडा
२६. अश्मिना कर्माचार्य
२७. खुसी डंगोल
२८. रश्मी शर्मा
२९. सबनम राई
३०. संगीता राई
३१. ममता थापा
३२. मंजु बोगटी
३३. शोभा आले
३४. लक्ष्मी चौधरी

प्रारम्भिक टोलीको छनोट ३ सदस्यीय समितिले गरेको थियो । समितिमा मुख्य प्रशिक्षक टमाटासहित राखेप प्रतिनिधि सुमन राज कार्की र शैलेश कर्माचार्य रहेका थिए ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button