खेलकुद

 लोनमा इन्टर मिलान जाने

एजेन्सी – चिली तथा म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेज लोनमा इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने भएका छन।

इंग्लिस टोली म्यानचेस्टर युनाइटेड साञ्चेजलाई ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो । साञ्चेजको बुधबार मेडिकल हुनेछ ।

समर ट्रान्सफर सकिनुअघि साञ्चेज युनाइटेड छाड्दै इन्टर मिलानमा पुग्नेछन् । इन्टर मिलानले यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गरेको थियो ।

२०१८ मा आर्सनलबाट युनाइटेडमा अनुबन्ध भएका सान्चेजले वल्ड ट्राफोर्डमा १९ महिना रहँदा कमै मात्रामा अवसर पाउदा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उनले कुल ४५ खेलमा पाँच गोल मात्र गरेका थिए । यससँगै साञ्चेज र लुकाकु पुन एकपटक अग्रपङ्तिमा रहने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button