पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका छन्।
तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलो पटक पोखरा आएका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन्।
बुधबार विहान ७ बजे पोखरा विमानस्थल ओर्लेका उनी सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षणको लागि पुगेका थिए।
विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए। ‘हामी सोचेको भन्दा धेरै नै अगाडी कामको प्रगती सक्दैछौँ त्यसैले सम्झौता समय भन्दा अगावै पोखरा विमानस्थल जहाज उँडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ।’
जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए। विदेशी लगानी भित्र्याउन पनि राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सक्नुपर्ने पर्यटनमन्त्री भट्टराईको भनाई थियो।
‘अहिले हामीलाई विभिन्न देशका लगानीकर्ताहरुसँग छलफल गर्दा यो आयोजना किन बनेन् त्यो किन बनेन भनेर सोधिन्छ। कति आयोजनाहरु काम नभएर लड्कीरहेका छन्,’ उनले भने, ‘यस्ता आयोजना समयमै सम्पन्न भए लगानीकर्ताहरु नेपालमा लगानीमैत्री वातावरण छ भनेर पनि आउँछन्। त्यसैले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा ढिला गर्न हुँदैन।’
संघ, प्रदेश र स्थानीय तह सबैले समन्वय गरेर विमानस्थल निर्माणको उचित वातावरण कायम राख्नुपर्ने उनको भनाई छ। सन २०२२ मा सम्पन्न गर्नेगरी चिनिया कम्पनी सिएएमसीले निर्माण गरिरहेको यो विमानस्थल छ महिना अगावै सम्पन्न हुने आयोजनाले जनाएको छ।
झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना प्रमुखले जानकारी गराए।
उनले पोखरा विमानस्थलबाट जहाज यात्रुमात्र बोकेर उँडेर फाईदा नहुने बताए।
‘यात्रु बोक्नेमात्र हैन विजनेश पनि गर्नुपर्छ। यो सेवा पनि हो र विजनेश पनि हो। यहाँबाट कार्गो हुन सक्छ,’ उनले भने, ‘कार्गोका निम्ती मालसामान चाहियो। प्लेनले मान्छे मात्रै बोक्छ की मालसामान पनि बोक्छ यहाँका जनप्रतिनिधीहरुलाई म सोध्न चाहन्छु । माल बोकेर जानुपर्यो। मान्छेमात्र बोकेर प्लेन फाईदामा हुँदैन।
थुप्रै दुनियाँका एयरपोर्ट कार्गाेले मात्र पनि चलेका छन्।’ उनले काठमाडौँको एयरपोर्टको लोडलाई क्रमश बाहिर ल्याउन खोजेको पनि बताए।
नेपाल समाचारपत्रबाट ।