खबर

थाइ नरेशकी पत्नी वोंगभाजिरापाक्दीका दुर्लभ तस्वीर सार्वजनिक

(एजेन्सी) । थाइ नरेश माहा वाजिरालोन्गकोर्नकी नवविवाहिता पत्नी ३४ वर्षीया सिनीनात वोंगभाजिरापाक्दीका दुर्लभ तस्वीरहरू राजप्रासादबाट सार्वजनिक भएका छन्।

तर ती तस्वीरहरू बाहिरिनुको मुख्य कारण वेवसाइट क्र्यास भएको बताइएको छ। उनका सार्वजनिक भएका तस्वीरमा लडाकू विमान उडाउँदै गरेको , कम्ब्याट ड्रेस लगाएर थकित मुद्रामा बसेको र बन्दुक चलाउँदै गरेको देखिन्छन्।

६७ वर्षीया थाइ नरेश माहाले चौथो पत्नीका रुपमा महारानी सुथिदासंग विवाह गरेको दुई महिनापछि गत जुलाईमा सिनीनातलाई महारानीको दर्जा दिएका थिए। अन्तर्राष्ट्रिय समाचार निकायका अनुसार ठूला–ठूला फाइल रिसिभ गर्ने क्रममा ती तस्वीरहरू रहेको वेवसाइट क्र्यास भएको हो।

ती तस्वीरसंगसंगै उनको जीवनी पनि उल्लेख गरिएको छ। थाइल्यान्डको राजप्रासादबाट जारी गरिएको एक विज्ञप्तिमा नरेशले तालिम प्राप्त पायलट , नर्स र अंगरक्षक रहेका सिनीनातका लागि शाही जीवनी निर्माण गर्न आदेश दिएको उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button