अमेरिका र तालिबान वार्ताकारबीच छिट्टै शान्ति सहमतिमा पुग्न सकिने संकेत देखिएको छ। अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले सम्झौता हुने अपेक्षा ब्यक्त गरेको एक दिन पछि नै तालिबानका तर्फबाट पनि उक्त आसयमा विज्ञप्ती जारी गरिएको छ।
वार्ताका पाँचौ दिन कतारबाट उक्त सकारात्मक लक्षणको समाचार आएको हो।तालिबानका प्रवक्ता सुहेल सहिनले पत्रकारहरूलाई भने– हामी यस प्रक्रियामा प्रगति गरिरहेका छौं, त्यसैले हामी बाँकी बुदाहरूलाई अन्तिम रुप दिइरहेका छौं।बाँकी मुद्दालाई अन्तिम रुप दिएपछि चाँदै नै सम्झोता हुने अपेक्षा गरिएको छ, उनले बताए।
तालिबानले करिब एक बर्षदेखि अमेरिकासँग शान्ति वार्ता गरिरहेको छ। यसबीच तालिबानले अफगानिस्तान सरकारलाई अमेरिकाको पिठ्ठु बताउँदै उसलाई मान्यता दिन अस्विकार पनि गर्दै आइरहेको छ।
अफगानिस्तानमा सेप्टेम्बर २८ मा चुनाव हुन गइरहेको छ , त्यसैले पनि वासिङटन सेप्टेम्बर १ सम्ममा यो सम्झौता गर्न चाहन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने उनको उद्देश्यभएको बताउँदै आइरहेको छ।
केहि दिन अगाडी पनि ट्रम्पले भारत र पाकिस्तान दुबैले मिले अफगानिस्तानमा काम गर्नु पर्ने बताएका थिए। तालिबानसँगको शान्तिवार्तामा प्रगतिलाई लिएर यसै महिना अमेरिकी राष्ट्रपतिले राम्रो प्रगति गरिरहेको बताएका थिए।