खबर

हेटौंडाका परिकल्पनाकार डा. हेगनको नाममा पार्क बन्ने

हेटौंडा, (नेस) ।विश्वचर्चित भूगर्भशास्त्री डा. टोनी हेगनको सम्झनामा हेटौंडामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ। हेटौंडाका परिकल्पनाकार मानिएका हेगनको नाममा हेटौंडा–१० मा पार्क निर्माण गर्न लागिएको हो।

सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपाल टेकेका स्वीट्जरल्यान्डका विख्यात भूगर्भशास्त्री डा. हेगनलाई हेटौंडेलीको स्मृतिको मानसपटलमा जीवन्त राख्न यस्तो प्रयास गरिएको हो।

पार्क निर्माणका लागि स्थानीयको सल्लाह–सुझावसाथ अघि बढ्ने हेटौंडा उपमहानगरपालिकाले बताएको छ। निर्माणाधीन पानी ट्यांकीलाई बीचमा पारेर सुन्दर पार्क निर्माण गरिने हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो।

हेटौंडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकका डिजाइनर आशीष अधिकारीलाई पार्क डिजाइनको जिम्मा दिइने बताउँदै नगरप्रमुख महतले उक्त स्थानमा हेटौंडाका दृष्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने बताउनुभयो।

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश–३ सरकारले केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले नपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताउनुभयो।नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button