कलाभिडियो चौतारी

लाचार बादल भित्र मान्छेको कथा

मेचीपारि रहेर नेपाली गीत संगीतको उन्नती र प्रगतिमा अहोरात्र खटेका कलाकारहरु कम छैनन् , त्यसै मध्येका सृजनाका यात्री हुन् छेवाङ लामा , अनुपमा प्रधान, चाँद सिंह र पुजन ल्वागुन ।
भर्खरै मात्र उनीहरुको सामूहिक सृजनाको सुन्दर कोशेलीको रुपमा आएको छ सांगीतिक कोशेली ‘ लाचार बादल ’ शीर्षकको गीत आम श्रोता र दर्शकका सामु । मान्छेको जिवन भोगाई र त्यो भोगाई भित्रको एउटा सजिव कथाको रुपमा आएको छ यो सांगीतिक सृजना । समाज भित्र यसै त हामी बाँचुञ्जेल रहन्छौँ नै तर त्यस भित्रको जिवनको आरोह र अवरोह अनि जिवनको यात्रामा विवशताको परिवेश भित्र जकडिएका गुम्सिएका अभिब्यक्तिको आख्यानात्मक सांगीतिक प्रस्तुति हो लाचार बादल ।
लाचारबादल संगीतको धुनमा हाम्रा सामु आएको भएपनि यो आफैमा जिवन भोगाईको एउटा जिवन्त कथा हो गीतको भावले पनि यही अभिब्यक्त गरेको पाईन्छ । जिवनको यात्रामा यात्रारत रहँदा यही समाजमा बाँच्नका लागि जिवनको सार्थकतालाई मुल्य र मान्यतासँग जोडेको पक्षलाई समग्र गीतले सुमधुर भाका, लय र पारामा उधिनेको गीतमा प्रशस्त पाईन्छ । फगत प्रेमको आग्रह , विलाप , यसैको परिवेशमा मात्र अक्सर गीत लेखिने भीड भित्र लाचार बादल फरक पन , धार , शैलीलाई जिवनको सार्थकता , यात्रा , भोगाई , बाध्यतालाई समेत मिहिन पाराले उधिनेर श्रोता र दर्शक समक्ष आएको नितान्त एउटा संगीतरुपी सामाजिक दर्पण पनि हो ।
लाचार बादल को गीतलाई छेवाङ लामाले समाजको भित्रि पत्रलाई निक्कै गमेर त्यसको मर्मलाई आफ्नो मनमा बटुले लेखनीबाट पोखेकाछन् भने शब्दप्रति अगाध स्नेहका साथ संगीतकार पुजन ल्वागुनले धुन भर्ने काम गरेकाछन् गीतमा संगीत संयोजन गर्नेकाममा चाँद सिंह ंको निक्कै नै सृजनात्म मेहनतको परिणाम भेट्न सकिन्छ । लाचार बादलको यो यो शीर्ष गीतलाई गायिका अनुपमा प्रधानको स्वरले ह्दयबाटै मनको भावमा डुबेर स्वर दिएकी छन् भने यो दृश्य सम्पादनमा मीन बिष्टले मन खोलेर आफ्नो मिहेनत कसेकाछन् ।
समाज र समाज भित्रका कथालाई समाजकै सामाजिक सन्देशको रुपमा प्रस्तुत लाचार बादल नामको यो सांगीतिक कोशेली केवल बजारमा गीतको भीडमा अर्को नयाँ नाम मात्र नभएर नयाँ धार र नयाँ पनि अनि सशक्त एउटा सामाजिक सन्देश पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button