खेलकुद

बायर्नमा लेवान्डोस्कीको सम्झौता

एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जर्मन जाइन्ट बायर्न म्युनिखसँग सम्झौता नवीकरण गरेको छ । सम्झौता अवधि अझै २ वर्ष बाँकी रहँदै बायर्नले लेवान्डोस्कीलाई थप दुई वर्षको सम्झौता थप गरेको हो ।

यससँगै ३१ वर्षीय लेवान्डोस्की २०२३ सम्म जर्मन जाइन्ट बायर्नमा रहनेछ । यसअघि लेवान्डोस्कीको सम्झौता २०२१ सम्म् रहेको थियो।

बायर्नमा सम्झौता गरेसँगै लेवान्डोस्कीले बायर्न आफ्नो स्पोर्टिङ हाउस रहेको भन्दै पुनः सम्झौता नवीकरण हुनु आफ्नो लािग खुशीको क्षण रहेको बताए । ‘बायर्न मेरो स्पोर्टिङ घर हो । मेरो परिवार र म म्युनिखमा सेटल भइसकेको छु ।’ सम्झौता नवीकरण पछि लेवान्डोस्कीले भने, ‘मैले यहाँ थप सम्झौता नवीकरण गरेको छु । बायर्न विश्वको तेस्रो उत्कृष्ट टोली हो । म गर्विलो इतिहास बोकेको क्लबमा रहन पाउदा खुशी छु ।’

फरवार्ड लेवान्डोस्की जर्मन बाहिरको खेलाडीको रुपमा सबैभन्दा बढी गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले बोरुसिया डर्टमन्ड र बायर्नका लागि २९२ खेल खेल्दै २०७ गोल गरेका छन् । उनी बायर्नको पनि तेस्रो सर्वाधिक गोलकर्ता हुन् । बायर्नका सिइओ कार्ल हेन्ज रुमिमेनिजले लेवान्डोस्की सेन्टर फरवार्डको रुपमा विश्वकै उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

लेवान्डोस्कीले बायर्नमा रहँदा ५ जर्मन बुन्डेस लिगा, दुई डिएफबी पोकल र ३ सुपर कप जितेका छन् । उनी नयाँ सिजको लागि टोलीमा फर्किसकेका छन् । सिजनको दुई खेल सकिदा उनले ५ गोल गरिसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button