काठमाडौैं – नेपाली यू१९ टोलीले तेस्रो अभ्यास खेलमा आज श्रीलंकाको चिलाव मारियन्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार १० : १५ पछि सुरु हुने छ ।
नेपाल पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच छुट्दा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो । बादुरेलियामाथि सहज जित निकाल्न ओपनर रित गौतम, विकेटकिपर हरि बहादुर चौहान र स्पिनर सागर ढकालले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपमा नेपाल रहेको समुह बी मा दुई टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समुह ए मा भारत, पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समुह बी मा शीर्ष दुईमा रहन सके सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भाद्र ७ मा श्रीलंका लागेको थियो ।(हाम्रो खेलकुद)