खेलकुद

‘बार्सिलोनासँग सम्झौता भइसकेको छैन ’

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का निर्देशक लियोनार्दोले नेयमारको विषयलाई लिएर अहिले सम्म बार्सिलोनासँग केहि सम्झौता नभएको बताएका छन् । बार्सिलोना भने नेयमारलाई नोउ क्याम्प फर्काउनका लागि हर सम्भव प्रयास गरिरहेको बताएको छ ।

ब्राजिलियन स्टारले पेरिस छाड्न चाहेकाले पनि बार्सिलोनाले आफ्नो योजना पुरा गर्ने प्रयास जारी राखेको छ । कतिपय सञ्चारमाध्यमले पनि दुई क्लबबीच सहमति भइसकेको पनि बताएका छन् । तर, पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले नेयमार बार्सिलोना जाने भएको खण्डमा सोमबार सुरुवा बजार बन्द हुनुअघि धेरै प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार लिग वानमा मेट्जलाई पिएसजीले हराएपछि लियोनार्दोले भने,‘ हामी के चाहन्छौं भन्ने बार्सिलोनालाई राम्ररी थाहा छ । अगस्ट २७ मा उनीहरुले पहिलो पटक लिखित प्रस्ताव राखेका हुन् । बार्सिलोनासँग हाम्रो लिखित कुनै सम्झौता भएको छैन । आज पनि कुनै सम्झौता भएको छैन । अहिलेको अवस्था यहि हो ।’

२७ वर्षे फरवार्ड शुक्रबार पनि पिएसजीको टोलीमा थिएनन् । उनले यो सिजन सुरुवात नै गरेका छैनन् । सिजनको सुरुवातमा नेयमारले बार्सिलोनाको जर्सी लगायतको फोटो इस्टाग्राममा अपलोड गरेपछि विवाद भएको थियो । तर, उनले केहि मिनेटमा उक्त फोटो हटाएका थिए ।

दुई वर्षअघि नेयमार विश्व कीर्तिमान रकम १ सय ९८ मिलियन पाउन्डमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । तर, केहि समय पछि नै नेयमार पिएसजीमा खुसी हुन नसकेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि भने उनी ला लिगा फर्कन इच्छुक रहेको बताइएको छ ।हाम्रो खेलकुदबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button