
शुभद्रा भट्टराई
आफैलाई बुझ्न
आफैसँग कैँयौँ पटक सोधेँ
जीवनको कुनै कुनाबाट जवाफ आएन
कतै साथ छुट्ने त्रासमा
कतै थामेका हातहरू छुट्ने आशङ्कामा
यात्राका पाईलासँगै
आफ्नै प्रतिबिम्बलाई प्रश्न गरिरहेँ
अनुत्तरित प्रश्नको भारी बोकेर
सम्झँदै आफ्नै जीवनका
भोगाईहरू
म स्वयम् विक्षिप्त बनिरहेँ
मेरा अतितका पानालाई
एेतिहासिक दस्तावेज बनाएर
सजाएकी छु
तिम्रा पातला अधरहरूले
मेरा छातीमा लेखिएका
सुनौला शब्दहरूलाई
आफ्नै छातीमा
तस्बिर बनाएर सजाएकी छु
फेसबुकबाट ।