दुई दशक लामो द्वन्द्व निर्देशकको रुपमा संगालेको अनुभवलाई सर्टिफिकेट मान्दै अष्ट महर्जनले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । उनको क्याप्टेनसिनमा फिल्म ‘गुञ्जन’ को अहिले पोखराको विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । द्वन्द्व निर्देशकको रुपमा आफूलाई स्थापित गरेका अष्टले यो फिल्म लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् ।
यही फिल्मबाट प्रितमराज सेन्चुरीले नायकको रुपमा रुपमा डेब्यु गर्दैछन् । फिल्ममा उनको जोडीका रुपमा अभिनेत्री सारा सिर्पाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभ मुहूर्त गरि सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसेलगायतका कलाकार छन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानर बन्ने फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् । यस वर्षको अन्त्यसम्म फिल्म प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौंमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । अभिनेत्री साराले टिम र स्क्रिप्ट राम्रो लागेका कारण ‘गुञ्जन’ मा काम गर्न राजी भएको बताएकी छन् । यो फिल्म उनका लागि महत्त्वपूर्ण मानिएको छ । यसअघि फिल्म ‘लम्फू’ मा अभिनय गरेका कबीर यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।फिल्मीखबर