खेलकुद

जिएचसिए टोली युएई प्रस्थान

काठमाडौं  – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएएचसिए) को टोली संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता युएइको अजमान शहरको अजमान ओभल एमसीसी र अल बाटाया ग्राउन्डमा २६ देखि ३० अगस्टसम्म आयोजना हुदैछ ।

यस प्रतियोगितामा जिएचसिएसहित योङ ट्यालेन्टस् क्रिकेट एकेडेमी (वाइटिसिए), एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरिया क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछ ।

यु–१७ मा हुने खेलहरु ३० ओभरको हुनेछ । जिएचसिएका अध्यक्ष सुदिप शर्माले यस्ता खालका प्रतियोगिताले धेरै अनुभव बटुल्ने अवसर हुने बताएका छन् ।

जिएसिएले यसअघि चारपटक बंगलादेश, तीनपटक भारत र एकपटक दुवईको सफल भ्रमण गरिसकेको छ । एकेडेमीले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडीहरुको प्रतिभा निखार्ने काम गरिरहेको अध्यक्ष शर्माले बताए ।

१३ खेलाडी र तीन व्यवस्थापकसहित १६ सदस्यीय टोलीलाई राखेपका कार्यवहाक सदस्य–सचिव राजेश गुरुङले सफलताको शुभकामनासहित बिदाई गरे ।

जिएचसिए टोली
डिकेन्द्र शाह
अमित ढकाल
पियुस कुमार झा
विकेश श्रेष्ठ
अनुरोध पन्त
सन्देश पंगेनी
रोशन दवाडी
प्रतिक ढुंगाना
आदित्य कपुरी
विराज शर्मा
राजु भुषाल
सचिन घिमिरे
अनुभक कार्की
सुदिप शर्मा – प्रशिक्षक
सुमन राज कार्की – व्यवस्थापक
नरेश केसी – सह–व्यवस्थापक

(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button