खेलकुद

बराबरीमा रोकियो बार्सिलोना 

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । अोसासुनाको घरेलु मैदानमा बार्सिलोना २-२ को बराबरीमा रोकिएको हो ।

खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । रोबर्टो टोरेसले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा ब्रान्डन थोमसको क्रसलाई भलीमा गोल गरे । कप्तान लियोनेल मेसी, लुइस सुआरेज र अोस्मान डेम्बेलेविनाको बार्सिलोनाले पहिलो हाफमा उल्लेख्य आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा भने बार्सिलोना खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १६ वर्षीय अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले ५१ अौं मिनेटमा कार्लोस पेरेजको क्रसमा हेडर गोल गरेका थिए । यस गोलसँगै फाती बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी भए ।

खेलको ६४ अौं मिनेटमा अर्का वैकल्पिक खेलाडी आर्थरले गोल गरे । पेरेजकै पासमा उनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै अग्रता दिलाए। तर निर्धारित समयभन्दा १० मिनेटअघि अोसासुनाले पेनाल्टी मार्फत बराबरी गर्यो । टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button