स्वास्थ्य

बालबालिकामा दृष्टिदोष किन हुन्छ? उपचार के?

डा सिर्जना अधिकारी

आँखाले देखेको वस्तुको आकृति आँखा भित्र हुने रेटिनामा बन्ने हुन्छ। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक वा दुवै राम्ररी देख्न सक्दैनन्। कतिपय अवस्थामा परिवारले ध्यान नदिँदा बच्चामा दृष्टिदोषको समस्या बढेर अन्धोपन हुने सम्भावना समेत रहन्छ।

एक वर्ष मुनिका बालबालिकामा दृष्टिदोष विभिन्न कारणले हुनेगर्छ। खासगरी धेरैमा वंशाणुगत कारणले हुन्छ । यसका साथै जन्मजात हुने जलबिन्दु, मोतिविन्दुले पनि समस्या ल्याउने हुन्छ। दृष्टिमा समस्या आउँदा बालबालिकाले सानै उमेरदेखि नै चस्मा लगाउनु पर्ने हुन्छ। सामान्यतया १ बर्ष भन्दा मुनिका बालबालिकाहरुमा शल्यक्रिया गरेर आँखामा लेन्स हाल्ने काम नहुनेहुँदा बाहिरबाट मोटो चस्मा लगाउनुपर्ने हुन्छ।

दृष्टिदोषका लक्षण
पुस्तक वा कक्षाकोठाको बोर्डका अक्षर स्पष्ट नदेख्ने, देखिए पनि धमिलो देखिने
टाढा वा नजिकको वस्तु राम्ररी नदेखिने
टाउको दुख्ने
आँखा डेढो या मुन्टो बटारेर हेर्नुपर्ने
बढी मात्रामा आँखा झिमझिम गर्ने
आँखामाथी परेलाको छेउछाउ आनो आउने

उपचार
बच्चाको आँखाका विषयमा अभिभावक निकै चनाखो हुनुपर्छ। बच्चाको दृष्टिमा माथिका कुनै लक्षण देखिएमा अभिभावकले तत्कालै स्वास्थ्य संस्थामा लगेर उपचार गराउनु पर्ने हुन्छ। समयमा नै गरिएको दृष्टिदोषको उपचारले सम्भावित आँखाको अल्छिपना तथा अन्धोपन हुनबाट बचाउँछ।

आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्नुपर्छ। दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६–६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्छ। बच्चा स्कूल जाने उमेर भएपछि आँखा चेकजाँच अनिवार्य रुपमा गर्न जरुरी हुन्छ।

बच्चाले कसरी हेर्छ? आँखाबाट आँशु आएको छ वा छैन? हेराइमा फरक परेको छ वा छैन? धमिलो देख्ने, आँखा पोल्न, पाक्ने समस्या छ या छैन भन्ने कुरामा परिवारले विशेष ध्यान दिन आवश्यक छ।

अमेरिकी एसोसिएसन अफ पेडियाट्रिक गाइडलाइन अनुसार २ बर्ष भन्दा मुनिको बालबालिकाहरुमा मोबाइल, टिभी, ट्याब जस्ता विधुतिय उपकरणको प्रयोगमा प्रतिबन्ध नै लगाउनुपर्छ। त्यस भन्दा माथिका बालबालिकाहरुले पनि बढिमा २ घण्टा मात्रै त्यस्ता उपकरण हेर्ने मिल्ने बताइएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button