खेलकुद

महिला भलिबल: सागका लागि १८ खेलाडी छनोट

काठमाडौं – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् ।

प्रशिक्षक जगदीश भट्टले प्रारम्भिक छनोटमा परेका २५ खेलाडीको सुचिबाट १८ खेलाडी छनोट गरेका हुन् । छनोटबाट प्रदेशका ५ र विभागका २ खेलाडी गरेर कुल ७ खेलाडी बाहिरिएका हुन् । गण्डकी प्रदेशकी यामकली कुँवर, लक्ष्मी कुमाल र ममता डगौरा दोस्रो चरणमा छनोटमा पर्न सकेनन् । प्रदेश ५ की सरस्वति कट्टेल र कर्णाली प्रदेशका पुष्पा शाही पनि टोलीमा अटाएनन् । पुलिसकी चन्द्रकला खरेल र एपीएफकी कविता भट्ट पनि अन्तिम १८ मा परेनन् ।

१८ सदस्यीय टोली :
प्रतिभा माली – प्रदेश ३
सरस्वति चौधरी – एपीएफ
निरुता ठगुन्ना – आर्मी
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
आरती सुवेदी – प्रदेश ३
सुनिता खड्का – आर्मी
पुनम चन्द – गण्डकी प्रदेश
लक्ष्मी पुन – आर्मी
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
संगम महतो – आर्मी
जानकी भण्डारी – आर्मी
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस

टोलीमा नपरेका खेलाडी:
यामकली कुँवर – गण्डकी प्रदेश
सरस्वति कट्टेल – प्रदेश ५
चन्द्रकला खरेल – पुलिस
पुष्पा शाही – कर्णाली प्रदेश
लक्ष्मी कुमाल – गण्डकी प्रदेश
ममता डगौरा – गण्डकी प्रदेश
कविता भट्ट – एपीएफ

(हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button