काठमाडौं– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू २३ पुरुष टोलीको तयारी एक महिना अघि नै सुरु भएको थियो ।
पहिलो चरणमा ४५ खेलाडी डाकिएको थियो । बालगापाल महर्जनको प्रशिक्षणमा रहेको टोली ४५ बाट आइतबार ३२ खेलाडीमा झारिएको छ। सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि डाकिएका सिनियर ५ खेलाडी अहिले ३२ भित्र परेका छन् ।
महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई यथावत राखेका छन् । सागमा सन् २००४ को नवौं संस्करणबाट यू २३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सागको साविक विजेता हो ।
दोस्रो चरणमा छनोट हुने खेलाडी
गोलकिपर – किरण चेम्जोङ, रोमन रसाइली, अपर्ण कार्की, दीप कार्की, देव लिम्बु
रक्षक – रोहित चन्द, असिम भुसाल, अनन्त तामाङ, दीनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, ,रोमन लिम्बु, सुमन अर्याल
मिडफिल्ड – हेमन्त थापा मगर, सेसेहाङ आङदम्बे, नीतिन थापा, अरिक विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दीपेश आले मगर, अन्जन विष्ट, सुनिल बल, रामचन्द्र वाजी, तेज तामाङ, मिक्छेन तामाङ
फरवार्ड – विमल घर्तीमगर,राजेश परियार, नवयुग श्रेष्ठअभिषेक रिजाल, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिभ लोचन,
३२ मा नपर्ने
गोलकिपर – प्रदीप भण्डारी, अभिषेक बराल
डिफेन्डर – विश्वास उदास, अमित तामाङ, राजन गुरुङ, गौरव बुढाथोकी,
मिडफिल्ड – रोशन पहारी, पुजन उपरकोटी, विजय श्रेष्ठ, अशोक थापा
फरवार्ड – धिरज श्रेष्ठ, सुसान श्रेष्ठ, अरुज श्रेष्ठ
(हाम्रो खेलकुद)