मूल खबर

प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो

काठमाडौं– आफनो नियमित स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर जानुभएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उहाँ सिंगापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने उहाँका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ५ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब सोमबार छैटौं पटक र बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ ।

बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किर्ने उहाँको निजी चिकित्सक दिव्यसिंह शाहले बताउनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओली गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।chakrapathonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button