खबर

विप्लवको नाम लिँदै धम्की दिने ३ पत्रकार पक्राउ

फाइल फोटो

काठमाडौं । सरकारी कार्यालय प्रमुखहरुलाई धम्की दिएर रकम असुल्न खोजेको आरोपमा प्रहरीले ३ जना पत्रकारलाई पक्राउ गरेको छ ।

रकम असुली गरेको आरोपमा जनध्वनी साप्ताहिकका सम्पादक सुवास कोईरालासहित बिश्वराज शर्मा र शुभम घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

रकम असुली गर्न उनीहरुले विप्लव नेकपाको नाम लिएको प्रहरीले जनाएको छ ।

विप्लव निकट जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले उनीहरु नेकपा निकट नभएको स्पष्ट पारेका छन्।ई-हुलाकी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button