मेचीनगर । प्रकृति टेक्नोलोजी काँकरभिट्टाको शाखा सोमवारदेखि मेचीनगरको धुलाबारीमा पनि विस्तार भएको छ। प्रकृतिको शाखा विस्तारसँगै कम्यूटर लगायतका प्राविधिक सेवा पनि अब धुलाबारी आसपासका सेवाग्राहीले पाउने भएका हुन् ।
प्रकृति टेक्नोलोजीका ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक इन्जिनियर अन्जन कार्की अनुसार धुलाबारी शाखाबाट कम्यूटर सम्बन्धि सम्पूर्ण सेवाका अलवा सीसी क्यामेरा जडानको सेवा पनि उपलब्ध गराइने उनले बताए । कम्यूटरसँग सम्बन्धि ब्राण्डेड समानको बिक्रिवितरणका अलवा मर्मत समेतको सेवा प्रदान गरिने ईन्जिनियर कार्कीले बताए ।
बिगत दश वर्ष अघिदेख मेचीनगरको काँकरभिट्टा स्थापना भएको प्रकृति टेक्नोलोजी यस क्षेत्रको एक परिचित प्राविधिक क्षेत्रको फर्म समेत हो । कम्यूटरको खरिदबिक्रि तथा ईलेक्ट्रीक र ईलेक्ट्रोनिक विषयमा विश्वास प्राप्त प्रकृतिको धुलाबारी शाखा विस्तारले सेवाग्राहीहरुलाई सहज हुने अर्का प्राविधिक प्रितम चौधरीले चौतारी पोष्ट अनलाइनलाई बताए । दक्ष र अनुभवी ईन्जिनियर र प्राविधिकहरुको विविध विषयमा परामर्श समेत निशुल्क सेवाग्राहीलाई उपलब्ध गराईने ब्यवस्थापनले जनाएको छ ।