खबर

वडाध्यक्षका छोरा छात्रावासबाट तीन दिनदेखि बेपत्ता

वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ ंका वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन्।

चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए।
सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए।

अमित सम्पर्कबिहीन भएपछि अभिभावक चिन्तित भएका छन्। तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए।नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button