मूल खबर

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किंदै

काठमाडौं । कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका थिए ।

पार्टी बैठक र औपचारिक फोरममा छलफल भएको थिएन । पछिल्लो समय यो मुद्दालाई लिएर पक्ष/विपक्षमा बहस चर्कन थालेको हो ।

प्रारम्भमा तत्कालीन केन्द्रीय सदस्य खुमबहादुर खड्का र उनको समूहले हिन्दू राज्य स्थापनाको अभियान चलाएका थिए । उनको निधनपछि सुषुप्तजस्तै बनेको यो अभियानमा कांग्रेस महामन्त्री कोइराला जोडिए । त्यसपछि हिन्दु राष्ट्रको पक्षमा पार्टीभित्रै माहोल बढ्दै जान थालेको हो ।

जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा सदस्यहरु बालकृष्ण खाँण, शेखर कोइराला र एनपी साउदले हिन्दु राष्ट्रबारे दृष्टिकोण राखेका थिए ।

केन्द्रीय सदस्य कोइरालाले आगामी महाधिवेशनसम्म हिन्दु राष्ट्रको पक्षमा दुई तिहाई पुग्न सक्ने भन्दै नेतृत्वलाई अहिल्यैदेखि गम्भीरतापूर्वक सोच्न सचेत गराए ।

केन्द्रीय कार्यसमितिमा अल्पमतमा रहे पनि कांग्रेसका तल्ला तहका अधिकाशं नेता–कार्यकर्तामा हिन्दु राष्ट्रको मुद्दा बलियो बन्दै गएको छ।

गत पुसमा सम्पन्न महासमिति बैठकमा धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्न माग राख्दै ५ प्रतिशत सदस्यले हस्ताक्षर गरेका थिए। महासमिति बैठक पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो शक्तिशाली फोरम हो ।कान्तिपुरमा  छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button