१५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ ।
मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो।
यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो ।
यसैक्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य संस्थाको सूचीकरण गर्यो ।
तर हालै मात्र नेपालस्थित मलेशियाली दूतावासले आफ्ना पूराना ३७ संस्थाले गरेको स्वास्थ्य परीक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ।आर्थिक अभियान दैनिकमा छ ।