स्वास्थ्य

कर्माचार्यले गरे १ सय ५९ औं पटक रक्तदान

तनहुँ – नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर कीर्तिमान कायम गरेका प्रेमसागर कर्माचार्यले शनिबार दमौलीमा रक्तदान गरेका छन्। नेपाल स्वंयसेवी रक्तदाता समाज तनहुँ, समाधान अस्पताल र जागौं युवा नेपालको आयोजनामा दमौलीमा भएको रक्तदान कार्यक्रममा कर्माचार्यले १ सय ५९ औ पटक रक्तदान गरेका हुन्।

काठमाडौँ बागबजार घर भएका कर्माचार्यले उपत्यका बाहिर म्याग्दी, दोलखा, दाङ, कैलाली, कास्की, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लामा पुगेर रक्तदान गरिसकेका छन्। सर्वसाधारणमा रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आफूले निरन्तर रक्तदान गर्दै आएको उनले बताए।स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button