भिडियो चौतारीमूल खबर

‘ चट्ट काँकरभिट्टा क्या मालुम मेचीको किनारमा ’ फोटो फिचर र भिडियो

मेचीनगर । नेपालको पूर्वीनाका नामले परिचित मेचीनगर नगरपालिका वडा नं ६ मा अवस्थित काँकरभिट्टा अब यो मात्र परिचयले नभएर आन्तरिक र वाह्यि पर्यटनको हिसाबले पनि परिचित बन्ने दौडमा लम्केको छ । बिकास निमार्णमा स्थानिय नागरिक र जनप्रतिनिधीका तिब्र रुचि र ईच्छा शक्तिको संयोजननै पूर्वको नाकाको बजारका रुपमा आफ्नो परिचय बनाएको काँकरभिट्टाले बिस्तारै आफ्नौ परिचयलाई नाकाको बजारसँगै फरक धार र शैलीमा रुपान्तरण समेत गर्दैछ ।

अहिले काँकरभिट्टा बजार क्षेत्रमा करिब आधा किलो मिटरको दुरिमा रहेका वाटर फन पार्क , देबकोटा पार्क र बिपि पुष्पलाल स्मृति वाटिकाले काँकरभिट्टालाई पर्यटकिय बजारको रुपमा समेत चिनारी दिन थालेको छ । मनमोहक र रमणिय यी तिनैओटा कलात्मकताको निमार्णले जो कोही पनि अहिले काँकरभिट्टा टेके पछि एक पटक आँखा र मन जोड्न पुग्छ । सिमा नाकाको बजारका रुपमा मात्र सिमित परिचयलाई पनि साथमै राखेर शिघ्र गतिमा निमार्ण भएका वाटर फन पार्क र बिपि पुस्पलाल वाटिका अहिले आकर्षणका केन्द्र बनेकाछन् । बस पार्क क्षेत्रमा रहेको वाटर फन पार्क र वडा नं १० कार्यालयको आसपासमा रहेको वाटिकालाई थप पुनर्रनिमार्ण गरि अहिले चिटिक्क पार्ने कार्य लगभग अन्तिम चरणमा पुगेको छ । एउटै बजार क्षेत्रमा रहेको यी तिन ओटै पर्यटकीय स्थलले यहाँको परिचयलाई थप मात्र गरेकोछैन वातारण र सरसफाईमा समेत यसले प्रत्यक्ष अप्रत्यक्ष सकारात्मक प्रभाव पारेको बताउँछन् काँकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेल उनी भन्छन् ‘ यी तिनवटा पर्यटिकय स्थलले यहाँ शोभा त थपेको छ नै त्यसमाथि वातारण र सरसफाईमा समेत फाईदा पुगेको छ , तिन वटै पार्क क्षेत्रमा हुने सरसफाईको कार्य र बोट विरुवाको संरक्षणले धेरै राम्रो भएको छ ’ । नेपालको पूर्वीद्धाराका रुपमा चिनिएको काँकरभिट्टाको परिचय गर्न पर्दा अब नेपालको पूर्वीद्धारको रुपमा परिचित मेची किनारमा रहेको रमणिय भौगोलिक अवस्थिति र मनमोहक पार्कहरुले चिटिक्क काँकरभिट्टाबाट शुरु गर्ने बेला भएको छ ।

यसका अलवा काँकरभिट्टा क्षेत्रमा ब्यबस्थित बसपार्क , खानेपानीको पर्याप्तता , समावेशी बसोबास , होटल र यातायातको सुविधा र वातावरणिय स्वच्छता लगायतका विषयले भोलीका दिनमा काँकरभिट्टा बजार र आसपासको क्षेत्र आन्तरिक मात्र नभएर बाह्यि पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्ने देखिन्छ । नेपाल भारत सिमा क्षेत्रका मेची नदीको तटमा रहेको जिल्लाका अन्य स्थान भन्दा फरक भौगोलिक अवस्थितिमा रहेको काँकरभिट्टा विविध भित्रको एकता हो संगम स्थलले पनि परिचय बोकेको ठाउँ हो । काँकरभिट्टा बढ्दो पर्यटकिय स्थलको निमार्णको यो यात्रालाई हेरेरे शायदै भन्दा असजिलो नहोला ‘ चट्ट काँकरभिट्टा क्या मालुम मेचीको किनारमा ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button