खबर

बस दुर्घटनामा परी १५ जना घाइते

दाङ । प्युठानको स्वर्गद्वारीबाट कपिलबस्तु जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन्।

दुर्घटनामा १५ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
घाइतेहरुको अहिले दाङको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ।

सोमबार दिउँसो स्वर्गद्वारीबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु२ख६२३९ नम्बरको बस दाङको गडबा नगरपालिका १ जुरौनीमा दुर्घटनामा भएको हो ।नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button