मिस आदिवासी जनजाति झापा -२०७६ काे उपाधि हल्दिवारी गाउँपालिका वार्ड नं३ कि कुसुमलता राजवंशीले हात पारेकी छिन् ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति भद्रपुरकाे आयाेजनामा हाेटल एभरेटमा शनिवार भएकाे ग्राण्ड फिनालेमा उपाधिसंगै नगद रू ५१ हजार र गिप्ट ह्याम्पर जितेकी छिन् । बुबा यानसिंह राजवंशी र आमा सावित्री राजवंशीकाे काेखबाट जन्मिएकी कुसुमलता सामान्य परिवारकी हुन् । उनी उपाधिसंगै नगद २५ हजार रूपैयाँ जितेेेेकी छन् भने सेकेन्ड रनर अफ अर्चिता गुरूङ्गले जितेकी छिन् । उनी नगद रू १५ साथै थुप्रै गिफ्ट ह्याम्पर हात पारेकी छन् । कृषि राज्यमन्त्री राम कुमारी चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सभासद वसन्त बानियाँ, पुर्ण सिंह राजवंशी, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्ना कुमारी राजवंशी, झापा उघाेग संघका अध्यक्ष टीकाराज ढकाल, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत कुमार श्रेष्ठलगायतकाे सहभागिता थियाे ।
0 16 1 minute read