खेलकुद

ज्ञानेन्द्रले ओमानमा हुने टि २० सिरिज गुमाउने

काठमाडौं  – आगमी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत देखाउँदै नखेल्ने जनाएका हुन् ।

नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । जसको लागि नेपालले दुई दिन अघिदेखी बन्द प्रशिक्षण सुरु गरि सकेको छ । प्रतियोगितामा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् । नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ । यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारीस्वरुप लिइएको छ ।

नेपाल भने एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोट प्रतियोगितामा खराब प्रर्दशन विश्वकप छनोटबाट बाहिरिएको थियो । ज्ञानेन्द्र टि२० मा सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने नेपाली खेलाडी हुन् । जसले अघिल्लो महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पुरा गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button